Thursday 15 Magh, 2071 |
Menu

अर्थ

HUB

अनलाइन कम्पनी दर्ताले राजधानी धाउने झञ्झट हट्यो

(0 votes)

चितवन – कुनै पनि कम्पनी संचालन गर्न तथा त्यसका अन्य गतिविधिको कानुनी प्रक्रिया पूरा गर्न राजधानी धाउनु नपर्ने भएपछि चितवनका व्यवसायी तथा उद्योगी प्रशन्न बनेका छन्। सेवामूलक हुन् वा नाफामूलक जुनसुकै खालका कम्पनी दर्ता तथा नवीकरण गर्न महिनौ धाउनुपर्ने र अनावश्यक झन्झट व्यहोरिरहेका व्यसायीहरुले सबै सेवा अनलाइनमार्फत नै पाउने भएका छन्।

कम्पनी ऐन रजिष्ट्रारको कार्यालयले आफ्नो वेबसाइटमार्फत् सबै सेवा जिल्ला जिल्लामा दिने भएपछि उनीहरु ढुक्क बनेका हुन्। जिल्लाबाटै काम गर्न पाउनु सुखद भएको भन्दै कम्पनीको बारेमा रहने जानकारी गोप्य रहन सक्ने ग्यारेन्टी भए अनलाइन सेवा प्रभावकारी बन्ने व्यवसायी मोहनचन्द्र पोखरेलले बताए।

'पाँच दिन काठमाडौं बस्ने त्यसपछि वरपर झुम्मिनेहरुलाई काम छिटो गर्न पैसा बुझाउनु पर्ने समस्या अनलाइन सेवाबाट हट्ला जस्तो छ' ,व्यवसायी राजेन्द्र श्रेष्ठले भने।

मंगलबार कार्यालयले आफ्ना वेवसाइटका बारेमा चितवनका व्यवसायी तथा कम्पनी दर्ता गर्न इच्छुकहरुलाई जानकारी समेत दिएको छ। कम्पनी दर्ता गर्न चाहने जो कोहीले पनि www.ocr.gov.np लग अन गरी त्यहाँ दिइएको प्रकियाअनुसार दर्ता गर्न सक्नेछन्।

'दर्ता गर्न के गर्नुपर्छ र कस्ता कस्ता कागजपत्र पेश गर्नुपर्छ सबै प्रक्रिया र आवश्यक कागजातको सूचि साइटमै छ', इन्जिनियर शरसजंग देवानले भने- 'आफ्ना कम्पनीका गतिविधी तथा प्रतिवेदन पनि सहजै पोष्ट गरेर जानकारी दिनसकिनेछ।'

पहिले युजर नेम बनाउने र कम्पनीको नाम खोज्ने उनले भने कसैको नाममा कम्पनी रहेनछ भने स्वीकृत भएको इमेल वेबसाइटले पठाउछ। त्यसपछि कम्पनीको नियमावली, नागरिकताको फोटोकपी सहितका आवश्यक सामाग्रीको डिजिटल कपी वेबसाइटबाटै पठाउन मिल्ने व्यवस्था गरिएको छ।

'अब काठमाडौं पुगेर कुर्नुपर्ने समस्या हट्ने मात्र हैन रजिष्ट्रार शंकर अर्यालले भने फाइल हराउने, व्यवस्थापन गर्ने काम पनि अनलाइनबाटै सहज हुनेछ।' दैनिक ५० सम्म कम्पनी दर्ता गर्ने क्रम बढेकाले कम जनशक्तिले धान्न नसक्ने अवस्थाबाट वेबसाइटले मुक्ति दिने उनले बताए।

व्यवसायीले ढिला हुँदा तिर्नु पर्ने धेरै जरिवाना, वकिललाई लाग्ने दस्तुर र तथा कम्पनी दर्ताका नाममा हुने घुसखोरी नियन्त्रणमा पनि वेवसाइटको कार्य संचालनले सहयोग गर्ने अपेक्षा गरिएको छ। 'वेबसाईटको राम्रो अध्ययन गरी बढीभन्दा बढी व्यवसायिक फाइदा लिनुस्', इन्जिनियर देवानले भने- 'प्राविधिक युगमा व्यवसायिक क्षेत्र यस प्रक्रियामा जानैपर्छ।'

वेबसाइटमार्फत् काम गर्दा हरेक कम्पनीको गोप्यता कायम रहने विश्वास दिलाउँदै उनले ढुक्क भएर आफ्नै जिल्लाबाट काम गर्न आह्वान गरे।

अनलाईन सेवा शुरु भएको पाँच महिनामा करिब नौसय कम्पनी दर्ता भएका छन्। कम्पनी राजिष्ट्राको कार्यालयले अनलाइनमा पठाएका सामाग्रीको वास्तविक कागजपत्र पनि जिल्लाबाटै संकलन गर्न सम्बन्धित जिल्लाका उद्योग बाणिज्य संघहरुसँग सहकार्य गर्ने तयारी गरिरहेको जनाएको छ।

'कामको बढी चापका बिच हामीले काठमाण्डौ गएर समय खेर फाल्नु नपर्ने भएको छ', नेपाल उद्योग बाणिज्य महासंघ प्रवर्द्धन समितिका संयोजक दिनेश श्रेष्ठले भने- 'सरल र सहज रुपमा व्यवसायीलाई सेवा दिने कार्य थालनी भैसकेको छ।'

कार्यालयले दिने सुविधाको उपभोगका लागि अनलाइन सेवा सहज बाटो भएको उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष डा.तिलचन्द्र भट्टराईले बताए। जिल्लाका कम्पनीमा कुनै समस्या भए त्यसलाई गोप्य रुपमा समाधान गर्ने व्यवस्था पनि भए अझ राम्रो हुने सुझाव दिए।
पर्यटन बोर्डका कामु प्रमुख निरौलाले भ्रष्टाचार गरेकै हुन् : अख्तियार

पर्यटन बोर्डका कामु प्रमुख निरौलाले भ्रष्टाचार गरेकै हुन् : अख्तियार

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुभाष निरौलालाई भ्रष्टाचारी ठहर गरेको छ। सार्वजनिक खरिद ऐन २०६३ को मर्मविपरित अनियमितता र भ्रष्टाचार गरी पर्यटन...

आइसिटी अझै प्राथमिकताबाहिर

आइसिटी अझै प्राथमिकताबाहिर

कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) ले सूचना प्रविधि क्षेत्रका विविध आयामलाई समेटेर समय समयमा क्यान इन्फोटेकको नाममा मेला गर्दै आएको छ। क्यानले २ दशकअघि सुरु गरेको इन्फोटेकको २१औं...

एयरबस तालिम ‘पूरा गर्न नसकेपछि' तीन क्याप्टेन फिर्ता

एयरबस तालिम ‘पूरा गर्न नसकेपछि' तीन क्याप्टेन फिर्ता

काठमाडौं-नेपाल वायुसेवा निगमले यही महिनाभित्र प्राप्त गर्ने नयाँ जहाजको तालिम लिन गएका आधा दर्जन वरिष्ठ क्याप्टेन (पाइलट) मध्ये तीनजना तालिम ‘पूरा गर्न नसकेपछि' फिर्ता भएका छन्।

प्याराग्लाइडिङका तीन नयाँ कम्पनी

प्याराग्लाइडिङका तीन नयाँ कम्पनी

पोखरा-प्याराग्लाइडिङका तीनवटा नयाँ कम्पनी थपिएका छन्। अब पोखराको आकाशमा प्याराग्लाइडिङ गर्ने कम्पनी संख्या २२ पुगेको नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ। साहसी पर्यटकको संख्या बढ्दै गएपछि कम्पनी थपेको पर्यटन व्यवसायीले...

सरकारले नै बाँड्न थाल्यो ग्यास

सरकारले नै बाँड्न थाल्यो ग्यास

काठमाडौं-सरकारले अनुगमन चुस्त गराएर उद्योगीको कार्टेलिङ तोड्न नसकेपछि बजार हस्तक्षेप गर्दै आफैंले ग्यास बाँड्न थालेको छ। दुई महिनादेखि कृत्रिम अभाव गराइरहेका ग्यास उद्योगीलाई कानुनी कारबाही गर्न नसकेपछि उसले आइतबारदेखि टेकुस्थित...

नयाँ जहाजलाई दर्जन पाइलट आह्वान

नयाँ जहाजलाई दर्जन पाइलट आह्वान

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गर्ने नयाँ दुई ठूला जहाजका लागि करिब एक दर्जन पाइलट (क्याप्टेन) लिने भएको छ। निगम व्यवस्थापनले शनिबार सार्वजनिक सूचना आह्वान गरी करार...

नेशनल ट्रेडिङले तीन दिन ग्यास बाँड्ने

नेशनल ट्रेडिङले तीन दिन ग्यास बाँड्ने

काठमाडौं– ग्यासको चरम अभाव भएका बेला सरकार तथा निजीक्षेत्रको पहलमा तीन दिनसम्म नेशनल टे्रडिङको जग्गामा स्टल राखेर ग्यास बिक्री गरिने भएको छ। वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्यास विक्रेता महासंघ, नेपाल आयल...

दुई आयोजनामा खिचातानी

दुई आयोजनामा खिचातानी

काठमाडौं- बढ्दो विद्युत संकट कम गर्न विकास समिति गठन गरी द्रुत गतिमा निर्माण गर्ने लक्ष्य राखिएका बूढीगण्डकी र नलसिंहगाढ जलाशय जलविद्युत आयोजना अहिले राजनीतिक भागबण्डा र खिचातानीको सिकार बनेका छन्।