Nepal Republic Media Pvt. Ltd.

Thursday
Sep 09th

इराकमा प्रतिबन्ध हटाएको जानकारी आजै अमेरिकालाई

smaller text tool iconmedium text tool iconlarger text tool icon
श्रमन्त्रालयको पाँच बुँदे निर्णयको पूर्ण पाठ सहित
विज्ञान अधिकारी, काठमाडौं, साउन १२- श्रम मन्त्रालयले इराकमा नेपाली कामदार जान लगाएको प्रतिबन्ध बुधबारदेखि फुकुवा गरेको छ। फुकुवाको सिफारिश सहितको पत्र  बुधबार नै परराष्ट्र मन्त्रालयलाई पठाइएको छ भने सो को जानकारी आजै काठमाडौंस्थित अमेरिकी दूताबास पुर्‍याइँदैछ।

४० हजार बढी नेपाली कामदारलाई अप्ठ्यारो परेको भन्दै इराक फुकुवा गरे पनि नयाँ कामदारका लागि भने इराक खुला नगरिएको श्रम मन्त्रालयले जनाएको छ।

इराकमाथि लगाइएको प्रतिबन्ध हटाइएको पत्र श्रमले परराष्ट्र मन्त्रालयलाई पठाएको र सो निर्णय आजै काठमाडौंस्थित अमेरिकी दूताबासलाई बुझाइने श्रम प्रवक्ता पूर्णचन्द्र भट्टराईले जानकारी दिए।

इराकबारे श्रम मन्त्रालयले गरेको पाँच निर्णयको पूर्ण पाठ

१. नेपाल सरकारले भदौ १६ मा इराकमा नेपाली कामदार पठाउन लगाएको प्रतिबन्ध हटाउने।
२. नेपाली नागरिकका निमित्त जारी हुने राहदानीमा इराक बाहेक भनी छाप हान्ने प्रणाली हटाउन परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने।
३. प्रतिबन्ध हटेको जानकारी सहित इराकमा कार्यकरत नेपाली कामदारको सुरक्षा र उनीहरुको रोजगारीको निरन्तरताको निमित्त उच्चस्तरमा निरन्तर कुटनीतिक पहलको लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने‍।
४. यसअघि इराकमा नेपाली कामदारलाई लगाउँदै आएको प्रतिबन्ध हटेता पनि नयाँ कामदार पठाउने सम्बन्धमा त्यहाँको सुरक्षा अवस्था नेपाली कामदाहरुको सुरक्षा तथा संरक्षणसँग सम्बन्धित विषयमा सिंहावलोकन गरी कामदारको प्रकृति तालिम संस्थागत रुपमा कामदार पठाउँदा तोक्नुपर्ने शुल्क तथा प्रवर्द्धनको अर्थ लगायतको लागत खर्च बीमा लगायतको मापदण्ड निर्धारण भएपछि अनुमतिको नयाँ प्रक्रिया अघि बढाउने।
५. प्रतिबन्ध फुकुवा भएको निर्णय परराष्ट्र मन्त्रालयमार्फत इराक सरकार तथा अमेरिकी सरकारलाई जानकारी गराउने।

प्रतिक्रियाहरू (4)Add Comment
0
sunil
July 28, 2010
89.203.68.27
भोट: +0
...

निर्णय चाँडो भएन र? यत्तिका दिनसम्म के हेरे‍को?

0
jiban pokhrel
July 28, 2010
80.149.90.206
भोट: +0
...

नेपाल सरकारको यो कदम सफल भएकोमा सबै नेपालीहरु सरकारप्रति गौरवान्वित छन्।

0
पुस्कर भुसाल
July 29, 2010
141.89.89.166
भोट: +1
...

यो प्रकृया मिलेन। यसबाट के बुझिन्छ भने सरकारले यसअघि गैरकानूनी रुपमा इराक पुगेकाहरुका लागि मानवीय निर्णय गरे पनि कानूनी रुपमा निर्णयको प्रकृया गलत छ। प्रतिबन्ध हुँदाहुँदै पनि त्यहाँ पुर्याउने व्यक्ति वा निकायउपर भारत सरकारसमक्ष यसअघिको निर्णयको खिल्ली उडाउनेहरुमाथि कडा कारबाही गर्नेतर्फ पहल गर्नुपर्छ।

0
Raju
July 29, 2010
88.202.52.6
भोट: +0
...

नेपाल सरकारले गरेको निर्णय, अति राम्रो लागेको छ। हामीलाई गर्व छ नेपाल सरकार अनि यो पत्रिकाप्रति!

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

अर्थ