Friday 24 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

तीन दलको प्रस्तावमा मोर्चाले आज जवाफ दिने

(0 votes)
काठमाडौं- आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको ११ बुँदे मागमाथि साझा धारणा बनाउन संविधान निर्माण गर्ने प्रमुख तीन दलले कार्यदलको प्रस्ताव गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले सो कार्यदलमा रहने सदस्यको नाम प्रस्ताव गर्दै मधेसी मोर्चाबाट पनि नाम माग गरेका छन्।

nepalipatr-april
बैठकमा मोर्चाका नेता तथा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले गठबन्धनभित्रका अन्य दलसँग परामर्श गरी कार्यदलमा प्रतिनिधि पठाउने वा नपठाउने भन्नेबारे सोमबार जानकारी गराउने बताएका छन्।

सद्भावना पार्टीले बहिष्कार गरेको बैठकमा गठबन्धनभित्रका दलको ठाकुरबाहेक अन्य अध्यक्ष उपस्थित थिएनन्। संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव बुटवल र तराई मधेस सद्भावना पार्टीका महेन्द्र यादव विराटनगरमा छन्।

कार्यदलमा कांग्रेसबाट केन्द्रीय सदस्य महेश आचार्य, नेकपा एमालेबाट उपाध्यक्ष भीम रावल र एकीकृत नेकपा माओवादीबाट महासचिव कृष्णबहादुर महरा छन्।

तीन दलले आन्दोलन रोक्न आग्रह गरेपछि मोर्चाले आफ्नो ११ बुँदे मागमाथि धारणा माग गरेको थियो। त्यसपछि बैठकमा तीन दलका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल निर्माणको प्रस्ताव गरेका थिए। मोर्चासँगको बैठकअघि प्रमुख तीन दलले छुट्टै छलफल गरेका थिए।

तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदेयश त्रिपाठीले कार्यदलको प्रस्तावमा मोर्चाले 'इन्ट्रेस्ट' नदेखाएको बताए। 'वार्ता कर्मकाण्डी भयो। हामीले राखेको ११ बुँदे मागमा तीन दलको धारणा आएन,' त्रिपाठीले भने, 'हामीले यसमा इन्ट्रेस्ट देखाएनौं। कार्यदलमा हाम्रो सदस्य नरहन पनि सक्छन्।'

बैठकमा सहभागी प्रमुख तीन दलले भने मोर्चाले कार्यदलमा नाम पठाउने आशा व्यक्त गरेका छन्। बैठकबाट बाहिरिएका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले कार्यदलप्रति मोर्चा सकारात्मक हुने आशा गरे। 'संविधान संशोधन र सीमांकनसहित मधेसी मोर्चाको ११ बुँदे माग सम्बन्धमा सहमति गर्न कार्यदलको प्रस्ताव गरेका छौं,' पौडेलले भने, 'मोर्चाबाट नाम आएको छैन। कार्यदलमा उहाँहरू सकारात्मक हुनुहुन्छ।' उनले सविधान संशोधनमा साझा धारणा लैजान अझै समय रहेको भन्दै मधेसी मोर्चालाई कुनकुन विषयमा सहमति गर्न सकिने हो, त्यसबारे छलफलमा आउन आग्रह गरेको बताए।

सुशील कोइराला नेतृत्वको सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावमा समानुपातिक समावेशी सहभागिता र जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने भन्ने व्यवस्था छ। तर मधेसी मोर्चाले सो संशोधन प्रस्तावले आफ्नो माग सम्बोधन नहुने बताउँदै आएको छ।

बैठकमा मधेसी मोर्चाले आन्दोलन क्रममा प्रहरीले दमन गरेको भन्दै त्यसलाई रोक्न माग गरेको थियो भने तीन दलले आन्दोलनलाई शान्तिपूर्ण बनाउन र सांसदलाई घर जानसमेत नदिने कार्य भएको भन्दै त्यसलाई रोकिनुपर्ने विषय उठाएका थिए। एमाले उपाध्यक्ष भीम रावलले वार्ताको वातावरण बनाउने विषयमा समेत छलफल भएको बताए।

'जारी आन्दोलनले देशलाई आर्थिक र सामाजिक रुपमा धेरै क्षति गरेको छ। त्यसलाई रोकिनुपर्छ भनेर भनेका छौं,' उपप्रधान र रक्षामन्त्री समेत रहेका रावलले भने, 'मधेसी मोर्चाले आन्दोलनलाई शान्तिपूर्ण बनाउनुपर्ने र सरकारले घाइतेको उपचार गर्नुपर्ने विषयमा समेत छलफल भयो।'

छलफल चलिरहँदा बाहिरिएका कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले मधेसी मोर्चाको ११ बुँदे मागमा छलफल भएको र मंगलबारसम्ममा सहमति हुने बताएका थिए।

सद्भावनाको बहिष्कार

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अन्य घटक दलसँग असन्तुष्ट रहँदै आएको सद्भावना पार्टीले प्रमुख तीन दलसँगको वार्ता बहिष्कार गरेको छ।

शनिबार मात्रै राजेन्द्र महतो नेतृत्वमा रहेको सद्भावना पार्टीले छुट्टै १० दिने आन्दोलन कार्यक्रम घोषणा गरेको थियो। सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले पार्टी अध्यक्ष महतोमाथि सरकारले सांघातिक आक्रमण गरेको भन्दै सो घटनामा माफी नमागेसम्म वार्तामा सहभागी नहुने बताएका छन्। 'हाम्रो अध्यक्षमाथि विराटनगरमा सरकारले सांघातिक आक्रमण गरी घाइते बनाउने काम भएको छ। सरकारले माफी माग्ने मात्रै होइन, स्वास्थ्य लाभको कामना समेत गरेन,' कर्णले भने, 'सरकारले माफी नमागुन्जेल वार्तामा सहभागी हुन्नौं।'

हाल दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइरहेका महतोमाथि कुनै प्रकारको आक्रमण नगरेको सरकारले बताउँदै आएको छ। अस्पताल बेडबाटै विज्ञप्ति जारी गर्दै महतोले आन्दोलन कार्यक्रम घोषणा गरेका थिए। धरानबाट हेलिकप्टरमा काठमाडौं ल्याइएका महतोलाई एयर एम्बुलेन्समा दिल्ली लगिएको थियो।

प्रतिक्रिया

खाडीको घरेलु काममा महिला जान पाउने

खाडीको घरेलु काममा महिला जान पाउने

काठमाडौं- खाडी मुलुकमा घरेलु काममा महिला पठाउन लगाइएको प्रतिबन्ध अढाइ वर्षपछि फुकुवा भएको भएको छ। महिलालाई घरेलु काममा खाडी पठाउन हुन्छ र हुँदैन भन्ने विवादबीच बिहीबार श्रम तथा रोजगार मन्त्रालयले...

६ महिना थन्किएको चिनियाँ जहाज बन्यो

६ महिना थन्किएको चिनियाँ जहाज बन्यो

काठमाडौं- गएको ६ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको एउटा चिनियाँ जहाजले बल्ल उडान गर्ने भएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनमा निर्मित १८ सिट क्षमतायुक्त 'वाई१२–ई' सिरिजको जहाजलाई आगामी...

आर्थिक वृद्धि ऋणात्मक

आर्थिक वृद्धि ऋणात्मक

काठमाडौं— चालू आर्थिक वर्षमा अर्थतन्त्र खुम्चिएर झन्डै नकारात्मक हुने अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको अर्थतन्त्र अनुमानअनुसार चालु आर्थिक वर्षमा ०.७७ प्रतिशतले मात्र आर्थिक वृद्धि हुन्छ ।...

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

काठमाडौं- नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साबिकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ। बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको 'हल्ला'ले तर्सन्छन्। किनकि, छिट्टै सरकार फेरिए उनीहरूलाई कम्तीमा...

लामो खडेरीले किसानलाई सकस

लामो खडेरीले किसानलाई सकस

काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी...

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...