Wednesday 22 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

क्यानसर जनचेताका लागि भलिबल प्रतियोगिता

(0 votes)
क्यानसर जनचेताका लागि भलिबल प्रतियोगिता
चितवन–नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखाको आयोजनामा बुधबारबाट भरतपुरमा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगितामा २७ समूहले प्रतिस्पर्धा गर्दैछन् । तीनवटा समूह नवलपरासीका हुन् भने बाँकी समूह चितवनकै हुन्। प्रतियोगिता पुस १९ गतेसम्म सञ्चालन हुने छ।
nepalipatr-april
नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय उप–महासचिव बद्रीनाथ पोखरेलले प्रतियोगिातको उद्घाटन गरेका थिए । क्यानसर हुने ८० प्रतिशत कारण धुमपान रहेको र धुमपानमा अधिकांश किशोर किशोरी तथा युवा युवती आर्कषित हुने गरेकाले खेलका माध्यमले उनीहरुलाई धुमपान विरोधी सन्देश दिन भलिबल प्रतियोगिता आयोजना गरेको उप–महासचिव पोखरेलले बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान इकाइका प्रमुख किशोर प्रधानाङ्गले नेपालमा फोक्सोको क्यान्सर पहिलो र मुखको क्यान्सर दोस्रो नम्बरमा रहेको बताए ।

उनले भने 'यी रोगको मुख्य कारण सुर्ती तथा चुरोट खानु हो । खैनी चुरोट खानेमा युवा बढी छन् । यस्तो सन्देश युवामाझ पु¥याउन खेल राम्रो माध्यम हो। सन्देश पुगेका युवाहरु सजग हुने छन् ।' भलिबल प्रतियोगिता भरतपुर क्यान्सर अस्पताल हातभित्रै सञ्चालन भएको छ । प्रतियोगिता स्थलमा क्यान्सर विरोधी सन्देश लेखिएका ब्यानरहरु राखिएका छन् ।

नेपाल अर्बुद रोग निवारण संस्था चितवनका सभापति दिनेशकुमार चुकेका अनुसार प्रतियोगितामा विजयी समुहलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगितामा पहिलो हुने समुहले २० हजार, दोस्रो हुनेले १२ हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ नगद पाउने अध्यक्ष चुकेले जानकारी दिए ।

प्रतियोगिताका संयोजक अर्जुन घिमिरेका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने एकजना भलिबल खेलाडीलाई पनि ट्रफी र सम्मानपत्र दिइने छ । चितवन जिल्ला भलिबल संघका अध्यक्ष प्रकास चुकेले २७ समूहको भलिबल प्रतिस्पर्धा जिल्लाका लागि निकै ठुलो आयोजना भएको र यसले भलिबलको उत्थानमा र स्वास्थय चेतनामा महत्वपुर्ण असर पार्ने बताए ।

प्रतिक्रिया

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

काठमाडौं- नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साबिकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ। बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको 'हल्ला'ले तर्सन्छन्। किनकि, छिट्टै सरकार फेरिए उनीहरूलाई कम्तीमा...

लामो खडेरीले किसानलाई सकस

लामो खडेरीले किसानलाई सकस

काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी...

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...

अभावको मौका छोपेर दोब्बर मूल्य

अभावको मौका छोपेर दोब्बर मूल्य

काठमाडौं–सुक्खायामको मौका छोप्दै खानेपानी ट्यांकर व्यवसायीले पानीको मूल्य दोब्बर बढाएका छन् । पानीको हाहाकार बढ्दै जाँदा उपत्यकामा चल्ने खानेपानी ट्यांकरले दोब्बरभन्दा धेरै मूल्य बढाउँदै कालोबजारी गरिरहेका छन्।