Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

चिनियाँ र भारतीय अर्बपति बढे

smaller text tool iconmedium text tool iconlarger text tool icon
बिल गेट्सलाई पछि पार्दै मेक्सिकोका स्लिम सबभन्दा धनी-
काठमाडौँ, फागुन २७ (नागरिक)- फोर्ब्स म्यागेजिनले बुधबार सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको सूचिमा एसियाली धनाढ्यहरुको संख्या बढेको छ। चीनका धनाढ्यहरुको संख्या पोहोरको तुलनामा दोब्बरभन्दा बढेर ६४ पुगेको छ भने भारतीयको संख्या ४९ पुगेको छ।

गत वर्ष चिनियाँ धनाढ्यहरुको संख्या २८ मात्र थियो भने भारतको २४। एसियाली धनाढ्यहरुको सूचिमा हङकङ तेस्रो स्थानमा परेको छ। हङकङका २५ अर्बपति सूचिमा छन्। दक्षिण एसियाबाट भारत बाहेक पाकिस्तानको मात्र सूचिमा नाम छ। पाकिस्तानका एक जना धनाढ्य सूचिमा छन्। पाकिस्तानी धनाढ्य सूचिमा परेको यो पहिलो अवसर हो।

एक अर्ब अमेरिकी डलर कूल सम्पतिसहित पाकिस्तानमा लुगाको निर्यात गर्ने तथा देशको सबैभन्दा ठूलो निजी रोजगारप्रदायक कम्पनी निशाल समूहका मियाँ मोहम्मद मन्सा यो वर्ष सूचिमा पर्न सफल भएका हुन्।


 
एसियाली देशको शीर्ष स्थान
१) चीन (६४ जना)
२) भारत (४९ जना)
३) हङकङ (२५ जना)
४) जापान (२२ जना)
५) दक्षिण कोरिया (१२ जना)
५) अस्ट्रेलिया (१२ जना)
६) मलेसिया (९ जना)
७) इन्डोनेसिया (७ जना)
८) सिंगापुर (४ जना)
९) न्युजिल्यान्ड (३ जना)
९) थाइल्यान्ड (३ जना)
१०) फिलिपिन्स (२ जना)
११) पाकिस्तान (१ जना)
 

सबभन्दा धनी १० जनाको सूचिमा भारतका मुकेश अम्बानी चौथो र लक्ष्मी मित्तल पाँचौ स्थानमा परेका छन्।

 
धनी १० को सूचि

१) कार्लोस स्लिम

२) बील गेट्स

३) वारेन बफेट

४) मुकेश अम्बानी

५) लक्ष्मी मित्तल

६) लरेन्स एलिसन

७) बर्नार्ड अर्नाल्ट

८) आइक बाटिस्टा

९) आमानसियो ओर्टेगा

१०) कार्ल अल्ब्रेच्ट

 


 
बिल गेट्सलाई पछाडि पार्दै स्लिम सबभन्दा धनी

धेरै वर्षसम्म विश्वका सबैभन्दा धनी व्यक्तिको सूचिमा रहन सफल बिल गेट्सलाई यस वर्ष मेक्सिकन टाइकुन कार्लोस स्लिमले पछाडि पारेका छन्। ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो मोबाइल फोन सञ्चालक अमेरिका मोभिलको सफलतासँगै ७० वर्षीय स्लिम तेस्रो स्थानबाट उक्लिएर विश्वका सबैभन्दा धनी व्यक्ति बनेका हुन्।

स्लिमको कूल सम्पति १२ महिनामा बढेर साढे १८ अर्ब डलर पुगेको छ। लेबनानी आप्रवासी पिताले उनी सानै छँदा पैसा बचत कसरी गर्ने भन्नेबारे लेखिएको पुस्तक पाएदेखि नै उनी व्यापारमुखी भइसकेका थिए। सिभिल इञ्जिनियरिङ अध्ययन गरेका स्लिमले पछि १९९० मा टेलिफोन कम्पनी टेलमेक्स खरिद गरेका थिए।

तीन वटा टेलिकम कम्पनीलाई 'मर्ज' गरेपछि उनको कम्पनी क्षेत्रीय रुपमा सबैभन्दा शक्तिशाली बनेको छ। १८ देशमा उनको कम्पनीका २५ करोड ग्राहक छन्। मेक्सिकोमा उनका डिपार्टमेन्ट स्टोरहरु, निर्माण कम्पनी र वित्तीय समूह छन्। अहिले पूर्वाधार संरचना जस्तै पानी र विद्युत कम्पनीमा पनि उनले लगानी गरेका छन्।

आर्थिक मन्दीका बेला चतुर्‍याइँका साथ लगानी गरेका कारण उनको सम्पति घट्नुको साटो बढेको हो।

उनकी श्रीमतिको मृत्यु भइसकेको छ। उनका छ सन्तान छन्। आफ्ना कम्पनीहरुको दैनिक सञ्चालनको जिम्मा उनले आफ्ना तीन सन्तान र व्यवसायिक साझेदारहरुलाई दिएका छन्।

बेसबल भनेपछि हुरुक्कै हुने स्लिम कल्याणकारी कामका लागि पनि चिनिन्छन्, तर बिल गेट्सको स्तरमा भने हैन।

मेक्सिको र ल्याटिन अमेरिकामा दुई वटा फाउन्डेसनमार्फत् उनले शिक्षा, स्वास्थ्य, न्याय र खेलसम्बन्धी परियोजनाहरुमा १ अर्ब लगानी गरेका छन्।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

अर्थ

Nagarik Offer