Friday 12 Mangshir, 2071 |
Menu

अर्थ

डलर महँगिदा सामान अर्डर रोकियो

  • आइतबार ९ भाद्र, २०७०
  • ध्रुव दंगाल
  • DISQUS_COMMENTS
(0 votes)
सिन्धुपाल्चोक - दसैंको मुखैमा अमेरिकी डलरको मूल्यमा भएको लगातार वृद्धिले चिनियाँ सामग्रीको अर्डर रोकिएको छ। व्यापारीले 'पर्ख र हेर'को रणनीति अपनाउँदा सामग्री अर्डर बन्द भएको हो।
बढ्दो डलर मूल्य र रोकिएको अर्डरले कम आयवर्गका उपभोक्ताले दसैंमा महँगीको मार खेप्नुपर्ने मात्र नभई चिनियाँ सामग्रीको अभाव सिर्जना हुने सम्भावना बढेको छ।
यो दसैंका सामान अर्डर गर्ने र धमाधम भित्र्याउने मुख्य सिजन हो। डलर मूल्य बढ्न थालेदेखि नै व्यापारीले अर्डर रोक्दा खासास्थित गोदाममा माल आउन सकेका छैनन्। दसैंमा उपभोक्ताको माग धान्न अर्डर र आयात दुवै ढिला भइसकेको छ। डलरको मूल्य माथि चढ्न थालेदेखि यसअघि नै व्यापारीले अन्य सामग्री आयात पनि दुई तिहाइले घटाएका छन्। बढ्दो डलर मूल्य स्थिर भएपछि मात्र सामग्री अर्डर थाल्ने पर्खाइमा व्यापारी छन्।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले डलरको मूल्य वृद्धिले सामग्री अर्डर रोकिएको बताए। 'लगातारको वृद्धिले ढुक्क भएर सामानमा लगानी र अर्डर गर्ने अवस्था छैन,' उनले भने। लगानी सुरक्षाका लागि अर्डर रोक्नु व्यवसायीको बाध्यता भएको उनले सुनाए। साउनदेखि ने बढ्न थालेको डलर मूल्य अहिले १ सय ३ रुपैयाँ ५० पैसा पुगेको छ।  वृद्धि १ सय ११ को बिन्दुमा पुग्ने अनुमानले लगानी गर्न व्यपारीलाई अझै हतोत्साही बनाएको छ।
चीनको ग्वान्जाओ, सांघाइ, युलगायत सहरबाट चिनियाँ सामग्री नेपाल आयात हुने गर्छ। ग्वान्जाओ चिनियाँ सामग्रीको ठूलो सहर हो। ती सहरबाट अर्डर गरेको २० दिनमा सामान नेपाल भित्रिसक्छन्। सामग्री भित्रँदा अस्थिर डलर मूल्य घट्न सक्ने भएकाले यसको प्रत्यक्ष मार व्यवसायीलाई पर्ने आयातकर्ता अर्जुन सापकोटाले बताए। 'जान्दाजान्दै जोमिख उठाउने कुरा भएन,' उनले भने।
अध्यक्ष श्रेष्ठले व्यवसायीले साउनदेखि नै आयात दुई तिहाइले कटौती गरेको जानकारी दिए। उनले भने, 'चिनियाँ सहरबाट तीन कन्टेनर सामान अर्डर गर्ने व्यापारीले एक कन्टेनर मात्र आयात गरिरहेका छन्।' दसैंमा लत्ताकपडा, जुत्ता, चप्पल, शृंगार र सजावटका चिनियाँ सामग्री अधिक खपत हुन्छन्।
गत दसैंमा डलर मूल्य ८५–८८ थियो भने चिनियाँ युआन (घोर्मु) १३ रुपैयाँ। अहिले युआनको सटही दर पनि १७ रुपैयाँ पुगेको छ। चिनियाँ सामग्री २५ प्रतिशतसम्म महँगिएका छन्। नेपाली व्यापारीले डलरमा कारोबार गर्दै आएका छन्। व्यापारीका अनुसार डलर महँगिँदा युआनको सटही दर पनि उकालो चढ्छ। खासास्थित गोदाममा पुरानो मूल्यमा अर्डर गरिएका सामान रहेकाले तत्काल आयातमा असर नदेखिएको तातोपानी भन्सारले जनाएको छ।
'अर्डर अझै केही दिन रोकिने हो भने आयात र राजस्व संकलन दुवैमा असर देखिने छ,' प्रमुख भन्सार अधिकृत मिमांस अधिकारीले भने। उनका अनुसार डलर मूल्यमा उतारचढाव आउन थालेसँगै केही महिनायता आयात प्रवाह घटेको छ। डलर मूल्य केही घट्न सक्ने भए पनि दसैंमा चिनियाँ सामग्री २०–२५ प्रतिशतले महँगो पर्ने व्यापारीले बताए।

२६ वर्षदेखि औद्योगिक क्षेत्र विस्तार ठप्प

बुटवल-छब्बीस वर्षदेखि मुलुकमा साबिक औद्योगिक क्षेत्रको विस्तार र नयाँ स्थापना हुन सकेको छैन। औद्योगिक क्षेत्रको विस्तार तथा नयाँ स्थापनामा ध्यान नदिँदा मुलुकको औद्योगिकीकरणमा नकारात्मक प्रभाव परेको उद्योगी, व्यवसायीको भनाइ छ।

सार्क सदस्यबीच व्यापारमा झन्झटै झन्झट

काठमाडौं-नेपालबाट भुटानमा बियर, तयारी चाउचाउ, साबुन, जुस, धुप, हातेझोला लगायत वस्तु निकासी हुन्छ। त्यहाँ तरकारी, खाद्यान्न जस्ता वस्तुको बजार र माग दुवै राम्रो छ। तर नेपालले भुटानको मागअनुसार सामान पठाउन...

काठमाडौं–दिल्लीका बस यात्रुलाई बेलहियामा स्वागत

काठमाडौं–दिल्लीका बस यात्रुलाई बेलहियामा स्वागत

भैरहवा- नेपाल भारतबीच सरकारी स्तरबाटै काठमाडौं–दिल्ली रुटमा सञ्चालन गरिएको बसलाई बुधबार बेलहियामा स्वागत गरिएको छ। प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा आ–आफ्नो झन्डा फहराएर सुरु गरेको बसलाई...

सीमा नराखी विदेशी लगानी नीति

काठमाडौं-उद्योग मन्त्रालयले लगानीको सीमा (थ्रेसहोल्ड) नराखी वैदेशिक लगानी नीतिको मस्यौदालाई अन्तिम रुप दिएको छ। मन्त्रालयले मन्त्रिपरिषदमा पेस गर्न ठिक्क पारेको मस्यौदामा विदेशीले नेपालमा लगानी गर्ने सीमा र नेपालीले विदेशमा लगानी...

साताभित्र सुनकोसी अस्थायी सञ्चालन

साताभित्र सुनकोसी अस्थायी सञ्चालन

सिन्धुपाल्चोक-मांखा कान्ले पहिरोले क्षतिग्रस्त विद्युत प्राधिकरण स्वामित्वको सुनकोसी जलविद्युत केन्द्र एक साताभित्र सञ्चालनमा आउने भएको छ। तत्कालका लागि अस्थायी रुपमा सञ्चालनमा ल्याउन लागिएको हो। झन्डै तीन महिनाअघि १०.०५ मेगावाट क्षमताको...

प्रधानमन्त्री गुहार्दै भोटेकोशी

सिन्धुपाल्चोक- स्थानीयबासीले ३५ प्रतिशत सेयर माग्दै प्रसारण लाइन विस्तारमा अवरोध जारी राखेपछि ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत कम्पनी समस्या लिएर प्रधानमन्त्री कहाँ जाने भएको छ। मध्यमार्गी बन्ने विश्वास गरिएका स्थानीय...

स्थलगत अनुगमन : किसानको नाम भजाउँदै दुरुपयोग

कालीकोट- उच्च मूल्य कृषि परियोजनाले तयार पारेको प्रतिवेदनमा कालीकोटको पूजा मालिका कृषक महिला समूहलाई तरकारी खेती तथा पशुपालन भन्दै २० लाख रुपैयाँ उपलब्ध गराइएको छ। तर त्यो समूहले हालसम्म दुई...

सोनी एक्सपेरिया जेड सिरिज आए

सोनी एक्सपेरिया जेड सिरिज आए

काठमाडौं- सोनी मोबाइल कम्युनिकेसनले विश्वभर एकै साथ एक्सपेरिया जेड सिरिजका मोबाईल फोन सार्वजनिक गरेको छ। एक्सपेरिया जेडथि्र र एक्सपेरिया जेडथि्र कम्प्याक्ट नाम गरेका यी सेट वाटरप्रुफ र डस्ट प्रुफ छन्।