Sunday 15 Chaitra, 2071 |
Menu

अर्थ

HUB

पुँजी बढाउन ८६ संस्थाले सेयर जारी गर्नुपर्ने

(0 votes)
काठमाडौं - राष्ट्र बैंकले चालु आर्थिक वर्षभित्रै तोकिएको चुक्ता पुँजी पुर्‍याउनु पर्ने व्यवस्था गरेपछि ८६ बैंक तथा वित्तीय संस्थाले बोनस सेयर, हकप्रद सेयर वा मर्जरमा जानुपर्ने भएको छ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा तोकिएको चुक्ता पुँजी पुर्‍याउनुपर्ने व्यवस्था गरेपछि आठ वाणिज्य बैंक, ४० विकास बैंक र ३८ फाइनान्स कम्पनीले बोनस वा हकप्रद सेयर जारी गरेर वा मर्जरमा गएर पुँजी पुर्‍याउनु पर्ने अवस्था आएको हो।
राष्ट्र बैंकको नीतिअनुसार वाणिज्य बैंकहरुले २ अर्ब, राष्ट्रियस्तरका विकास बैंकले ६४ करोड, फाइनान्स कम्पनीले २० करोड र क्षेत्रीयस्तरका विकास बैंकले १० करोड चुक्ता पुँजी पुर्‍याउनु पर्छ। यी संस्थासँग नाफाबाट बोनस सेयर जारी गर्ने वा हकप्रद सेयर जारी गरेर सेयरधनीबाट पैसा उठाउनुपर्ने विकल्प छ। यसो गर्न नसके मर्जरमा गएर तोकिएको पुँजी पुर्‍याउनु पर्छ।
राष्ट्र बैंकले यसअघि जगेडा तथा अन्य पुँजी कोषसमेत गणना गर्दा तोकिएको चुक्ता पुँजी बराबरको रकम पुगे हुने व्यवस्था गरेको थियो। पुरानो नीतिमा पुनरावलोकन गर्दै राष्ट्र बैंकले चुक्ता पुँजी बराबर रकम प्रवर्द्धक/लगानीकर्ताबाटै जुटाउनुपर्ने व्यवस्था गरेको छ। यो प्रावधानसँगै बैंक तथा वित्तीय संस्थालाई पुँजी बढाउन दबाब बढेको छ।
अहिले ८ वटा वाणिज्य बैंकको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुगेको छैन।  बैंक अफ काठमाण्डू (बिओके),  एभरेस्ट बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, लुम्बिनी बैंक, नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुगेको छैन।
स्ट्यान्डर्ड चार्टर्डले अहिलेको चुक्ता पुँजीमा ७.३१ प्रतिशतको अनुपातमा बोनस सेयर दिएपछि पुँजी २ अर्ब पुग्छ। सबैभन्दा बढी सेयर एनसिसी, सिद्धार्थ, कुमारी र लुम्बिनी बैंकले जारी गर्नुपर्छ। एनसिसी बैंकले २६.५ प्रतिशत सेयर जारी गर्नुपर्ने हुन्छ। सिद्धार्थले १९.०४, लुम्बिनीले १९.९२ र कुमारीले १९.८१ प्रतिशत सेयर जारी गर्नु पर्छ।
एनसिसी बैंकले गत आर्थिक वर्ष ३७ करोड रुपैयाँ नाफा गरेको छ। जगेडा कोषमा केही रकम छुट्याउनु पर्ने भएकाले लगानीकर्ताले नाफाबाट पाउने हिस्सा घट्छ। जसले गर्दा बैंकले नाफाबाट २६.५ प्रतिशत बोनस सेयर दिन सक्दैन। बाँकी पुँजीका लागि बैंकले मर्जरमा जाने योजना बनाएको छ।
'हाम्रो नाफाबाट करिब १८ प्रतिशत बोनस सेयर वितरण गर्न पुग्छ, बोनस सेयर वितरणपछि पुँजी १ अर्ब ७५ करोड हुन्छ,' एनसिसी बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले आइतबार नागरिकसँग भने, 'बाँकी पुँजी जुटाउन मर्जरमा जाने योजनामा छौं।' उनले मर्जरका लागि आवश्यक छलफल भइरहेको भन्दै पुसभित्र मर्जर सम्झौता गरेर राष्ट्र बैंकको स्वीकृति माग्ने तयारी रहेको जानकारी दिए।
लुम्बिनी बैंकले पनि नाफाबाट बोनस सेयर वितरण गरेर पुँजी बढाउन सक्दैन। बैंकले पुँजी वृद्धिका लागि प्रवर्द्धकलाई हकप्रद जारी गरेर पैसा उठाउनुपर्ने हुन्छ। लगानीकर्ताको आकर्षण कम भएकाले लुम्बिनीले पनि एनसिसीको जस्तै अर्को संस्थासँग मर्जरमा जानुपर्ने हुन्छ। बैंकले गत वर्ष १२ प्रतिशत बोनस सेयर दिएको थियो। बैंकले चुक्ता पुँजी २ अर्ब पुर्‍याउन १९.९२ प्रतिशत सेयर जारी गर्नुपर्छ। अहिले यसको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले चुक्ता पुँजीको ७.३१ प्रतिशतको अनुपातमा सेयर जारी गर्नुपर्छ। नाफा उच्च रहेकाले यसले बोनस सेयरबाटै पुँजी बढाउन सक्छ। एभरेस्ट बैंकले पनि चुक्ता पुँजीको ११.९४ प्रतिशतको अनुपातमा सेयर जारी गर्नु पर्छ। बैंकको नाफा अर्ब नाघेकाले एभरेस्टलाई बोनस सेयर वितरण गर्न कुनै समस्या छैन। एभरेस्टको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।
कुमारी बैंकले चुक्ता पुँजीको १९.८१ प्रतिशतको अनुपातमा सेयर जारी गर्नु पर्छ। बैंकको नाफाबाट मात्र पुँजी पुर्‍याउन गाह्रो छ। बैंकले गत वर्ष ७ प्रतिशत नगद लाभांश दिएको थियो। सिद्धार्थ बैंकसँग १ अर्ब ६१ करोड रुपैयाँ चुक्ता पुँजी छ। उसले १९.०४ प्रतिशतको अनुपातमा सेयर जारी गर्नु पर्छ। गत वर्ष ८.४२ प्रतिशत नगद लाभांश वितरण गरेको सिद्धार्थलाई बोनस सेयर वितरणबाट मात्र पुँजी पुर्‍याउन मुस्किल छ।
बिओकेले अहिलेको चुक्ता पुँजीको १५.७८ प्रतिशत सेयर जारी गर्नुपर्ने हुन्छ। १ अर्ब ६८ करोड चुक्ता पुँजी रहेको बिओकेले गत वर्ष ५ प्रतिशत बोनस सेयर र २१.३२ प्रतिशत नगद लाभांश दिएको थियो। मेलम्ची खानेपानी परियोजनाको बैंक ग्यारेन्टी रकम नोक्सानी व्यवस्थामा छुट्याउनु नपरेको खण्डमा बिओकेलाई नाफाबाट बोनस सेयर जारी गरी पुँजी बढाउन गाह्रो हुँदैन।
लक्ष्मी बैंकले पनि पुँजी २ अर्ब पुर्‍याउन १५.३० प्रतिशतको अनुपातमा सेयर जारी गर्नु पर्छ। १ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको बैंकले गत वर्ष १० प्रतिशत नगद लाभांश दिएको थियो। बैंकले नाफा बढाए बोनस सेयरबाटै पुँजी पुर्‍याउन सक्छ।
विकास बैंक र फाइनान्स कम्पनीले गत आर्थिक वर्ष नै तोकिएको पुँजी पुर्‍याउनु पर्ने व्यवस्था गरे पनि त्यो पूरा नगरेपछि एक वर्ष समय थप गरिएको छ। थपिएको समयमा ४० वटा विकास बैंक र ३८ वटा फाइनान्स कम्पनीले पुँजी बढाइसक्नु पर्छ। अधिकांश विकास बैंक र फाइनान्स कम्पनीलाई एक वर्षमा तोकिएको पुँजी पुर्‍याउन नाफाबाट मात्र सम्भव छैन। ती संस्थाले हकप्रद सेयर पनि जारी गर्नुपर्ने हुन्छ। लगानीकर्ताको आकर्षण हकप्रद सेयरमा नभएकाले अधिकांश संस्थासँग मर्जरमा जानुको विकल्प छैन।
बैंक  जारी गर्नुपर्ने सेयर Ü
स्ट्यान्डर्ड चार्टर्ड बैंक ७.३१
लक्ष्मी बैंक १५.३०
बैंक अफ काठमाण्डू १५.७८
कुमारी बैंक १९.८१
लुम्बिनी बैंक १९.९२
एभरेस्ट बैंक ११.९४
सिद्धार्थ बैंक १९.०४
नेपाल क्रेडिट एन्ड कमर्स बैंक २६.५०
१४ करोडको लगानीमा गाई फार्म

१४ करोडको लगानीमा गाई फार्म

बनेपा-काभ्रेका युवा व्यवसायी रामबहादुर गौतमले पात्लेखेत–३, डाँडागाउँमा १४ करोड रुपैयाँको लगानीमा गौतमश्री अर्गानिक एन्ड काउ फार्म सञ्चालनमा ल्याएका छन्। फार्ममा उन्नत नश्लका गाईपालनका साथै अर्गानिक तरिकाले खेती समेत गरिएको छ।...

६ करोडमा अक्सिजन उद्योग

६ करोडमा अक्सिजन उद्योग

पोखरा-हाइड्रोपावरलगायत पूर्वाधार क्षेत्रलाई लक्ष्य गरी पोखराका व्यवसायीले अक्सिजन ग्यास उद्योग खोलेका छन्। पोखरा औद्योगिक क्षेत्रमा स्थापित कालीगण्डकी अक्सिजन ग्यास उद्योगले शुक्रबारदेखि औपचारिक उत्पादन थालेको छ। स्थानीय १२ जना व्यवसायीको ६...

पर्यटन उद्योगबाट प्रत्यक्ष ५ लाख रोजगारी

पर्यटन उद्योगबाट प्रत्यक्ष ५ लाख रोजगारी

काठमाडौं-मुलुकको पर्यटन उद्योगले सन् २०१४ मा करिब ५ लाख प्रत्यक्ष रोजगारी उपलब्ध गराएको तथ्यांक सार्वजनिक भएको छ। वर्ल्ड ट्राभल एन्ड टुरिज्म काउन्सिल र अक्सफोर्ड इकोनोमिक्सले संयुक्त रूपमा तयार पारेको अनुसन्धान...

विश्वका उत्कृष्ट २५ गन्तव्यमा काठमाडौं

विश्वका उत्कृष्ट २५ गन्तव्यमा काठमाडौं

काठमाडौं-मुलुकको पर्यटन उद्योगलाई खुसीको खबर छ। संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट ‘टि्रप एडभाइजर' ले यो वर्षका लागि छनोट गरेको संसारका उत्कृष्ट २५ गन्तव्यको सूचीमा काठमाडौं १९ नम्बरमा परेको छ। यो...

हङकङ उडानमा नयाँ जहाज

हङकङ उडानमा नयाँ जहाज

काठमाडौं-नेपाल वायुसेवा निगमले नयाँ जहाजबाट हङकङ उडान गर्ने भएको छ। चैत १९ बाट हङकङ उडान गर्ने तालिका समेत बनाइसकेको छ। निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरी ल्याएको ‘ए३२०–२००'...

विन्डोज प्रयोगकर्तालाई विन्डोज १० निशुल्क

विन्डोज प्रयोगकर्तालाई विन्डोज १० निशुल्क

चीन- माइक्रोसफ्टले यही वर्षको समरमा आफ्नो लेटेस्ट अपरेटिङ सिस्टम विन्डोज १० सार्वजनिक गर्ने भएको छ। चीनको शेजेनमा आयोजित एक समिटका दौरान माइक्रोसफ्टले यस्तो घोषणा गरेको हो।

चार देशसँग हवाई सम्झौता हुने

चार देशसँग हवाई सम्झौता हुने

काठमाडौं-सरकारले चार देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने भएको छ। ती सबैले नेपालसम्म हवाई सेवा विस्तार गर्ने प्रस्ताव गरेपछि सम्झौताको तयारी भएको हो। मलेसियासँग भने आगामी बिहीबार सम्झौता पुनरावलोकन हुने...

फेसबुक म्यासेन्जरबाट पैसा पठाउन सकिने

फेसबुक म्यासेन्जरबाट पैसा पठाउन सकिने

न्युयोर्क-फेसबुकले आफ्नो म्यासेन्जर एपमा नयाँ फिचर ल्याएको छ। जसको माध्यमबाट पैसा पठाउन सकिने छ। पैसा पठाउनको लागि म्यासेन्जरको डलर आइकनमा क्लीक गर्नु पर्नेछ। तत्काल भने यो सुविधा अमेरिकामा मात्र सुरु...