Tuesday 19 Shrawn, 2072 |
Menu

अर्थ

ist-cc

घरजग्गा कारोबारमा बैंक ऋणकै भर

  • शुक्रबार ११ श्रावण, २०७०
  • केशवशरण लामिछाने
  • DISQUS_COMMENTS
(0 votes)
पोखरा -अघिल्लोपटकको दाँजोमा बितेको वर्ष कास्कीमा घरजग्गा कारोबार २२ प्रतिशतले बढेको छ। बैंकको ऋण लिएर घरजग्गा किन्ने उल्लेख्य छन्। चार वर्ष अघि चुलिएर त्यसपछि ओरालो लाग्न थालेको घरजग्गा किनबेच अहिले व्यावसायिकभन्दा पनि व्यावहारिकमा सीमित भएको सम्बद्ध अधिकारी बताउँछन्।
मालपोत कार्यालय कास्कीका अनुसार गएको आर्थिक वर्ष २०६९/७० मा २७ हजार ४ सय लिखत पास भएका छन्। यो अघिल्लो वर्षको दाँजोमा ५ हजारले बढी हो। गएको वर्षका २७ हजार ४ सय किनबेचमध्ये १० हजार ४ सयवटा कारोबार बैंक ऋणका आधारमा भएको मालपोतको रेकर्डमा उल्लेख छ। आवास अरु व्यावसायिक कार्यका लागि भएको जग्गा कारोबारमा बैंकले लगानी गरेका हुन्। 
'कारोबार भएकामध्ये ३८ प्रतिशतमा बैंकको ऋण छ,' मालपोत कास्कीका सूचना अधिकृत ऋषि लामिछानेले भने। केन्द्रीय बैंकले घरजग्गामा लगानी निरुत्साहन गर्ने नीति लिइरहेको भए पनि सर्वसाधारणले बैंक ऋणको भर पर्न नछोडेको कास्कीको तथ्यांकले देखाएको छ। 
राष्ट्र बैंकको पछिल्लो निर्देशनले घरजग्गा र आवास कर्जालाई एकै शीर्षकमा राख्न दिएकाले बैंक ऋण प्रवाह सहज भएको विकास बैंक संघका उपाध्यक्ष भरतराज ढकाल बताउँछन्। पोखरा आवासीय हिसाबले उत्तम ठाउँ भएकाले पनि घरजग्गाको व्यावहारिक कारोबार बढिरहेको उनको ठम्याइ छ। 'पोखरामा धेरै वित्तीय संस्था छन्। त्यसैले सर्वसाधारणलाई कर्जा लिन पनि सजिलो भएको छ,' मुक्तिनाथ विकास बैंकका सिइओसमेत रहेका ढकालले भने। 
घरजग्गा व्यवसायी यदु अधिकारी घरै बनाउन आवश्यक पर्नेहरुले जग्गा किनबेच गरिरहेको बताउँछन्। 'पहिला पर्ख र हेरको अवस्थामा थिए। अहिले मूल्य केही घट्नाले किनबेच बढेको हो,' उनले भने। उनले घरजग्गाको मूल्य १५/२० प्रतिशतको हाराहारीमा घटेको जानकारी पनि दिए। 
राजधानी उपत्यकामा घटेको भए पनि कास्की लगायत जिल्लामा पछिल्ला वर्ष पनि घरजग्गा कारोबार बढिरहेकै छ। पछिल्ला वर्षमध्ये कास्कीमा २०६६/६७ मा सबैभन्दा बढी घरजग्गा कारोबार भएको थियो। त्यो वर्ष ३४ हजार ४ वटा लिखत पारित भएको मालपोतले जनाएको छ। 
६७/६८ मा भने अघिल्लो वर्षको दाँजोमा कारोबार संख्या १३ हजारले कम भएको थियो। उक्त वर्ष २० हजार ९ सय कारोबार भए। त्यसपछि भने कारोबार लगातार बढिरहेकै छ। ६८/६९ मा २२ हजार ४ सय लिखत पास भएको छ। यो अघिल्लो वर्षको भन्दा ७ प्रतिशतले बढी हो। 
गएको वर्ष अघिल्लोपटकको भन्दा बढेको कारोबारबाट मालपोत कार्यालय कास्कीले ३१ करोड १६ लाख राजस्व संकलन गरेको छ। कारोबार संख्या २२ प्रतिशतले बढे पनि राजस्व वृद्धि भने ३८ प्रतिशत छ। हरेक वर्ष बढ्ने जग्गा मूल्यांकनले राजस्व वृद्धिमा सघाउ पुर्यारएको हो। 
घरजग्गामा प्रवाह भएको ऋणले अप्ठेरो पार्न थालेपछि ४ वर्षअघि केन्द्रीय बैंकले यो क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई अंकुश लगाएको थियो। घरजग्गाका लागि दिएको ऋण कुल लगानीको ४० प्रतिशतमा झार्नुपर्ने गरी उसले सीमा तोकिदिएपछि मुलुकभर नै कारोबारमा शिथिलता आएको थियो। ७० सालको असार मसान्तभित्र त्यसलाई २५ प्रतिशतमा झार्नुपर्ने केन्द्रीय बैंकको निर्देशनले पनि घरजग्गाको व्यापारिक कारोबार खस्केको थियो। तर, व्यापारिक नभई आवश्यकताका लागि घरजग्गा किनबेच गर्न पनि सर्वसाधारण बैंकिङ ऋणकै भर परिरहेको कास्कीको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया

तीन भिन्न मोडलमा बोल्ट

तीन भिन्न मोडलमा बोल्ट

काठमाडौं- बजेटले अटोमोबाइल्सलाई नछोएको र फेस्टिभल सिजन सुरु हुन लागेकाले अहिले प्रत्येक साता नयाँनयाँ गाडीहरु घरेलु बजारमा आइरहेका छन्। प्रत्येक कम्पनीले विभिन्न सेग्मेन्टमा निजी सवारीसाधनका सौखिनहरुलाई विकल्प दिइरहेको समयमा पहिलो...

हिलेमा १० करोडको चारतारे रिसोर्ट

हिलेमा १० करोडको चारतारे रिसोर्ट

विराटनगर- विराटनगरस्थित रत्ना होटलका सञ्चालक रेवतबहादुर थापाले १० करोड रूपैयाँ लगानीमा धनकुटाको हिलेमा चारतारे रिसोर्ट खोलेका छन्। ५२ रोपनी जग्गामा खोलिएको होराइजन माउन्टेन रिसोर्टको निर्माण तीन वर्षअघि थालिएको थियो।

समृद्ध नेपालको सपनामा बाधक

काठमाडौं- आम नागरिकको समृद्ध भविष्यको सपना पूरा गर्ने अपेक्षा गरिएको संविधानले समाजलाई समृद्धितिर लानुको सट्टा विभेद बढाएर अर्को एक दशकभित्रै सामाजिक द्वन्द्व निम्त्याउने भन्दै अर्थविद र उद्योगी, व्यवसायीले त्यसमा 'समाजवादको'...

सस्तोमा लाभा आइरिस एक्सएटक्यु स्मार्टफोन

सस्तोमा लाभा आइरिस एक्सएटक्यु स्मार्टफोन

काठमाडौं- एउटै मोबाइलमा अनेकथरी सुविधाका लागि स्मार्ट फोनको प्रयोग बढ्दै गएको छ। सुविधासँगै त्यसमा हुने विशेषताले पनि प्रयोगकर्ताको दैनिकीलाई सजिलो बनाउने भएपछि स्मार्टफोन सबैको रोजाईमा परेको हो।

भैंसी अर्थात 'कालो सुन'

भैंसी अर्थात 'कालो सुन'

काभ्रे- जिल्ला पशु सेवा कार्यालय काभ्रेमा पशुपालन (दूध उत्पादन) पेशा अंगाल्न चाहने किसान र व्यवसायीहरुको संख्या बढ्दा पशु चिकित्सक मणिप्रसाद सापकोटाको दैनिकीसमेत नेपाली कृषकहरुले बढी मन पराएको भैंसीपालनको प्रवर्द्धनमा बित्न...

हुन्डाईका दुई स्मार्ट कार

हुन्डाईका दुई स्मार्ट कार

काठमाडौं- हरेक वर्ष विभिन्न कम्पनीका गाडीहरू र हरेक महिना तीनका नयाँ ब्रान्ड नेपाली अटो बजारमा प्रवेश गर्ने क्रम बढिरहेको छ। कार पारखीहरु हरेक वर्ष विशेषता थपिएका नयाँ कार परिवर्तन गर्न...

भूकम्प पीडितलाई सहुलियत ऋण लिन प्रक्रिया पुर्‍याउनै समस्या

काठमाडौं- सरकारले भूकम्पमा घरबार गुमाएका पीडितलाई नयाँ घर बनाउन बैंक, वित्तीय संस्थामार्फत २ प्रतिशत ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराउने निर्णय गरे पनि प्रक्रिया पुर्याउन समस्या देखिएको छ।

२० वर्षभित्र नयाँ १२ लाख पाइलट चाहिने

२० वर्षभित्र नयाँ १२ लाख पाइलट चाहिने

सियाटल- अमेरिकी जहाज निर्माता कम्पनी बोइङले आगामी २० वर्षभित्र थप १२ लाख पाइलट आवश्यक पर्ने तथ्यांक प्रक्षेपण गरेको छ। संसारभरका वायुसेवा कम्पनीले उक्त अवधिमा नयाँ ३८ हजार जहाज थप्ने र...