Thursday 4 Baishak, 2071 |
Menu

अर्थ

मेगा बन्यो सबैभन्दा बढी सेयरहोल्डर भएको बैंक

(0 votes)
पत्रकार सम्मेलनमा मेगा बैंकका सिइओ अनिल केशरी शाह (बीचमा) पत्रकार सम्मेलनमा मेगा बैंकका सिइओ अनिल केशरी शाह (बीचमा)
काठमाडौं — १ लाख ४४ हजार ४ सय जना सर्वसाधारणलाई सेयर बाँडफाँड गरेपछि मेगा बैंक लिमिटेड नेपालको सबैभन्दा बढी सेयरहोल्डर भएको बैंक भएको छ। जेठ १९ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि शेयर निष्कासन खुल्ला गरेकोमा एक लाख ६० हजार ५ सय २४ जनाले आवेदन गरेका थिए।
सर्वसाधारण लगानीकर्ताका लागि ६९ करोड ९० लाख रुपियाँ बराबरको ६९ लाख ९० हजार कित्ता साधारण शेयर छुट्याइए पनि १४ अर्ब रुपैंया अर्थात् २२ गुना भन्दा बढी आवेदन परेको थियो । त्योमध्ये साना लगानीकर्ताहरुबाट २७ दशमलव ९३ प्रतिशत र अन्य लगानीकर्ताहरुबाट ७२ दशमलव ०७ प्रतिशत आवेदन परेको बैंकले जनाएको छ।

आवेदकमध्ये २ सय २८ जनाको १ लाख २० हजार ४ सय ३७ कित्ता शेयर भने रित नपुगेका कारण बाँडफाँडमा समावेश नगरिएको बैंकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गरायो।

साना लगानीकर्ताहरुलाई प्राथमिकता दिंदै २५ लाख ३० हजार ३३० कित्ता अर्थात् ६.३१ प्रतिशत वितरण गरिएको बैंकले जनाएको छ। बाँकी ३७ लाख ६० हजार ६ सय ७० कित्ता शेयर (३.६७ प्रतिशत) ठूला लगानीकर्ता (रु. ५० हजार अर्थात ५०० कित्ताभन्दा बढीका आवेदकहरु) लाई बाँडफाँड गरिएको बैंकले जनाएको छ।

साना लगानीकर्तामध्ये ३५ हजार ४ सय २ जना लगानीकर्ताहरुले ५० कित्तादेखि १५० कित्तासम्मका लागि आवेदन दिएका थिए।

बैंकका सिइओ अनिल केशरी शाहले १२ सय १९ जना नेपालीले स्थापना गरेको मेगा बैंक प्राथमिक शेयर निष्कासनपछि एक लाख ४५ हजार नेपाली लगानीकर्ताको बैंक बनेकोमा गौरवान्वित भएको बताए। 'अब हामी सबैभन्दा बढी शेयरहोल्डर भएको सर्वसाधारणको बाणिज्य बैंक बनेका छौं',— सिइओ शाहले भने।

पछिल्लोपटक शेयर निस्कास्न गरेका बैंकमध्ये मेगामा सबैभन्दा बढी आवेदन परेको थियो।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।