23 Magh, 2072 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

बहु बैंकिङ रोक्न बैंकरको पहल

(0 votes)
एउटै धितो राखेर धेरै संस्थाले ऋण लिने चलन बढ्न थालेपछि नेपाल बैंकर्स संघले त्यस्तो प्रवृत्ति रोक्न पहल सुरु गरेको छ। ठूला औद्यौगिक घराना र व्यवसायीले एउटै सम्पत्ति धितो राखेर धेरै बैंक तथा वित्तीय संस्थासँग ऋण चलाउँदा बैंकिङ जोखिम बढेपछि संघले नियन्त्रण गर्न पहल थालेको हो।
nepalipatro-nagarik
संघले पहिलो चरणमा आफ्ना सदस्य बैंकहरुले घराना वा व्यवसायीलाई दिएको ऋणको आकार माग गरेको छ। ऋण लिन कर्पोरेट घरानाहरुले राखेको धितोको विवरण पनि संघले माग गरेको छ। बैंकहरुले पठाउने विवरणलाई विश्लेषण गरेर संघले यस्तो वहु बैंकिङ नियन्त्रण गर्न आवश्यक नीति तर्जुमा गर्नेछ।

'पछिल्लो समय बहुबैंकिङ मुद्दा एकदमै बढेर गएको छ, एउटै धितोमा धेरै संस्थासँग कारोबार हुँदा जोखिम पनि उच्च भएको छ,' संघका पूर्वअध्यक्ष तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले सोमबार नागरिकसँग भने, 'यसलाई नियन्त्रण नगरे अझ ठूलो जोखिम बढ्ने छ।' उनले त्यसै कारण संघले पहल सुरु गरेको बताए।

संघले बहुबैंकिङ रोक्ने उपायबारे नियामक निकाय राष्ट्र बैंकसँग पनि छलफल गरिसकेको छ। राष्ट्र बैंकको सल्लाहमै संघले पहिलो चरणमा विवरण संकलन सुरु गरेको हो। 'बहुबैंकिङका कारण यस क्षेत्रकै जोखिम बढेको छ,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'यसलाई रोक्न पहिले गरिएका उपायहरु अपर्याप्त भएकाले संघसँगको सहकार्यमा विशेष योजना तयार पार्न लागिएको हो।' उनका अनुसार संघको सुझावका आधारमा राष्ट्र बैंकले आवश्यक परे बहुबैंकिङबारे निर्देशन जारी गर्नेछ।

बहुबैंकिङ रोक्न कर्जा सूचना केन्द्र प्रभावकारी हुन नसकेपछि संघ र राष्ट्र बैंकले विशेष पहल गरेका हुन्। केन्द्रले ग्राहकले लगेको ऋण, बैंकको नाम र अन्य विवरण दिँदैन। यसैले बहुबैंकिङ रोक्न कठिन भएको छ।

संघले विवरण संकलन गरे पनि व्यवसायीले एउटै धितोमा कति संस्था र आकारमा ऋण लिएको छ भन्ने खुल्नेछ। दुईभन्दा बढी संस्थासँग ऋण लिँदा धितोमा ती बैंकको 'समअधिकार' कायम नभएको पाइए संघ र राष्ट्र बैंकले सचेत गराउनेछन्। दोस्रो चरणमा पुगेपछि भने आवश्यक कारबाही गरिनेछ।

'एउटै धितोमा धेरै संस्थाबाट ऋण जाँदा बैंक तथा वित्तीय संस्थाको रकम जोखिममा पर्न जान्छ,' ती अधिकारीले भने, 'ग्राहकले पनि एउटै योजनाका लागि धेरै संस्थाबाट ऋण लिँदा तिर्न सक्ने अवस्था रहँदैन।' पछिल्लो समय घरजग्गाको पुरानो ऋण तिर्न एउटै धितोमा अन्य संस्थाबाट पैसा लिने क्रम बढेको छ। वस्तु आयातका लागि पनि दुईभन्दा बढी बैंकमार्फत प्रतितपत्र (एलसी) खोल्ने क्रम बढेको छ।

संघले बहुबैंकिङ रोक्न सेक्योर ट्रान्जेक्सन रजिस्ट्री (एसटिआर) लागु गर्न सरकारसँग माग गरिसकेको छ। सरकारले यसलाई बजेटमा राखे पनि कार्यान्वयनमा ल्याउन सकेको छैन। एसटिआर लागु भएपछि अचल सम्पति बाहेकको पनि दर्ता हुन्छ। अहिले घर घडेरी, सेयरलगायतलाई मात्र सम्पत्तिका रुपमा दर्ता गरिँदै आएको छ। एसटिआर लागु भएपछि, व्यवसायीको स्टक सामान, चालु सम्पत्तिलगायत पनि दर्ता हुन्छ।

एसटिआर लागुपछि दर्ता भएका सम्पत्तिमा ऋण दिने बैंकहरुको अग्राधिकार हुनेछ। यसले गर्दा उनीहरुले त्यो बिक्री गरेर पनि ऋण उठाउन सक्छन्। राष्ट्र बैंकले पनि यसका लागि पहल गर्ने जनाएको

प्रतिक्रिया

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।

मलेसियाको विकल्प के?

मलेसियाको विकल्प के?

काठमाडौं- नेपाली कामदारको अवस्था बुझ्न गएको टोलीले मलेसियाको रोजगारीमा सोच्नुपर्ने बेला आएको जनाएपछि प्रश्न उठेको छ– सर्वाधिक नेपाली श्रमिक जाने गरेको मलेसियाको विकल्प के? मलेसियामा कामदार पठाउन छोड्ने हो भने...

दैनिक दुई अर्ब रेमिटेन्स

दैनिक दुई अर्ब रेमिटेन्स

काठमाडौं-विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा...

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

काठमाडौं- काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्षपहिले सरकारसँग सम्झौता...

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

काठमाडौँ-तराई मधेसको शीतलहर, अत्यधिक चिसो तथा विगत केही दिन पहिलेको रङ्गेली घटनाका कारण ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न हुने समय एकाध दिन पर धकेलिएको छ।

सूचना प्रविधि कुम्भ मेला सुरु

सूचना प्रविधि कुम्भ मेला सुरु

काठमाडौं–२२औं संस्करणको सूचना प्रविधि कुम्भ मेला शुक्रबार काठमाडौंमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सुबिसु क्यान इन्फोटेक १०१६ (इन एसोसिएसन विथ हुवावे) मा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स,...

२५ करोड लगानीमा तीनतारे होटल अमादब्लम

२५ करोड लगानीमा तीनतारे होटल अमादब्लम

काठमाडौं- विनाशकारी भूकम्प र भारतको नाकाबन्दीबाट प्रत्यक्ष मारमा परेको पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको संकेत होटल क्षेत्रको लगानीमा देखिन थालेको छ। पछिल्लो पटक राजधानीको गौशालामा २५ करोड रुपैयाँ लगानीमा...