Friday 5 Baishak, 2071 |
Menu

अर्थ

भन्सार प्रमुखप्रति अर्थमन्त्री असन्तुष्ट

(0 votes)
काठमाडौं– अर्थमन्त्री शंकरप्रसाद कोइरालाले भन्सारबाट आउने सामानको जाँच कर्मचारीले वा सुरक्षा निकायले गर्ने भन्ने गम्भीर प्रश्न उभिएको बताएका छन्। भन्सार विभागले गरेको भन्सार व्यवस्थापन र मूल्यांकन गोष्ठीमा बोल्दै अर्थमन्त्री कोइरालाले भन्सार प्रमुखलाई कानुनले दोषीको तीनपुस्ते खोतल्न सक्ने अधिकार दिए पनि त्यतातर्फ कसैको ध्यान नगएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
'जनमानसको नजरमा भन्सारको छवि राम्रो छैन । संस्थागत र व्यक्तिगत गुनासा आउन कम भएका छैनन् । मूलमा हामी चुक्यौं भने भोलि कसैको शीर ठाडो हुने अवस्था रहँदैन,' उनले भने ।

'एउटै सामानको जाँचपास भन्सार कार्यालय र हाकिमपिच्छे फरक हुने गरेको छ । योभन्दा लाजमर्दो अरु के हुन्छ ? मन्त्री कोइरालाले प्रश्न गरे । उनले भन्सार मूल्यांकन वस्तुको कारोबार मूल्यको आधारमा गर्न निर्देशन दिए ।

अर्थमन्त्री कोइरालाले भन्सार अधिकृतहरुले करको लक्ष्य पु¥याएर नपुग्ने भन्दै दिगो आर्थिक विकासका लागि सहजीकर्ताको भूमिकासमेत खेल्न आग्रह गरे ।

भन्सार विकसित र विकासशील मुलुक छुट्याउने आधार भएको स्पष्ट पार्दै उनले भन्सारलाई आधुनिक र पूर्वाधारयुक्त बनाउन राज्यले धेरै पैसा खर्च गरिसकेकाले कर्मचारीलाई सेवाग्राही मैत्री बन्न सुझाए।

अर्थसचिव शान्तराज सुवेदीले हवाई जहाजसम्मको भन्सार मूल्यांकन कम हुने गरेको उदाहरण दिँदै कार्यालयको आन्तरिक नियन्त्रण प्रणाली कसिलो बनाउन निर्देशन दिए । कर्मचारीले गरेको दोषको नैतिक जिम्मेवारी प्रमुखमा पनि जाने भएकाले सचेत हुन आग्रह गर्दै उनले भन्सार एजेन्टलाई गरिने अनावश्यक विश्वासका कारण धोका हुने गरेको बताए। यार्डभित्रको सम्पूर्ण जिम्मेवारीबाट नभाग्न उनले प्रमुखले लिनुपर्ने बताए ।

अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले यसपटकको बजेटले भन्सारका थुप्रै समस्या निदान गरेकाले सुधारमा लाग्न आग्रह गरे। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्रवीर मालाकारले भन्सार नीतिमा हैन, कार्यान्वयनमा समस्या देखिएको बताए।

भन्सार विभागका महानिर्देशक सूर्यप्रसाद आचार्यले भन्सार कार्यालयबीच समन्वय नहुँदा समस्या पर्ने गरेको अनुभव सुनाए। महालेखापरीक्षक सुमनप्रसाद शर्माले सुधार गुणस्तर सेवाबाट थालनी हुने भएकाले त्यसतर्फ गम्भीर हुन आग्रह गरे । गोष्ठी सोमबारसम्म चल्नेछ।
विमानस्थलमा बत्ति गएपछि

विमानस्थलमा बत्ति गएपछि

काठमाडौं-युनाइटेड अरब इमिरेट्स (युएई) को सारजहाँबाट आएको एयर अरेबियाको एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने तयारीमा थियो। ९६ यात्रु बोकेको जहाजलाई चालकदलले अवतरण गराउनै लागेका थिए।

चिनियाँ जहाजले अनुमति पाएन

चिनियाँ जहाजले अनुमति पाएन

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट नयाँ जहाज ल्याउन १० दिनमात्र बाँकी भए पनि त्यस्तो जहाजलाई नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले भने हालसम्म अनुमति दिएको छैन।

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...