Friday 9 Shrawn, 2071 |
Menu

अर्थ

ग्यास उद्योगीसँग वार्ता हुने

(0 votes)
काठमाडौं - ग्यास उद्योगीले कमिसन दोब्बर बनाउन माग गर्दै हडतालमा उत्रिने चेतावनी दिएपछि आयल निगमले वार्ता समिति गठन गरेको छ। निगमको शुक्रबार बसेको सञ्चालक समिति बैठकले वार्ताबाट समस्या समाधान गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको हो।


समितिमा वाणिज्य मन्त्रालयका सहसचिव दीपक सुवेदी, वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारी र निगमका निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवाल रहेको स्रोतले बतायो।

'ग्यास उद्योगीसँग वार्ता गर्न समिति गठन भएको छ। तर समितिका सदस्यको नाम अहिले भन्न मिल्दैन,' निमित कार्यकारी निर्देशक अग्रवालले शनिबार नागरिकसँग भने, 'वार्ताबाटै समस्या समाधानको पहल हुनेछ।'

नेपाल एलपी ग्यास संघले बिहीबार पत्रकार सम्मेलन गर्दै १८ महिनादेखि आफ्ना माग सुनुवाइ नगरेको भन्दै हडतालमा उत्रिने चेतावनी दिएको थियो। चेतावनीपछि निगमले वार्ता समिति गठन गरेको हो। उता संघले भने वार्ताको कुनै औचित्य नरहेको जनाएको छ।

'कुनै एजेन्डामा छलफल गर्नुपर्ने भएमात्रै वार्ता हुन्छ। हाम्रा मागबारे सयपल्ट वार्ता भइसकेको छ,' संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने, 'फेरि पनि वार्ता गर्नुको औचित्य छैन।' वार्ताका लागि औपचारिक पत्र नआएको उनले बताए।

उद्योगीले कमिसन दोब्बर बनाउने माग सम्बोधन नभए सोमबारबाट हडताल कार्यक्रम घोषणा गर्ने चेतावनी दिइसकेको छ। घिमिरेले कमिसनबारे प्राविधिक समितिबाट आएको सुझाव कार्यान्वयन नगरेको बताए। प्राविधिक समितिको सुझाव कार्यान्वयन गरेर तत्कालै माग सम्बोधन गर्नुपर्ने उनको माग छ।

'झोलामा राख्ने' ग्यास प्लान्ट खारेज

निगमले सैद्धान्तिक सहमति लिएर ग्यास प्लान्ट नबनाउने कम्पनी खारेज गरेको छ। निगम सञ्चालक समितिको गत वैशाख २० मा बसेको बैठकले अनुमति लिएर पनि काम नगर्ने कम्पनीलाई खारेज गरेको निमित्त कार्यकारी निर्देशक अग्रवालले बताए।

'प्लान्टको अनुमति लिएर निर्माण नगर्ने सबै कम्पनी खारेज गरिएको छ,' उनले भने, 'निर्माण सकेकालाई प्रक्रिया पुर्‍याएर ग्यास खरिद आदेश (पिडिओ) जारी हुनेछ।'

निगमका अनुसार प्लान्ट निर्माण नथालेका कम्पनी करिब आधा दर्जन छन्। तत्कालीन कार्यकारी निर्देशक दिगम्बर झाको पालामा बोटलिङ प्लान्टको सैद्धान्तिक सहमति लिएका कम्पनीले समेत अहिलेसम्म प्लान्ट निर्माण थालेका छैनन्। मुलुकमा अहिले ५२ बोटलिङ प्लान्ट सञ्चालनमा छन्। स्रोतका अनुसार सौभाग्य, सौजन्य, समवृद्धि, स्ट्यान्डर्ड, सनसाइनलगायत कम्पनीले पूर्वाधार तयार गरेका छैनन्।

'पूर्वाधार तयार नगरी प्लान्ट अनुमति लिनेलाई निरुत्साहित गरिनेछ,' अग्रवालले भने, 'बोटलिङ प्लान्टको पूर्वाधार तयार गरेकाले भने प्रक्रिया पूरा गरेपछि अनुमति दिइनेछ।

तीन बोटलिङ प्लान्टको स्थलगत अनुगमन गरेपछि निमग पिडिओ दिने चरणमा छ। त्रिवेणी, कन्काई र आरतीको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेको थियो। त्यसआधारमा ती कम्पनीलाई सुधारको निर्देशन दिइएको छ। तिनले सुधार गरेपछि पिडिओ पाउनेछन्। योबाहेक अन्य तीन प्लान्टले पनि पूर्वाधार तयार भएको भन्दै निगममा स्थलगत निरीक्षणका लागि निवेदन दिएका छन्।
दोस्रो चिनियाँ जहाज अनिश्चित

दोस्रो चिनियाँ जहाज अनिश्चित

काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याउन लागेको दोस्रो जहाज आउने मिति अनिश्चित भएको छ। चीनले यसअघि दिएको मितिअनुसार जहाज साउन ९ (शुक्रबार) काठमाडौं अवतरण गर्ने तालिका थियो।

राष्ट्र बैंकको सुझाव : किसानलाई ब्याजमा थप अनुदान देऊ

राष्ट्र बैंकको सुझाव : किसानलाई ब्याजमा थप अनुदान देऊ

काठमाडौं - नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रमा भारतसँग प्रतिस्पर्धा गर्न सहुलियत ब्याजदरबाहेक पनि समयमै कर्जा तिर्ने किसानलाई ब्याजदरमा थप अनुदान दिन सुझाएको छ।

निगमकै पेट्रोलियममा पानी

निगमकै पेट्रोलियममा पानी

काठमाडौं-आयल निगमबाट खरिद गरेको 'गुणस्तरहीन' पेट्रोलियम पदार्थ प्रयोगले आफ्ना महँगा उपकरण बिग्रिएको भन्दै विद्युत प्राधिकरणले १८ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको छ।

अर्ब नाघ्यो सेयर कारोबार

अर्ब नाघ्यो सेयर कारोबार

काठमाडौं- विभिन्न कम्पनीको सेयर कारोबार हुने स्टक एक्स्चेन्जमा सोमबार साँझ सेयर दलालहरू प्रशन्न मुद्रामा लड्डु बाँड्दै थिए। उनीहरूको खुसीको कारण थियो– एक अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार। नेपालमा सेयर कारोबार...

लाखको सामान नफेर्दा साढे ६ करोड गुम्यो

लाखको सामान नफेर्दा साढे ६ करोड गुम्यो

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको एउटा ठूलो जहाजमा लाख रुपैयाँ पर्ने एउटा सामान नफेरेर करोडौं आम्दानी जानाजान गुमाइरहेको छ। निगम व्यवस्थापनले बोइङ ७५७ ९एन–एसिए जहाजको दायाँ...

घ्यूकुमारीले रुवायो किसान

घ्यूकुमारीले रुवायो किसान

चितवन-प्रशस्त आम्दानी हुने आसमा घ्यूकुमारी (एलोभेरा) खेती गरेका किसान अहिले लगानीसमेत डुब्दा रुन मात्रै सकेका छैनन्। यसको बिरुवा र पात सबै किन्ने भनेर भरतपुरमा केन्द्रीय कार्यालय रहेको पाम एग्रोटेक तथा...

बिजुली किन्न भारतका कडा सर्त

बिजुली किन्न भारतका कडा सर्त

काठमाडौं- नेपालले चार वर्षअघि पिटिए (विद्युत व्यापार सम्झौता) गर्न प्रस्ताव गरेको मस्यौदाको भारतले नयाँ सर्तसहित जवाफ पठाएको छ। उसका सर्त हुबहु मानेर सम्झौता गर्नै नसकिने विज्ञहरुको धारणा छ।

नयाँ मौद्रिक नीतिले बैंक पदाधिकारीलाई अंकुश

नयाँ मौद्रिक नीतिले बैंक पदाधिकारीलाई अंकुश

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा संस्थागत सुशासन बलियो बनाउन एउटै पदमा दुईपटकभन्दा बढी रहन नसक्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा...