Monday 20 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

चिनियाँ मजदुरलाई ज्याला नदिने व्यापारीको अडान

(0 votes)
सिन्धुपाल्चोक - ट्रान्सपोर्टेसन कम्पनीका कामदारले ज्याला बढाएको विरोधमा १० दिनदेखि आयात रोकेर आन्दोलनरत नेपाली व्यापारीले पुरानै दरमा काम गर्न चिनियाँ अधिकारीले गरेको आग्रहलाई अस्वीकार गरेका छन्। उनीहरुले ज्यालाको नाममा एक रुपैयाँ नतिर्ने अडान दोहोर्याकएपछि बन्द व्यापार तत्काल खुल्ने सम्भावना टरेको छ।
nepalipatr-april
समस्या हल गर्न चिनियाँ अधिकारी र आन्दोलनरत व्यापारीबीच मंगलबार तातोपानीमा भएको वार्ता बिनानिष्कर्ष टुंगिएको हो। तातोपानी भन्सार कार्यालयमा भएको वार्तामा चिनियाँ अधिकारीले पुरानै ज्याला दर कायम हुने वातावरण बनाउने प्रतिबद्धता जनाउँदै व्यापारमा फर्कन गरेको आग्रह व्यापारीले ठाडै अस्वीकार गरे। 'थाहा नहुँदा चिनियाँ ट्रान्सपोर्टेसन कम्पनीका कामदारलाई हामीले त्यतिकै ज्याला दिंदै आएका रहेछौं। जुन तिर्नुनपर्ने रहेछ। अब एक पैसा तिर्नेवाला छैनौं,' आग्रह अस्वीकार गर्दै व्यापारीले एक स्वरमा भने। 
तातोपानी भन्सार र अध्यागमन कार्यालयको संयुक्त पहलमा वार्ता भएको थियो। उनीहरुको आग्रहमा नेलाम जिल्लाका प्रशासन र परराष्ट्र मामला हेर्ने चार अधिकारी वार्तामा बस्न आइपुगेका थिए। ज्याला नै नतिर्ने अडान हो भने ट्रान्सपोर्टेसन कम्पनीका अधिकारीसँगै छलफल गरी समाधान निकाल्न सुझाउँदै उनीहरु हिँडेका थिए। 'यो निजी क्षेत्रको सवाल भएकाले उनीहरुसँगै कुरा गर्नुस्। अहिले फुर्सद नभएकाले १२–१५ दिनपछि दुबै पक्ष राखेर हाम्रो प्रशासन मध्यस्धता गरिदिन तयार छ,' वार्तामा चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै प्रमुख भन्सार अधिकृत मिमांश अधिकारीले भने। 
चिनियाँ ट्रान्सपोर्टेसन कम्पनीका मजदुरले सामग्री लोड/अनलोडमा प्रतिघनमिटर आयतन दुई युआन बढाएपछि नेपाली व्यापारी वैशाख २९ गतेदेखि आयात रोकेर विरोधमा छन्। मजदुरले प्रतिघनमिटर आयतन १३ बाट वृद्धि गरेर १५ युआन पुर्यातएका छन्। ज्याला वृद्धि निर्णयले एक कन्टेनरमा ८० युआन अर्थात १२ सय रुपैयाँ बढेको व्यापारीले बताएका छन्। व्यापारीहरुका अनुसार सामान्यतया एउटा कन्टेनरमा ४० घनमिटर आयतन सामग्री अट्छ। 
व्यापारीले ट्रान्सपोर्टेसन कम्पनीलाई बिमा, ढुवानी लगायतको एकमुष्ठ रकम पहिल्यै तिर्ने भएकाले खासास्थित गोदाममा ओराल्ने र गोदामबाट बाहिर निकाल्ने व्ययभार सम्बन्धित कम्पनीकै हुने भएकाले उनीहरुलाई ज्याला दिन नसक्ने नेपाल हिमालय सीमापार वाणिज्य संघका अधयक्ष नीलकण्ठ चौलागाईंले भने। चीनका विभिन्न सहरबाट ट्रान्सपोर्टेसन कम्पनीले खासासम्म ल्याएको सामान गोदाममा राख्दा र नेपाली कन्टेनरमा लोड गर्न गोदामबाट बाहिर निकाल्दा त्यहाँका कुल्लीले ज्यालामा रकम लिँदै आएका छन्।
'माया गरेर टिप्स दिँदा कामदारको बानी बिग्रेको हो। अहिले अधिकार झैं गरी आफैं नियम बनाउन थालेपछि विरोध गर्नुपरेको हो,' चौलागाईंले भने। उनले समस्याको हल नभइ व्यापारमा नफर्कने बताए। चिनियाँ कामदार र व्यापारीले अडान नछोडेकाले तत्काल सहमति नहुने सम्भावना देखेर स्थानीय प्रशासनले बिहीबारबाट हुने सीमा बैठकमा समस्या राख्ने गृहकार्य गरेको छ। छिमेकी सिन्धुपाल्चोक र नेलाम जिल्लाका प्रशासन एवम् सुरक्षा अधिकारीबीच तिब्बतको कुतीमा दुई दिन बैठक चल्दै छ। 
सोमबार अनिश्चितकालीन बन्दको घोषणा गरेका व्यापारीले मंगलबारबाट निर्यात पनि रोकेका छन्। स्याउ, लसुन लगायत चाँडै कुहिने कृषि उपजको भइरहेको आयात पनि उनीहरुले मंगलबारबाटै रोकेका छन्। तयारी लत्ताकपडा, जुत्ता, चप्पल, विद्युतीय सामान लगायत खास व्यापारिक सामग्रीको आयात ठप्प छ। आयात रोकिँदा कम्तीमा १० करोड रुपैयाँ राजस्व गुमेको तातोपानी भन्सारले जनाएको छ। भन्सारले दैनिक औसतमा डेढ करोड रुपैयाँ राजस्व संकलन गर्दै आएको छ।

प्रतिक्रिया

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...

अभावको मौका छोपेर दोब्बर मूल्य

अभावको मौका छोपेर दोब्बर मूल्य

काठमाडौं–सुक्खायामको मौका छोप्दै खानेपानी ट्यांकर व्यवसायीले पानीको मूल्य दोब्बर बढाएका छन् । पानीको हाहाकार बढ्दै जाँदा उपत्यकामा चल्ने खानेपानी ट्यांकरले दोब्बरभन्दा धेरै मूल्य बढाउँदै कालोबजारी गरिरहेका छन्।

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

सर्लाही– 'पत्रिकामा छापिएका रोजगारीसम्बन्धी प्रत्येक विज्ञापन नछुटाई हेर्थें,' लटरम्म फलिरहेको आफ्नो कृषि फार्मको टमाटर टनेलबाट बाहिर निस्किएपछि दीपेन्द्रले सम्झिए, तीन वर्षअघि काठमाडौंमा भौंतारिँदाको आफ्नो दैनिकी।

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

सियान (चीन)-नेपालका लागि निर्मित चारवटा जहाज अब छिट्टै नेपाल ल्याइने भएको छ । यसको अन्तिम तयारी भएको चिनियाँ कम्पनीले जनाएको छ। सन् २०१५ को डिसेम्बरमा नै तयार भएका ती जहाज...