Sunday 2 Falgun, 2072 |
Menu

अर्थ

istl

दोलखामा कांग्रेस महाधिवेशनको रस्साकस्सी

(0 votes)
दोलखा–कांगेसको जिल्ला अधिवेशन नजिकिदै जाँदा जिल्ला नेतृत्वबारे नेताहरुबीच रस्साकस्सी सुरु भएको छ। हालसम्म पूर्व जिविस सभापति रुद्रबहादुर खड्का, युवा नेताहरु बर्मा लामा, इश्वर नारायण मानन्धर र केशबराज चौलागाईंले जिल्ला सभापति पदको उम्मेदवारी घोषणा गरेर प्रचार थालेका छन्।
nepalipatro-nagarik
कार्यकर्ता र शुभेच्छुकहरु जिल्ला नेतृत्वबारे बहस र छलफलमा जुटेका छन्। सभापति घोषणा गर्नेहरु जिल्लाका शक्तिशाली नेताहरुको आर्शिवाद थाप्न जुटेका छन्।

जिल्ला, क्षेत्रदेीि तल्लो तहसम्म राम्रो प्रभाव रहेका जिल्लाका शक्तिशाली नेताहरु जिपछिरिङ लामा र ताराबहादुर कोइरालाले अधिवेशनमा एक भएर उभिएपछि जिल्ला सभापति घोषणा गरेकाहरु उनिहरुको उम्मेदवार बन्ने भित्री कसरतमा जुटेका छन्। कोइराला हालका जिल्ला सभापति हुन भने लामा पूर्व केन्द्रीय सदस्य र पूर्व सांसद हुन्। यस अघि ४ पटक पार्टी सभापति भइसकेका कोइरालालाई पुन सभापति उठन विधानले रोकेपछि उनले नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेका छन्। कोइराला र लामा दुवै केन्द्रीय सदस्य लड्ने तयारीमा छन्।

जिल्लाका प्रभावशाली दुवै नेताको समुहमा पूर्व पार्टी सभापति उद्धवराज काफ्ले, क्षेत्रयी सभापतिद्वय राजु उप्रेती, दावादोर्जे लामा, जिल्ला उपसभापति कृष्णबहादुर खड्का, सचिव सन्तोष रिमाल, कोषाध्यक्ष कुलराज थापालगायत छन्।

यस्तै ३१ सदस्यीय जिल्ला कमिटि मध्ये २३ जना उनिहरुको पक्षका छन्। अधिकांश महाधिवेशन प्रतिनिधि र प्राय भातृ संस्था साथै गाउँ सभापति र स्थानीय समितिमा समेत यही समुहको बर्चस्व रहेका कारण लामा र कोइरालाले अघि सार्ने उम्मेदवार आगामी जिल्ला अधिवेशनबाट सहज रुपमा जिल्ला सभापति बन्ने विष्लेषण कार्यकर्ताहरुले गर्न थालेका छन्।

हालका सभापति कोइरालाले सकेसम्म सर्वसम्मत नेतृत्व छनोट गर्ने आफ्नो प्रयत्न रहेको सुनाए। '४ पटक जिल्ला सभापति चलाएँ, अब नेतृत्व हस्तान्तरण गर्ने बेलामा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने मेरो प्रयत्न रहनेछ', उनले भने,'यसका लागी गाउँ स्तरदेखि जिल्लाका सबै साथीहरुसगँ छलफल गरिरहेको छु।' उनले सर्वसम्मत नेतृत्व चयन गरेर आफूले जिल्ला कांग्रेसलाई एक बनाएको सन्देश दिन चाहेको बताए ।

कोइराला निकट स्रोतका अनुसार उनीहरुको समुहले सर्वसम्म उम्मेदवारका रुपमा पूर्व पार्टी सभापति उद्धवराज काफ्लेलाई अघि सार्ने भित्री तयारी गरेको छ । लामा र कोइरालाले हाल उम्मेदवारी घोषणा गरेका ४ जना नेताहरुलाई निर्विरोध नेतृत्व चयनका लागि तल्लो तहदेखिका कार्यकर्ता र अधिवेशनमा सहभागी हुन आउने क्षेत्रीय प्रतिनिधिमार्फत दबाब श्रृजना गर्ने तयारीमा छन्।

खड्का बाहेकलाई अघि सार्ने योजना

काफ्लेलाई निर्विरोध बनाउन नसके जिल्ला सभापति पदमा घोषणा भएका ४ जना मध्येकालाई समर्थन गरेर अघि सार्ने योजना लामा र कोइरालाको छ । निकट स्रोतका अनुसार उनीहरुले अघिल्लो अधिवेशनमा सभापति पदका उम्मेदवारसमेत रहेका पूर्व जिविस सभापति रुद्रबहादुर खड्का बाहेककालाई अघि सार्ने तयारी गरेका छन्। अघिल्लो जिल्ला अधिवेशनमा जिपछिरिङसहित पूर्व पार्टी सभापतिहरु काफ्ले, देवी न्यौपानेले खड्कालाई समर्थन गरेका छन्। । एक्लै लडेका हालका जिल्ला सभापति कोइरालाले खड्कालाई झिनो मतले हराएका थिए।

प्रतिक्रिया

नियमित हुँदापनि इन्धन अभाव कायमै

नियमित हुँदापनि इन्धन अभाव कायमै

धनगढी–सुदुरपश्चिमका लागि नेपाल आयल निगम क्षेत्रीय कर्यालय धनगढीलाई भारत आयल कर्पोरेशनका बनथरा डिपोले डेढ महिनादेखि कोटा अनुसारको तेल नियमित दिइरहेको छ। अघोषित नाकाबन्दी हुनु भन्दा पहिले जस्तै कोटाअनुसार तेल आयात...

अमेरिका त्यागेर गाईपालन

अमेरिका त्यागेर गाईपालन

तिलोत्तमा (भैरहवा)- प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे।

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।