Friday 17 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

मोर्चाले खोज्यो संयन्त्रको वैधानिकता

(0 votes)
काठमाडौं- आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमांकन विवाद टुंग्याउन गठन गरिने राजनीतिक संयन्त्रको वैधानिकता र कार्यादेश स्पष्ट गर्न माग गरेको छ। आइतबार अपराह्न सिंहदरबारमा बसेको तीन दल–मोर्चा कार्यदल बैठकमा मधेसी मोर्चाका प्रतिनिधिले विगतका सहमति कार्यान्वयन नभएर धोका भएको भन्दै संयन्त्रको वैधानिकता खोजेका हुन्।
nepalipatr-april
उनीहरूले राजनीतिक संयन्त्रले प्राविधिक विषय मात्रै समेट्ने भन्दै त्यसको कार्यादेश पहिले नै टुंगो लगाउनुपर्ने अडान लिँदै आएका छन्। 'सहमति कार्यान्वयनमा पटक–पटक समस्या देखियो, त्यसैले सीमांकन टुंग्याउन गठन गरिने राजनीतिक संयन्त्रको वैधानिक हैसियत खोजेका हौं,' कार्यदल सदस्य तथा तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले नागरिकसँग भने, 'सोमबारको बैठकमा संयन्त्रको वैधानिक हैसियत र कार्यादेश के–के हुने भन्ने विषयमा विभिन्न विकल्प प्रस्तुत हुनेछ।'

कार्यदल बैठकमा राजनीतिक वैधानिकता खोजेपछि एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री भीम रावलले कार्यदल संसदबाट अनुमोदन गर्ने प्रस्ताव गरेका थिए।

राजनीतिक संयन्त्रबाट सीमांकन विवाद तीन महिनाभित्र टुंग्याउन सहमत भए पनि मधेसी मोर्चाले त्यसको वैधानिक हैसियत हुनुपर्ने र कार्यादेश पहिले नै टुंग्याउनुपर्ने बताउँदै आएको छ।

बैठकमा मधेसी मोर्चाले मधेसमा बढीमा दुई प्रदेश हुने गरी सीमाकंन गनुपर्ने प्रस्ताव गरेको थियो। 'राजनीतिक संयन्त्रको म्यान्डेट र वैधानिकता के हुने भन्ने विषय मधेसी मोर्चाले उठाएको छ,' कार्यदल सदस्य महेश आचार्यले भने, 'संविधानसभाभित्रै सीमांकनबारे धेरैवटा विकल्प प्रस्तुत भएका थिए। त्यसलाई रिफरेन्सको रूपमा प्रयोग गरेर जान सकिने प्रस्ताव गरेका छौं।'

आइतबारको बैठक निकै सकारात्मक भएको भन्दै कार्यदल सदस्य रायले भने, 'सोमबारको बैठकबाट केही ठोस परिणाम आउन सक्छ।' सोमबार दिउँसो २ बजे बैठक बस्ने भएको छ।

बैठकमा एमाले उपाध्यक्ष रावल, कांग्रेस केन्द्रीय सदस्य आचार्य र एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य शक्ति बस्नेतको सहभागिता थियो। कार्यदलमा मोर्चाको तर्फबाट संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठी, तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय सदस्य छन्। कार्यदल सदस्य रहेका एमाओवादी महासचिव कृष्णबहादुर महरा पार्टीको कार्यक्रममा जिल्लाबाहिर रहेकाले दोस्रो बैठकदेखि नै अनुपस्थित छन्।

कार्यदल सदस्य आचार्यले कार्यदलमा बुँदागत छलफल भएको र फरक विषय कम हुँदै गएको बताएका छन्। 'मधेसी मोर्चाको ११ बुँदे मागबारे बुँदागत छलफल भएको छ, हामीबीच रहेको फरक विषयलाई न्यारोडाउन गर्दै गएका छौं,' आचार्यले भने, 'संसदमा संशोधन प्रक्रियामा रहेको विधेयकले मात्रै माग सम्बोधन हुन नसक्ने भन्दै असन्तुष्टि जनाउनुभएको छ। त्यसलाई सम्बोधन गरेर अघि कोसिस भएको छ।'

संसदमा प्रस्तुत संविधान संशोधनसम्बन्धी विधेयक पारित हुने प्रक्रियामा छ। मधेसी मोर्चाले आफ्ना मागको दुई बुँदा समानुपातिक समावेशी सहभागिता र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने विषयलाई संशोधन विधेयकले समेट्न नसक्ने भन्दै असन्तुष्टि जनाएको छ। तर, उक्त विधेयकमाथि दुई दर्जन संशोधन प्रस्ताव संसदमा दर्ता भएको छ।

नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै आएको मोर्चाले शनिबार मात्रै थप दश दिने आन्दोलन घोषणा गरेको छ।

प्रतिक्रिया

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...

अभावको मौका छोपेर दोब्बर मूल्य

अभावको मौका छोपेर दोब्बर मूल्य

काठमाडौं–सुक्खायामको मौका छोप्दै खानेपानी ट्यांकर व्यवसायीले पानीको मूल्य दोब्बर बढाएका छन् । पानीको हाहाकार बढ्दै जाँदा उपत्यकामा चल्ने खानेपानी ट्यांकरले दोब्बरभन्दा धेरै मूल्य बढाउँदै कालोबजारी गरिरहेका छन्।

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

सर्लाही– 'पत्रिकामा छापिएका रोजगारीसम्बन्धी प्रत्येक विज्ञापन नछुटाई हेर्थें,' लटरम्म फलिरहेको आफ्नो कृषि फार्मको टमाटर टनेलबाट बाहिर निस्किएपछि दीपेन्द्रले सम्झिए, तीन वर्षअघि काठमाडौंमा भौंतारिँदाको आफ्नो दैनिकी।

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

सियान (चीन)-नेपालका लागि निर्मित चारवटा जहाज अब छिट्टै नेपाल ल्याइने भएको छ । यसको अन्तिम तयारी भएको चिनियाँ कम्पनीले जनाएको छ। सन् २०१५ को डिसेम्बरमा नै तयार भएका ती जहाज...

लाङटाङ उठाउँदै गाउँले

लाङटाङ उठाउँदै गाउँले

नुवाकोट–गतवर्ष वैशाख १२ को भूकम्पसँगै हिमपहिरो गएको १ वर्ष पुग्नै लाग्यो। भूकम्पसँगै गएको हिमपहिरोले धेरैको घरमात्र पुरिएन, सँगालेर राखेका धेरै सपनाका पहाड भत्किए। धेरैले आफन्त गुमाए, बाँच्ने टुहुरा भए तर...

काम छ, रोजगार छैन

काम छ, रोजगार छैन

काठमाडौं–गाउँगाउँमा हजारौं स्कुल, लाखौं घर भत्केका छन् । सहरमा ठुल्ठुला भवन, सयौंको संख्यामा सार्वजनिक सम्पदाहरू भत्केका छन् । काम यति धेरै छ कि निरन्तर गरे पनि कैयन महिना लाग्न सक्छ।