15 Jestha, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

फाइनलमा बिर्तामोड र फ्यान्स

(0 votes)
झापा- फ्यान्स क्लब बिआरसी भुटानले काँकडभिट्टा गोल्डकप फुटबलको फाइनलमा बिर्तामोड युनाइटेडसँगको भेट निश्चित गरेको छ। बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा दार्जिलिङ–११ लाई ३–० ले हराउँदै बिआरसीले फाइनल तय गरेको हो।
nepali-patro-may
यसअघि नै राष्ट्रिय लिग फुटबलको चौथो टोली झापा–११ को सेट नै मैदानमा ओरालेको बिर्तामोड युनाइटेड क्लब फाइनलमा पुगिसकेको छ। कर्ण लिम्बुको दुई गोल मद्धतमा बिर्तामोडले बुधबार चर्च ब्वाइज युनाइटेडलाई २–० ले पराजित गरेको थियो।

शनिबार हुने फाइनलमा दुवैको ध्यान १ लाख १ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी जित्नेमा हुनेछ। उपविजेताले ५१ हजार पाउनेछ।

बिहीबार बिआरसीले दार्जिलिङविरुद्ध एकतर्फी जित निकाल्यो। नेपालका विभिन्न क्लबबाट खेल्दै आएका चार नाइजेरियन खेलाडीलाई पहिलो रोजाइमा उतारेको बिआरसीको निर्णय उनीहरूले सही साबित गरिदिए। सेगुन, भिक्टोर र ओलावालेले १–१ गोल गरेका थिए। सेगुनले ३० औं मिनेटमा गोल गरे। १८ यार्ड नजिकै प्राप्त फ्रिकिकमार्फत गोल गरेर खाता खोलेका थिए। उनले प्रहारले सिधै जाली चुम्दा दार्जिलिङका गोलरक्षक जोसेफ शेर्पा हेरेको हेर्यै भए। दार्जिलिङले गोलका केही निश्चित अवसर खेर फाल्दा बिआरसीले त्यसको फाइदा उठायो। ३४ औं मिनेटमा दार्जिलिङका लाक्पा तामाङले विपक्षी गोलरक्षक विनय श्रेष्ठ बिट भइसकेको अवस्थामा प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरियो। लगत्तै उनैको क्रसलाई अर्पण राईले हेडबाट प्रहार गर्दा गोलरक्षक विनयले बचाए।

दिनेश कार्कीको कप्तानीमा विष्णु सुनुवार, रुपेश केसी, सुवास लामा, राज पौडेल, वर्तमान राई जस्ता खेलाडी लिएर उत्रिएको बिआरसीले दार्जिलिङलाई सुरुदेखि नै दबाबमा राखेको थियो।

लगातार पोस्ट आक्रमणमा जुटेको बिआरसीका लागि सेगुनले ४१ औं मिनेटमा वान भर्सेज वानको अवसर खेर फाले। तर, अधिकांश समय विपक्षी पोस्ट नजिकै बल होल्ड गरेको बिआरसीलाई पर्याप्त गोल सम्भव भयो। ४९ औं मिनेटमा ओलावालेले रिबाउन्ड भएको बल हेड गर्दा गोल भयो। त्यसको १० मिनेटपछि मध्यभागबाट सेगुनले दिएको पास नियन्त्रणमा लिँदै अर्का नाइजेरियन खेलाडी भिक्टोरले तेस्रो गोल गरेका थिए। दुई रक्षक र गोलकिपरबीचैबाट भिक्टोरको प्रहार गोलमा परिणत भएको थियो। म्यान अफ द म्याच बिआरसीका कप्तान दिनेश कार्की भए।

प्रतिक्रिया

तरकारी फलाउँदै पूर्वसभासद

तरकारी फलाउँदै पूर्वसभासद

नेपालगन्ज- पहिलो संविधानसभा संविधान नबनाइ विघटन भएपछि पट्टु थारु निराश भएर राजधानी काठमाडौंबाट घर फर्किए। उनी पहिलो संविधानसभा सदस्य थिए। संविधान सभा विघटन भएपछि उनको रोजाइ बन्यो कृषि। बाँके, बैजापुर–१, नवलपुरका...

संस्थानको नाफा बढे पनि सरकारको लाभांश घट्दो

संस्थानको नाफा बढे पनि सरकारको लाभांश घट्दो

काठमाडौं- सार्वजनिक संस्थानको नाफा बढे पनि सरकारले ती संस्थानमा सेयर लगानी गरेबापत पाउने प्रतिफल भने घटेको छ। गत आर्थिक वर्षमा सार्वजनिक संस्थानले खुद नाफा ३३ अर्ब ९२ करोड कमाए पनि लगानी...

मलेसियाबाट रेमिटेन्स आप्रवाह स्थिर

मलेसियाबाट रेमिटेन्स आप्रवाह स्थिर

मलेसिया- श्रम स्वीकृति लिएर सबभन्दा धेरै नेपाली कामदार आएको मलेसियाबाट स्वदेश जाने रेमिटेन्स पहिलोपटक स्थिर अवस्थामा पुगेको छ। पछिल्लो ४–५ वर्षयता निरन्तर नेपाल पठाउने रेमिटेन्स वृद्धि भइरहेको बेला चालु आर्थिक...

भएभरका योजनालाई राष्ट्रिय गौरव भनेर हुँदैन

भएभरका योजनालाई राष्ट्रिय गौरव भनेर हुँदैन

काठमाडौं–बजेट आर्थिक दस्तावेज मात्र नभई राजनीतिक दस्तावेज पनि हो । बजेट मुलुकका समस्या समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्छ । यतिखेर नेपालमा रोजगारीको चरम अभाव छ । गरिबीका कारण ठूलो संख्याका युवा...

गिरान्चौर बस्तीलाई अमेरिकाबाट नुवाकोटे दिण्डुको ६ लाख

गिरान्चौर बस्तीलाई अमेरिकाबाट नुवाकोटे दिण्डुको ६ लाख

काठमाडौं– गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि दिण्डु लामा ह्योल्मोले ६ लाख ६ हजार ६ सय ६ रुपैयाँ सहयोग गरेका छन्।  

हिमालय एयरलाइन्सले जेठ १८ देखि दोहाको सिधा उडान गर्ने (भिडियो)

हिमालय एयरलाइन्सले जेठ १८ देखि दोहाको सिधा उडान गर्ने (भिडियो)

काठमाडौं— नेपाल चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले १८ जेठ (३१ मे) देखि काठमाडौं—दोहा रुटमा दैनिक सिधा उडान गर्ने भएको छ। हिमालयको एयरबस ३२०—२१४ जहाज काठमाडौंबाट राति ११ बजे उड्नेछ भने...

अवरोध पश्चात बैंकहरुको कर्जामा वृद्धि

अवरोध पश्चात बैंकहरुको कर्जामा वृद्धि

२९ वटै वाणिज्य बैंकहरुले चालु आवको तेस्रो त्रैमास (चैत मसान्तसम्म)को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। एक दुई अपावादलाई छाड्ने हो भने सबै वाणिज्य बैंकले विनाशकारी भूकम्पलगत्तै लामो तराई–मधेस आन्दोलन र...

विदेशी कब्जामा बिजुली-नदी

काठमाडौं- अधिंकाश ठूला जलविद्युत आयोजना निर्माण जिम्मा लिएका विदेशी कम्पनीले दशकौंदेखि नदी तथा खोला कब्जामा राखेका छन्। बिजुली उत्पादन नहुँदा नेपाली भने दैनिक १५ घन्टासम्म लोडसेडिङ झेल्दै अँध्यारोमा बाँच्न बाध्य...