1 Falgun, 2072 |
Menu

अर्थ

istl

विशृंखलताको सिद्धान्त र राष्ट्र

(0 votes)
'आपद्विपद् भनेको यस्तो हुन्छ' भनेर नेपालीलाई देखाउनै झैँ गरी २०१५ आयो र गयो। विपद् झेल्ने तयारी नहुँदा कति गुमाउनु पर्दो रहेछ भन्ने कुरा पनि २०१५ले फेरी सम्झाएर गयो। भुइँचालो र मिचाहा छिमेकीको हेपाइसँग जुध्ने तयारी नहुँदा देशको अर्थतन्त्रमा दीर्घकालीन प्रभाव त पार्यो् नै, अभाव र असुरक्षाजन्य कठिनाइले पारेका मनोवैज्ञानिक प्रभावको मूल्यसमेत निकै लामो समयसम्म ( कम्तीमा एउटा सिंगो पुस्ताले) तिरिरहनु पर्नेछ।
डा.सरोज धिताल

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepalipatro-nagarik
विपद्का यी आँधीले हामीलाई तर्साएका मात्रै भने हैनन्। चुकुलै भत्काएर सम्भावनाका ढोकालाई ह्वाङै खोलिदिएका पनि हुन्। तर, ती सम्भावनालाई उपयोग गर्नैका निम्ति पनि आवश्यक तयारी भने थिएन। जसले गर्दा अझै पनि नेताहरू जिब्रो पड्काउनेबोह अरु केही गर्न सकिरहेका छैनन्। सिंगो देश नै एउटा नमीठो, सस्तो, छाडा, निरर्थक हास्य नाटकको मञ्चन भइरहेको फोहोर, अव्यवस्थित, हल्लाग्रस्त, घटिया नाट्यशालामा परिणत भएको छ। चरम अभावले जन्माएको प्रतिक्रियात्मक राष्ट्रवादको तातो अब विस्तारै सेलाउँदै गइरहेको छ एकातिर भने अर्कोतिर जनताको रचनात्मक, अग्रगामी, प्रगतिशील राष्ट्रवादको खडेरी झन्झन् बिझाउन थालेको छ।

राजतन्त्र वा अरु कुनै पनि किसिमको एकतन्त्रीय तानाशाहीअन्तर्गतगतको अन्ध 'राष्ट्रवाद'का निम्ति झुन्डिनलाई श्रीपेचको फुर्को वा अर्को कुनै एउटैमात्र डोरी भए पनि पुग्थ्यो। सैन्यबलले रक्षा गरिदिएको तानाशाही शासकको स्वार्थले नै 'राष्ट्रवाद'लाई परिभाषित गरिदिन्थ्यो। अझै नागरिक नभइसकेका जनता त केवल रैती– 'सब्जेक्ट'कै हैसियतमा न हुन्थे! तर, अब लोकतान्त्रिक गणतन्त्रको राष्ट्रवाद धानिनका निम्ति चाहिने जग, खम्बा, भित्ता र छाना सबैसबै राजतन्त्रको बेलाभन्दा फरक र बलियो हुनुपर्छ। राजतन्त्रले परिभाषित गरेको 'राष्ट्रवाद'भन्दा वा कुनै पनि किसिमको तानाशाही 'गणतन्त्र'को भन्दा लोकतान्त्रिक गणतन्त्रको राष्ट्रवाद धेरै नै विकसित, जटिल र बहुआयामिक हुन्छ। अबको राष्ट्रवाद धानिनका निम्ति धेरै बलियो पूर्वाधारको, नितान्त फरक र उच्चस्तरीय चेतको अनि अरु पनि धेरै कुराको आवश्यकता हुन्छ। प्रतिक्रियात्मक द्वेषनिर्देशित साँघुरो 'राष्ट्रवाद'ले देशलाई सिंगो राख्ने हैन टुक्राउने काममात्रै गर्छ।

'यो निरन्तर भूमण्डिलीकरण भइरहेको विश्वमा राष्ट्रवादको आवश्यकता किन पर्योव' भन्नेजस्ता 'सैद्धान्तिक' प्रश्न कुनैबेला उठ्न सक्छन्। कतै कतैबाट 'राष्ट्र त मानिसले बनाएको कृत्रिम संरचना हो, किन चाहियो त्यो? समुदायका तहमा कुरा गर न!' भन्नेजस्ता अराजकतावादी तर्क सुनिन सक्छन्। सैद्धान्तिक धरातलबाटै यस्ता तर्कहरूको उचित सम्बोधन गरिनुपर्छ। विश्वबन्धुत्वको विकासकै निम्ति पनि पहिले समानता र आपसी सम्मानको आवश्यकता पर्छ। जबसम्म एउटा राष्ट्रले अर्को राष्ट्रलाई थिचोमिचो गर्ने प्रवृत्ति रहिरहन्छ, तबसम्म विश्वबन्धुत्वको विकास असम्भव हुन्छ। जतिसुकै चम्किचम्की 'युटोपिया'का कुरा गरे पनि राष्ट्रहरू कम्तीमा पनि अरु केही शताब्दीसम्म रहिरहनेछन्। तिनको आवश्यकता रहिरहनेछ। आपसी सम्मान र समान हितका सवालहरू पहिल्याउन सक्दा केही देश विभिन्न स्तरका संघका रूपमा जोडिन सक्छन् भने आपसी हित पहिल्याउन नसक्दा, आपसी सम्मान र सद्भाव कायम राख्न नसक्दा नयाँ राष्ट्रहरू जन्मिन पनि सक्छन्। यसरी कतै देश टुक्रिएर नयाँ राष्ट्र बन्ने र कतै जोडिएर नयाँ संघ बन्ने प्रक्रिया अरु केही शताब्दी चलिरहने छ। समकालीन विश्वमा हाम्रो आफ्नै जीवनकालमा आफ्नै आँखाअगाडि यो सब भइरहेको छ। यो यथार्थबाट हामीजस्ता साना देशमात्र हैन, हाम्रा ठूला छिमेकी देशहरू पनि अछुतो रहन सक्दैनन्।

अस्ट्रिचले बालुवामा मुन्टो जोतेर आफू सुरक्षित भएको जस्तो गरेर परिस्थितिमा कुनै परिवर्तन आउँदैन। उठेका सवाललाई पन्छाएर ती सवाल हराउँदैनन्। जमेको फोहोरलाई छोपछाप पार्दैमा त्यो फोहोर पन्छिँदैन। हामी भारतमाथि कति आश्रित रहेछौँ भन्ने कुरा विगत केही महिनामा स्पष्ट भइसकेको छ। प्रतिक्रियात्मक राष्ट्रवाद कति कमजोर परालको आगो रहेछ भन्ने कुरा पनि अझै स्पष्ट भइसकेको नभए छिटै हुनेछ। संविधानकै वरिपरिको छिपछिपे आदर्शवाद र व्यावहारिक यथार्थका बीचमा कति ठूलो खाडल रहेछ भन्ने कुरा पनि स्पष्ट हुन धेरै पर्खिनै पर्दैन।

होला, अब विस्तारै आपूर्ति केही सहज बन्ला। मानिसका चुलामा भारतबाट ल्याइएका मट्टितेल र ग्यास बल्न थाल्लान्। वाहनमा भारतबाट ल्याइएका पेट्रोल र डिजेल भरिन थाल्लान्। बजारमा खोजेकै औषधि पनि पाइन थाल्लान्। जीवनले फेरि पुरानै लय समात्ला। तर, यी केही महिनामै यति धेरै भोगिसकेपछि अझै पनि आपूर्ति केही सहज हुनेबित्तिकै सबै कुरा बिर्सियौँ भने दुःखसिवाय अरु केही पनि हाम्रो हात लाग्ने छैन। राष्ट्र, राष्ट्रियता, देशभक्तिजस्ता विषयमाथि अत्यन्त गम्भीरताका साथ छलफल नहुने हो भने, यस्ता छलफलको निचोडलाई बेवास्ता नै गरिरहने हो भने, पशुपतिनाथले देश बचाउँदैनन्। जे कारणले होस्, जनताका बीचमा उल्लेख्य र डरलाग्दो मनोवैज्ञानिक विभाजन देखिइसकेको छ। सामाजिक सञ्जाल हेर्दा लाग्छ, चिकित्सकलगायतका बुद्धिजीवी पेशाकर्मीहरूबीच समेत त्यो विभाजनले उल्लेख्य ठाउँ बनाइसकेको छ। देशलाई टुक्राउनै खोज्नेहरू हाकाहाकी घोषणा गरेरै अघि बढिरहेका छन्। जनताकै पंक्तिभित्र अन्तरजातीय गालिगलौजले ठाउँ जमाएकै छ। सस्तो प्रचारबाजीको प्रतिस्पर्धाले मात्र त्यस्ता गतिविधि रोकिन्नन्। जनता भनेको मानिस नामको प्राणीको जमात हो। र, यो प्राणी भनेको तनमात्रै हैन मन, मनोग्रन्थी र मानसिकता भएको प्राणी हो। मनभन्दा अझै भित्र हुन्छ चेतना। जनताको मन दुःखेपछि, चेतनाले पनि काम गर्दैन। किन देश टुक्राउने हदको कुरा हुँदैछ? किन बुद्धिजीवी पेशाकर्मीहरू यसरी विभाजित छन्? यी प्रश्नहरूको जवाफ केवल झारो टार्ने किसिमले दिएर अब काम चल्दैन। यी प्रश्नहरूबाट भाग्न खोजेर पनि कहीँ पुगिँदैन, घुमिफिरी फेरि त्यही बिन्दुमा आइपुगिन्छ। जान्ने सुन्ने हौँ भन्नेहरू पनि त्यही गालिगलौजको खेलमा फाल हानेर त झन् स्थिति बिगार्नेसिवाय अरु केही हुनै सक्दैन। अधिकांश राजनीतिक दलका बीचमा तात्िवक भिन्नता हराएको यो बेला कम्तीमा पनि राष्ट्र र राष्ट्रियताका बारेमा एउटा साझा धारणा सृजना हुने हो भने त्यसले भलो नै गर्ला। हैन भने पनि, अहिले जस्तो केवल राजनीतिक खेलका प्रतिस्पर्धी क्लबहरूको हैसियतभन्दा केही उठेर आआफ्ना आस्था र विश्वासलाई नागरिकले बुझ्नेगरी वैशिष्ट्य प्रदान गर्न लागुन् पार्टीहरू। त्यतिमात्र भैदिए पनि कसलाई के कुरामा कतिसम्म पत्याउने भनी छान्न सक्छन् जनताले। आकार नलिइसकेका वा अलिअलि आकार देखिन थालेका 'नयाँ शक्ति'हरूले त यतिबेला झन् चनाखो र जाग्रत भएर गम्भीर चिन्तन गर्नु आवश्यक छ।

नेपाल विविधताले भरिएको बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक देश हो। यस्तो देशलाई राष्ट्रका रूपमा बाँधिराख्न कम्तीमा पनि दुई फरक आयाममा केही महत्वपूर्ण तत्वको आवश्यकता पर्छ। भावनात्मक वा सौन्दर्यचेतको आयाममा युग सुहाउँदो साझा मूल्य–मान्यता, राष्ट्रिय आचार र नयाँ संस्कृति निर्माणको आवश्यकता पर्छ भने व्यावहारिक आयाममा साझा आर्थिक हित, समृद्धि र खुसीका आधारहरूले मात्र राष्ट्रियतालाई जोगाइराख्न सक्छन्। यी दुवैथरि काम अन्योन्याश्रित छन्। यिनको अभावमा नेपालीको साझा गौरवको कुरा केही बाँकी रहन्न। त्यसैले, यिनै कार्य सम्पन्न गर्ने सुनिश्चितताका निम्ति सम्पूर्ण राजनीतिक गतिविधिहरू सञ्चालित हुनुपर्ने हो। तर, यतिबेला यति महत्वपूर्ण कर्तव्यलाई राजनीतिक दलहरूले पूर्णतया बिर्सिएका छन्। 'नागरिक समाज'का रूपमा चिनिएका जमात पनि अत्यन्त छिपछिपे किसिमले कि 'पोलिटिकल्ली करेक्ट' देखिन कि त 'राष्ट्रवादी' देखिन आँखा चिम्लेर एक वा अर्को किसिमको अतिवादको समर्थन गरिरहेका देखिन्छन्। हाम्रो देशका विश्वविद्यालय वा अन्य प्राज्ञिक ठानिने संस्थाहरू त झन् कहाँ छन् कहाँ– समयले खोजेको महत्वपूर्ण छलफल चलाउने काममा ती कहिल्यै लागेको देख्न पाइएन।

यसरी अब हुँदैन। विशृंखलताको सिद्धान्त (केयस थ्योरी)ले भन्छ– कुनै पनि अति संवेदनशील प्रणालीमा प्रस्थान बिन्दुमा हुने सानोभन्दा सानो फरकले पनि गन्तव्यमा अकल्पनीय र ठूलो प्रभाव पर्न सक्छ। राष्ट्र भनेको त्यस्तै अति संवेदनशील 'प्रणाली' हो। मानवीय चाहना, मानसिकता, मनोग्रन्थी, इतिहास, भूगोल, संस्कृति आदिबीचको अन्तरक्रियाले विभिन्न सामाजिक गतिविधि र परिणामलाई निर्धारण गरिरहेका हुन्छन्। यी सबलाई बुझ्ने प्रयत्न नगरी आफ्नो सुरमा जिब्रो पड्काएरै देश चलाउँछु भन्नेहरू नायक हुन सक्दैनन्। यति बुझ्नेले नायक बन्ने प्रयत्न गरुन्, शुभकामना!

प्रतिक्रिया

नियमित हुँदापनि इन्धन अभाव कायमै

नियमित हुँदापनि इन्धन अभाव कायमै

धनगढी–सुदुरपश्चिमका लागि नेपाल आयल निगम क्षेत्रीय कर्यालय धनगढीलाई भारत आयल कर्पोरेशनका बनथरा डिपोले डेढ महिनादेखि कोटा अनुसारको तेल नियमित दिइरहेको छ। अघोषित नाकाबन्दी हुनु भन्दा पहिले जस्तै कोटाअनुसार तेल आयात...

अमेरिका त्यागेर गाईपालन

अमेरिका त्यागेर गाईपालन

तिलोत्तमा (भैरहवा)- प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे।

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।