Monday 25 Magh, 2072 |
Menu

अर्थ

istl

नाकाबन्दीको सार

  • शुक्रबार २४ पुष, २०७२
  • ईश्वरी अधिकारी
  • DISQUS_COMMENTS
(0 votes)
२००७ सालदेखि नै नेपालले प्रायः सबै राजनीतिक परिवर्तनमा भारतको साथ लिँदै आयो। योखाले समर्थन कतिपय अवस्थामा बाध्यकारी थियो भने कतिपय अवस्था अनुरोधै गरेर पनि लिइयो। त्यसैले यतिखेर संविधान सभाबाट संविधान बनाउने जस्तो महत्वपूर्ण विषयमा पनि उसले आफ्नो भूमिका खोज्नु स्वाभाविकै पनि थियो। अझ खासगरी ऊ आफूले चाहेको कुरा यो नयाँ संविधानमा राख्न चाहन्थ्यो र त्यसका लागि संविधान जारी हुनु अघिल्लो दिनसम्म प्रयास पनि गरेकै हो। यसअघि उसले जे जे भन्यो, त्यही त्यही मान्दै जानुको कारणसँग जोडिएको थियो उसको यो महत्वाकांक्षा।

nepalipatro-nagarik
भारतीय नेता तथा कर्मचारीले नेपालमा नाकाबन्दी लगाउनुको कारण आफूलाई नेपाली नेताहरुले दिएका प्रतिबद्धता पूरा नगरेको बताउँदै आएका छन्। तर त्यस्ता प्रतिबद्धता कोसँग गरिएका थिए, के के गरिएका थिए भन्ने अहिलेसम्म कसैलाई थाहा छैन। न उताका गुनासो गर्ने नेताले यो बताएका छन् न त नेपालकै नेताले यो रहस्य खोल्न चाहेका छन्। त्यसैले यो रहस्यमयी प्रतिबद्धता नै अहिले नेपालीले भोग्नुपरेको नाकाबन्दीको मूल कारण हो। त्यसैले यो नाकाबन्दी खोलिनु र नखोलिनु यी प्रतिबद्धता पूरा गर्ने वा नगर्ने भन्ने सवालसँग जोडिएको छ। त्यही कारण पनि नाकाबन्दी आमनेपालीले अपेक्षा गरेजस्तो चाँडै खुल्ने वा समस्याले निकास पाइहाल्ने विषय हैन।

नेपालले धेरै वर्षपछिको संघर्षबाट संविधान सभामार्फत संविधान पायो। यो सबै नेपालीको खुसीको विषय हो। तर आफ्नो स्वार्थ पूर्ति नहुने देखेपछि केही मधेसवादी दलले यही संविधान घोषणालाई आधार बनाएर अप्रिय गतिविधि सञ्चालन गरे। नेपालमाथि नाकाबन्दी लगाउने आधार कुरेर बसेको भारतले यिनै असन्तुष्ट मधेसी दलको काँधमा बन्दूक राखेर नेपालतर्फ पड्काएका हुन। त्यसैले यो नाकाबन्दी लगाउन मधेसी दल पनि सहयोगी सावित भए। जसको असर आफ्नै देशका जनतामाथि पर्दा पनि उनीहरु भने चिन्तित हैन, झन् झन् खुसी देखिएका छन्।

अहिले काठमाडौंबासीले ग्यास अभावमा खान पाएका छैनन्। बिरामीले औषधि सेवन गर्न रोक्नुपरेको छ। उद्योग र काम बन्द हुँदै धेरै मानिस बेरोजगार बनेका छन्। यही कारण उनीहरुको भान्सा प्रभावित भएको छ। नाकाबन्दीकै कारण मुलुकमा गरिब वृद्धि भइरहेका छन्। गरिबी बढिरहेको छ। कालाबजारीले जनता ठगिरहेका छन्। सरकार निरीह छ। सडकमा थोरै सवारी कुदेका छन्। तिनले पनि पाएसम्म जनतालाई नै ठगेका छन्। तर पनि भारतलाई नाकाबन्दी गर्न आधारभूमि निर्माण गरिदिने मधेसी आन्दोलनकारी पनि अट्टहाँसमा रमाइरहेका छन्। मानौँ, उनीहरुका लागि यहाँ कसैलाई केही भएकै छैन। अनि उनीहरुलाई लागिरहेको छ– हामीले गजब काम गरेका छौँ अब हाम्रो माग पूरा हुन्छ।

अहिले भारतबाट सामान नआएको हैन, आइरहेको छ तर तस्करमार्फत। मान्छे पनि छिर्न नदिन नाकामा धर्नाकारी बसेका छन् तर त्यही नाकाबाट इन्धन र अन्य सामान कसरी छिर्छन्? त्यसैले अहिले कालोबजारी फस्टाउनुमा सरकारको मात्र नभई आन्दोलनकारीको पनि मिलेमतो देखिएको छ जसको अभावमा यो हुनै सक्दैनथ्यो। अर्कोतर्फ अहिले अभावको मारमा पर्ने र सामानको बढी मूल्य तिर्नुपर्नेमा भने हुनेखाने हैनन्, गरिबहरु बाध्य भएका छन्। गरिब र हेपिएकाका लागि आन्दोलन गरेको भन्नेहरुले यो वास्तविकता बुझेका छन् वा छैनन्? छन् भने उनीहरु किन आन्दोलन गर्दैछन् र त्यसबाट कसलाई फाइदा पुगेको छ भनेर किन सोच्दैनन्? अनि आफूले खडा गरिदिएको पृष्ठभूमिमा लागेको नाकाबन्दीले सबैभन्दा बढी असर कसलाई परेको छ भनेर सोच्नुपर्छ कि पर्दैन? के कहिल्यै यसबारेमा सोचेका छन् उनीहरुले? छैनन्। त्यसैले यो आन्दोलनको आवश्यकतामाथि नै शंका उत्पन्न भएको हो।

प्रतिक्रिया

चक्रपथ विस्तार कहिलेसम्म?

चक्रपथ विस्तार कहिलेसम्म?

काठमाडौं- निर्माण अवधि साढे २ वर्ष (७७.५ प्रतिशत) भन्दा बढी सकिँदासम्म काठमाडौं चक्रपथ विस्तारको कामले गति लिन सकेको छैन। गत वैशाख १२ को भूकम्पलगत्तै रोकिएको काममा भारतले गरेको नाकाबन्दीले थप...

२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।

मलेसियाको विकल्प के?

मलेसियाको विकल्प के?

काठमाडौं- नेपाली कामदारको अवस्था बुझ्न गएको टोलीले मलेसियाको रोजगारीमा सोच्नुपर्ने बेला आएको जनाएपछि प्रश्न उठेको छ– सर्वाधिक नेपाली श्रमिक जाने गरेको मलेसियाको विकल्प के? मलेसियामा कामदार पठाउन छोड्ने हो भने...

दैनिक दुई अर्ब रेमिटेन्स

दैनिक दुई अर्ब रेमिटेन्स

काठमाडौं-विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा...

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

काठमाडौं- काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्षपहिले सरकारसँग सम्झौता...