Sunday 24 Magh, 2072 |
Menu

अर्थ

istl

जुत्ता सिलाएर मासिक २५ हजार कमाइ

  • आइतबार १९ पुष, २०७२
  • अनिल भण्डारी
  • DISQUS_COMMENTS
(0 votes)
सिन्धुली–महोत्तरी गौसल्लाका जयनाथ राम बिहान ६ बज्न नपाउदै सिन्धुलीबसपार्क अगाडि हुन्छन्। सियो, मोटा धाँगा र केही जुत्ताका सोल लिएर बस्नु उनको दिनचर्या हो । तराईमा लामो समयदेखि आन्दोलन भइरहेपछि सधै काम गर्ने स्थान छाडेर सिन्धुलीको बसपार्क बसेर जुत्ता सिलाउनु हाल उनको काम भएको छ।
nepalipatro-nagarik

चिसो मौसममा पनि बिहानैदेखि जुत्तामा पालिस गरिदिने, सिलाईदिने काम उनले गर्छन्। जुत्ता सिलाएर नै पहाडी जिल्लामा मासिक २५ हजार बढी आम्दानी हुन थालेपछि उनलाई काम गर्नका लागि तरार्ई भन्दा पहाड उचित लाग्न थालेको छ। तराईमा काम गर्ने मजदुर भोकभोकै मर्नुपर्ने अवस्था छ,' उनले भने, 'पहाडकमा काम गर्ने बातावरण राम्रो छ ।' छाला(लेदर)का जुत्ता सिलाउँदा उनि एक सय देखि दुईसयसम्म लिन्छन्, चप्पल सिलाए पचास देखि एक सय २० सम्म लिने गरेको सुनाउँछन्।

तराई आन्दोलन सुरु भएदेखि तराईमा बसेर काम गर्न नसक्ने ठम्याईसहित सिन्धुली आएका उनलाई कुनै दिन कमाई नभएको भन्ने छैन। 'गर्नसके जुनसुकै काम गरेर पनि कमाउन सकिन्छ,' उनले भने, 'खेतीको समयमा खेती गर्न तराई जान्छु अरु समय यही काम गर्छु।'

तराई आन्दोलन हुनु गलत भएको उनको बुझाइ छ। 'दैनिक भएको आन्दोलनले म जस्ता धेरै मजदुर विस्थापित हुनु परेको छ, बिहान बेलुका खान मजदुरी गर्नुपर्ने मजदुरका परिवारलाई भोकै बनाएर आन्दोलन गर्नु उचित हुदैन,' उनले थपे । आन्दोलनले परिवारको र मेरो पेट पालिँदैन त्यसैैले काम गर्न पहाडी जिल्ला छनौट गरेर यहाँ आए,' उनले भने, 'यहाँ बसेर जुत्ता सिलाउँदा दैनिक पाँच सय देखि एक हजारसम्म कमाई हुन्छ ।' जुत्ता सिलाएपछि तराईका जस्तो पहाडी ग्राहकले पैसा दिन बार्गेनिङ पनि नगर्ने उनको अनुभव छ ।

जयनाथ जस्तै अर्का विक्रम राम पनि सोही स्थानमा बसेर जुत्ता सिलाउँछन् । उनले भने वर्र्षाै देखि सिन्धुलीमै जुत्ता सिलाउने र रङग्याउने काम गर्छन्। सामान्य शिक्षा लिएका उनलाई पढ्न इच्छाहुँदा हुँदै पनि घरको आर्थिक अवस्था कमजोर भएकाले जुत्ता सिलाउने पेशा अगाल्नुपर्ने बाध्यता रहेको सुनाए । पूर्खादेखिनै यही गर्दै आएका छौं,' उनले भने, 'पहाडका दाजुभाईले यो काम गरेको पाइदैन यसैले पनि जुत्ता मर्मत गर्ने काम गर्दा कमाई राम्रै छ।'

प्रतिक्रिया

२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।

मलेसियाको विकल्प के?

मलेसियाको विकल्प के?

काठमाडौं- नेपाली कामदारको अवस्था बुझ्न गएको टोलीले मलेसियाको रोजगारीमा सोच्नुपर्ने बेला आएको जनाएपछि प्रश्न उठेको छ– सर्वाधिक नेपाली श्रमिक जाने गरेको मलेसियाको विकल्प के? मलेसियामा कामदार पठाउन छोड्ने हो भने...

दैनिक दुई अर्ब रेमिटेन्स

दैनिक दुई अर्ब रेमिटेन्स

काठमाडौं-विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा...

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

काठमाडौं- काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्षपहिले सरकारसँग सम्झौता...

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

काठमाडौँ-तराई मधेसको शीतलहर, अत्यधिक चिसो तथा विगत केही दिन पहिलेको रङ्गेली घटनाका कारण ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न हुने समय एकाध दिन पर धकेलिएको छ।