Sunday 2 Falgun, 2072 |
Menu

अर्थ

istl

महानगरले सभागृह छाड्दै

(0 votes)
काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको एक महिनामा काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृह छोड्ने भएको छ । अख्तियारले एक महिनाभित्र सर्न गरेको निर्देशनबमोजिम तयारी भएको महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए ।


nepalipatro-nagarik
सरकारले करिब १८ करोड खर्चेर एक वर्षअघि सार्क सम्मेलनलाई सिँगारेको सभागृहमा बस्दै आएको महानगरपालिकालाई अख्तियारले एक महिनाभित्र घर खोजेर सर्न निर्देशन दिएको थियो ।

'हामीले घरको अन्तिम छनोट गर्ने अवस्थामा छौं,' उनले भने, 'अब पक्का सर्छौं ।' अख्तियारले विहीबारसम्म म्याद दिएको थियो ।

भूकम्पले भत्काएको बागदरबारबाट महानगरपालिका सभागृहमा सरेको थियो । सभागृहको दाहिने क्षेत्रमा छ सय वर्गफिटका तीन वटा र पछाडि एउटा अस्थायी टहरा 'प्रिफ्याब' महानगरपालिकाले निर्माण गरेको थियो ।

कार्कीका अनुसार पुरानो बसपार्कस्थित सिटी मार्केका पसल हटाएर बस्ने योजना असफल भएपछि महानगर सभागृहमा बस्न बाध्य भएको थियो । व्यवस्थापिका संसदले पसल नहटाउन आदेश दिएपछि सर्ने कार्यक्रम रोकिएको थियो ।

भूकम्पपछि वैशाख २३ गते सिटी मार्केट खाली गर्न पसलहरुलाई महानगरले सूचना जारी गरेको थियो ।

सरकारले गत मंसिर १० र ११ गते सार्क शिखर सम्मेलनको सफल आयोजनापछि सभागृहलाई सेवा शुल्क लिएर सभा तथा सम्मेलन आयोजना गर्न दिने निर्णय गरेको थियो । यसका लागि चैत १२ गते मन्त्रिपरिषद्ले 'सभागृह प्रयोग, सञ्चालन विधि र मर्मतसम्भार निर्देशिका २०७१' पाससमेत गरेको थियो ।

निर्देशिकामा सभागृहमा रहेको सभा÷सम्मेलन हल, होल्डिङ रुप, साना सेमिनार कक्ष, लबी, वातानुकुलित सुविधा, पार्किङ, चौर र बाहिरी क्षेत्र प्रयोग गरेबापत प्रतिदिन १ लाख ५० हजार रुपैयाँ, आधा दिन बिहानको ८० हजार रुपैयाँ र आधा दिन बेलुकाको ९० हजार रुपैयाँ सेवा शुल्क लिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

नियमित हुँदापनि इन्धन अभाव कायमै

नियमित हुँदापनि इन्धन अभाव कायमै

धनगढी–सुदुरपश्चिमका लागि नेपाल आयल निगम क्षेत्रीय कर्यालय धनगढीलाई भारत आयल कर्पोरेशनका बनथरा डिपोले डेढ महिनादेखि कोटा अनुसारको तेल नियमित दिइरहेको छ। अघोषित नाकाबन्दी हुनु भन्दा पहिले जस्तै कोटाअनुसार तेल आयात...

अमेरिका त्यागेर गाईपालन

अमेरिका त्यागेर गाईपालन

तिलोत्तमा (भैरहवा)- प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे।

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।