Thursday 8 Shrawn, 2071 |
Menu

अर्थ

साढे आठ अर्बको चामल आयात

(0 votes)
साढे आठ अर्बको चामल आयात
काठमाडौं — मुलुकमा धान उत्पादनमा कमी आउँदा गत वर्ष साढे आठ अर्ब रुपैयाँको चामल आयात भएको छ । यो अघिल्लो वर्षको भन्दा झन्डै दोब्बर हो। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गत वर्ष आठ अर्ब ४५ करोड रुपैयाँको चामल आयात भएको छ। अघिल्लो वर्ष यो ४ अर्ब २६ करोड थियो । तीन वर्षअघि मुलुकलाई आवश्यकभन्दा बढी धान उत्पादन भएपछि नेपालले चीनतर्फ निश्चित कोटासहित चामल निकासी खुला गरेको थियो।
'अघिल्लोभन्दा गत वर्ष धान उत्पादन ९ लाख टन कम भएको थियो,' कृषि विकास मन्त्रालयका प्रवक्ता प्रभाकर पाठकले आइतबार नागरिकसँग भने, 'उत्पादन घटेपछि विदेश निर्भर हुनुपरेको हो ।' अघिल्लो वर्ष ५० लाख ७२ हजार टन धान उत्पादन भई ८ लाख ८६ हजार टन बचत थियो । उनका अनुसार गत वर्ष धान उत्पादन ११ प्रतिशतले घटेर ४५ लाख टनमा झरेको छ ।

नेपाली जनताले मुख्य खानाका रुपमा चामल प्रयोग गर्ने भएकाले पनि मुलुकभर यसको खपत बढी भएको छ । मागको तुलनामा उत्पादन नभएपछि भारतलगायत मुलुकबाट चामल आयात भइरहेको छ । अर्कोतिर नेपालमा बढी उत्पादन हुने मोटो चामल भारतमा निर्यात हुने र भारतबाट मसिनो चामल नेपाल आउने भएकाले पनि आयात बढी देखिएको हो । गरिब मुलुक भए पनि नेपालमा मसिनो चामलको खपत प्रत्येक वर्ष बढिरहेको छ ।

'हाम्रो खानेबानीमा समेत परिवर्तन गर्न आवश्यक छ,' धान विशेषज्ञ भोलामानसिंह बस्नेतले भने, 'नेपाली एक जनाले वार्षिक १ सय २२ किलो चामल खान्छौं । यो प्रवृतिका कारण पनि चामल आयात बढेको हो ।' धान उत्पादन बढाउनेतर्फ सरकारले प्राथमिकता राख्न सके विदेशबाट चामल ल्याउनुपर्ने बाध्यताको अन्त्य हुने उनले बताए ।

'धान उत्पादनलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ,' बस्नेतले भने, 'मुलुकको कूल गार्हस्थ उत्पादनमा कृषिमध्ये धानको मात्रै २० प्रतिशत योगदान छ । यसलाई प्राथमिकतामा राखेर अघि बढ्नैपर्छ ।'

अहिले पनि धान उत्पादनमा पहिलो स्थानमा छ । तर, धानको उत्पादन मनसुनमा भर पर्नुपर्ने भएकोले यसमै निर्भर रहन्छ । गत वर्ष धान रोप्ने समयमा पानी नपरेकोले धेरै जमिन बाँझै बसेका थिए । धान रोप्नै नपाएकोले उत्पादन घटेर विदेशबाट चामल आयात गर्नु परेको हो ।

'धान उत्पादन बढाउन सरकारले राम्रो सिँचाइ, मलखादको व्यवस्था गर्नुपर्छ । कृषिप्रधान देश भन्ने अनि चामल पनि विदेशबाट आयात गर्नुपर्ने बाध्यता हुनु दुःखद हो,' बस्नेतले भने, 'चामल आयात अन्त्यका लागि सरकारले अहिलेदेखिनै विशेष योजना बनाउनुपर्छ ।' योबाहेक गत वर्ष ४ अर्ब ५४ करोड रुपैयाँ बराबरको तरकारी आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ७५ दशमलव ७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २ अर्ब ५८ करोड रुपैयाँ बराबरको तरकारी आयात भएको थियो । भारतबाट हरियो तरकारी पनि नेपाल भित्रिन्छ । योबाहेक सुख्खा तरकारी लसुन, प्याजलगायतका पनि भित्रिने गरेको छ । अघिल्लो वर्ष भारतबाट कागतीमात्रै ६ करोड रुपैयाँको आयात भएको थियो भने च्याउ २ करोडको आयात भएको थियो ।

कृषि उत्पादन बढाउने विशेष तयारी

वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषि उत्पादनकै आयात उच्च रुपमा बढ्न थालेपछि स्वदेशमै उत्पादन बढाउने कार्ययोजनाको लागि तयारी गरिरहेको छ । मन्त्रालयले आयात घटाउने रणनीतिअनुसार सरोकारवाला मन्त्रालयसँग बसेर छलफलको तयारी गरेको हो ।

'कृषि उपजकै आयात बढेर व्यापार घाटा बढ्न थालेपछि हामीले उत्पादन बढाउन के गर्न सकिन्छ भनेर छलफल सुरु गर्दैछौं,' मन्त्रालयका सहसचिव तोयानारायण ज्ञवालीले नागरिकसँग भने, 'पहिला आत्मनिर्भर भएका कृषि वस्तुको समेत आयात गर्नुपर्ने अवस्था रोक्नेतर्फ एकीकृत कार्यक्रम अघि बढाइनेछ ।' मन्त्रालयले मुख्य बालीको उत्पादन, उत्पादकत्व लगायतबारे अध्ययन थालिसकेको छ । चामल, मकै, तेललगायत १६ वस्तुको उत्पादन लगायतका वास्तविक अवस्था पत्ता लगाउने भएको छ ।
राष्ट्र बैंकको सुझाव : किसानलाई ब्याजमा थप अनुदान देऊ

राष्ट्र बैंकको सुझाव : किसानलाई ब्याजमा थप अनुदान देऊ

काठमाडौं - नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रमा भारतसँग प्रतिस्पर्धा गर्न सहुलियत ब्याजदरबाहेक पनि समयमै कर्जा तिर्ने किसानलाई ब्याजदरमा थप अनुदान दिन सुझाएको छ।

निगमकै पेट्रोलियममा पानी

निगमकै पेट्रोलियममा पानी

काठमाडौं-आयल निगमबाट खरिद गरेको 'गुणस्तरहीन' पेट्रोलियम पदार्थ प्रयोगले आफ्ना महँगा उपकरण बिग्रिएको भन्दै विद्युत प्राधिकरणले १८ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको छ।

अर्ब नाघ्यो सेयर कारोबार

अर्ब नाघ्यो सेयर कारोबार

काठमाडौं- विभिन्न कम्पनीको सेयर कारोबार हुने स्टक एक्स्चेन्जमा सोमबार साँझ सेयर दलालहरू प्रशन्न मुद्रामा लड्डु बाँड्दै थिए। उनीहरूको खुसीको कारण थियो– एक अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार। नेपालमा सेयर कारोबार...

लाखको सामान नफेर्दा साढे ६ करोड गुम्यो

लाखको सामान नफेर्दा साढे ६ करोड गुम्यो

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको एउटा ठूलो जहाजमा लाख रुपैयाँ पर्ने एउटा सामान नफेरेर करोडौं आम्दानी जानाजान गुमाइरहेको छ। निगम व्यवस्थापनले बोइङ ७५७ ९एन–एसिए जहाजको दायाँ...

घ्यूकुमारीले रुवायो किसान

घ्यूकुमारीले रुवायो किसान

चितवन-प्रशस्त आम्दानी हुने आसमा घ्यूकुमारी (एलोभेरा) खेती गरेका किसान अहिले लगानीसमेत डुब्दा रुन मात्रै सकेका छैनन्। यसको बिरुवा र पात सबै किन्ने भनेर भरतपुरमा केन्द्रीय कार्यालय रहेको पाम एग्रोटेक तथा...

बिजुली किन्न भारतका कडा सर्त

बिजुली किन्न भारतका कडा सर्त

काठमाडौं- नेपालले चार वर्षअघि पिटिए (विद्युत व्यापार सम्झौता) गर्न प्रस्ताव गरेको मस्यौदाको भारतले नयाँ सर्तसहित जवाफ पठाएको छ। उसका सर्त हुबहु मानेर सम्झौता गर्नै नसकिने विज्ञहरुको धारणा छ।

नयाँ मौद्रिक नीतिले बैंक पदाधिकारीलाई अंकुश

नयाँ मौद्रिक नीतिले बैंक पदाधिकारीलाई अंकुश

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा संस्थागत सुशासन बलियो बनाउन एउटै पदमा दुईपटकभन्दा बढी रहन नसक्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा...

गाउँमा मूल्य तेब्बर

गाउँमा मूल्य तेब्बर

धादिङ- राजधानीसँग सीमा जोडिएको धादिङको उत्तरी क्षेत्रका गााउँमा दैनिक उपभोग्य वस्तुकोे मूल्य जिल्ला सदरमुकामको तुलनामा तेब्बर पर्छ। तिप्लिङ, सेर्तुङ, लापा, री, झार्लाङलगायत मोटरबाटो नपुगेका हिमाली गाउँमा व्यापारीले ढुवानी खर्च भन्दै...