Sunday 11 Magh, 2071 |
Menu

अर्थ

HUB

सात करोडमा गाई फार्म

  • मङ्गलबार ४ भाद्र, २०७०
  • विनोद सुवेदी
  • DISQUS_COMMENTS
(0 votes)
सात करोडमा गाई फार्म
विराटनगर— २० वर्षदेखि शिक्षण पेशामा संलग्न विराटनगरका मनोज साहले विराटनगर–१८ विद्युत टोलमा मोरङकै ठूलो गाई फार्म सञ्चालनमा ल्याएका छन्। विराटनगरस्थित श्रीराम उच्च माध्यमिक विद्यालयका शिक्षक साहले करमचन्द विराट एग्रो इन्डस्ट्रिजको नामबाट फर्म सञ्चालनमा ल्याएका हुन्।
२०६८ साल पुसदेखि चारवटा गाईबाट व्यवसाय सुरु गरेका साहलाई मेघा बैंकले ऋण उपलब्ध गराएपछि ठूलो गाईफार्म सञ्चालन गर्न सम्भव भएको उनले बताए। हाल एक सय १० वटा गाई रहेको फार्ममा चाँडै दुई सय पुर्‍याउने योजना रहेको उनले जानकारी दिए । फार्म पूर्णरुपमा सञ्चालनमा आएपछि दैनिक दुई हजार लिटर दूध उत्पादन हुने उनले बताए। गाई फार्म सुरु गर्नुअघि उनले मोरङ कटहरीमा श्री गणेश डेरी सञ्चालन गरेका थिए । २०६४ सालदेखि डेरी व्यवसाय गर्दै आएका साहले गाई फार्मस"गै डेरी उद्योगलाई पनि निरन्तरता दिने बताए।

डेरी उद्योगलाई पर्याप्त दूध नहु"दा समस्या भइरहेको उनको भनाई छ। डेरीका लागि मोरङमा ठूला र व्यावसायिक गाई फार्म नहु"दा गाउ"घरबाट थोरै–थोरै मात्रामा दूध संकलन गर्नुपरेको उनले बताए । धेरै ठाउ"मा पुगेर दूध संकलन गर्नुपर्ने बाध्यताको अन्त्य गर्न आफ्नै गाई फार्म सञ्चालनमा ल्याएको उनको भनाइ छ। फार्ममा होलस्टेन,जर्सी ब्राउन स्वीस, हरियाणालगायत जातका गाई पालिएका छन् । फर्ममा ३२ लिटरसम्म दूध दिने गाई रहेको उनले बताए । गाईलाई आवश्यक घा"स उनले आफै उत्पादन गरेका छन् । गाईलाई ख्वाउन ६ विघा खेत भाडामा लिएर सुसण, वर्सीम, सौगर्म, टिओसेन्ट्री जातका घा"स लगाएको उनले बताए।

उन्नत जातका दुधालु गाई भने नेपालमा अभाव रहेको उनले बताए । भारतबाट गाई ल्याउन बन्देज लगाइएका कारण उन्नत र धेरै दूध दिने गाई अभाव रहेको उनको भनाइ छ । उनले धेरै दूध दिने जातका गाई नेपाल ल्याउन सरकारीस्तरबाटै पहल गरिदिन पनि माग गरे । यस्तै गाईको दानासमेत भारतबाट ल्याउन प्रतिबन्ध लगाइएकाले किसनाहरू मर्कामा परेको साहले बताए । उनका अनुसार उन्नत जातको गाई अभाव, मह"गो दाना र कृषिमा सरकारले वेवास्ता गरे पनि नेपालमा दूधको माग प्रसस्त छ । यस्तै पशु बिमा योजनाका कारण पनि गाईपालन व्यवसायको लगानी सुरक्षित बन्दै गएको उनको भनाइ छ । 'रोगका कारण दुईवटा गाई मरे पनि बिमा कम्पनीले नया" गाई किन्न रकम दिएकाले नोक्सानी बेहोर्नु परेन,' उनले भने ।

डेरी उद्योग र गाई फार्ममा गरी हाल एक सयजनाले रोजगारी पाएको उनको दाबी छ । उनले फार्ममा एकजना पशु प्राविधिक पनि नियुक्त गरेका छन् । यस्तै दुईजना पशु डाक्टर पनि कन्सल्ट्यान्टको रुपमा राखेको उनले बताए । गाईपालन गर्न विशेष तालिम नलिएका शाहले परम्परागत सीपकै आधारमा फार्म सञ्चालन गरिरहेको बताए ।

गाई फार्म सञ्चालन गर्न खासगरी ब्रिडिङ (उन्नत जात), फिडिङ् (खाना), म्यानेजमेन्ट (व्यवस्थापन ) र मार्केटिङ् (बजार व्यवस्थापन) राम्रो हुन जरुरी रहेको उनको बुझाइ छ ।

पा"च विघा क्षेत्रफलमा सुरु गरेको गाई फार्मसँगै उनले बर्मी कम्पोस्ट मल उद्योग सञ्चालन गर्ने, माछापालन र व्यावसायिक बाख्रापालनको पनि तयारी गरेका छन् । परीक्षणको रुपमा जमुनापारी जातका ३० वटा बाख्रा पालेको उनले बताए । एउटा पोखरीमा माछापालन थालेको र हिउ"ददेखि पा"चवटामा विस्तार गर्ने योजना रहेको उनले बताए ।
नयाँ जहाजलाई दर्जन पाइलट आह्वान

नयाँ जहाजलाई दर्जन पाइलट आह्वान

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गर्ने नयाँ दुई ठूला जहाजका लागि करिब एक दर्जन पाइलट (क्याप्टेन) लिने भएको छ। निगम व्यवस्थापनले शनिबार सार्वजनिक सूचना आह्वान गरी करार...

नेशनल ट्रेडिङले तीन दिन ग्यास बाँड्ने

नेशनल ट्रेडिङले तीन दिन ग्यास बाँड्ने

काठमाडौं– ग्यासको चरम अभाव भएका बेला सरकार तथा निजीक्षेत्रको पहलमा तीन दिनसम्म नेशनल टे्रडिङको जग्गामा स्टल राखेर ग्यास बिक्री गरिने भएको छ। वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्यास विक्रेता महासंघ, नेपाल आयल...

दुई आयोजनामा खिचातानी

दुई आयोजनामा खिचातानी

काठमाडौं- बढ्दो विद्युत संकट कम गर्न विकास समिति गठन गरी द्रुत गतिमा निर्माण गर्ने लक्ष्य राखिएका बूढीगण्डकी र नलसिंहगाढ जलाशय जलविद्युत आयोजना अहिले राजनीतिक भागबण्डा र खिचातानीको सिकार बनेका छन्।

‘संविधान दिएनौ, ग्यास त देऊ'

‘संविधान दिएनौ, ग्यास त देऊ'

काठमाडौं-कलंकीबाट थानकोटतिर ओरालो झर्नेबित्तिकै दाहिनेतिरको पसलमा ग्राहकको भिड थियो। उनीहरू लामो समयदेखि खाना पकाउने ग्यास नपाएर रन्थनिएका थिए। कोही त बालाजु, नयाँबानेश्वर र कोटेश्वरबाट त्यहाँ आइपुगेका थिए। ग्यास उपभोक्ताको भिड लागेको...

चिसोमा पनि र्‍याफ्टिङमा

चिसोमा पनि र्‍याफ्टिङमा

म्याग्दी-जाडोयामको चिसोमा पनि कालीगण्डकीमा र्‍याफ्टिङ गर्न भीड लाग्ने गरेको छ। जिल्लाको धार्मिकस्थल जलेश्वरबाट कालिगण्डकी नदी हुँदै सञ्चालन गरिएको जलयात्रा (र्‍याफ्टिङ) १० दिनमा ६ सय ५० जनाले गरेका छन्। व्यावसायिक र्यागफ्टिङको...

सिक्टा सिँचाइ कछुवा गतिमा

सिक्टा सिँचाइ कछुवा गतिमा

नेपालगन्ज-सरकारले उच्च प्राथमिकता दिएर राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्ने लक्ष्य चालु आवलाई तोकिए पनि ३७ प्रतिशत मात्र काम भएको छ। आर्थिक वर्ष २०६३/०६४ मा हेड...

कृषक सघाउँदै मोबाइल एप्स

कृषक सघाउँदै मोबाइल एप्स

बनेपा- कुनै समय रेडियो नेपालको कृषि कार्यक्रममा बज्ने 'जेटिए र बूढीआमा'को गन्थनमार्फत नेपाली किसानले खेती र पशुपालनको जानकारी पाउँथे। अचेल भने सूचना तथा सञ्चार प्रविधिमा आएको परिवर्तन र मोबाइलको घट्दो...

माछामा नेपाल आत्मनिर्भर हुँदै

माछामा नेपाल आत्मनिर्भर हुँदै

काठमाडौं-धेरैजसो कृषिजन्य वस्तुमा नेपाल परनिर्भर बन्दै गए पनि स्वदशी माछाले बजारको ८० प्रतिशत हिस्सा ओगटेको एक अध्ययनले देखाएको छ। मत्स्य विकास निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको मत्स्य अनुसन्धान महाशाखा...