Tuesday 18 Jestha, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

गाउँलेले हटाए राँगो काटेर प्रसाद खुवाउने चलन

(0 votes)
बाबियाचौर (म्याग्दी)—म्याग्दीको देवीस्थान गाविसको मगरदाङका बासिन्दाले महङ्गो संस्कार हटाएका छन्।
nepali-patro-may
देवीस्थान गाविसको ६ नम्बर वडामा पर्ने मगरदाङमा गठित गाउँ सुधार समितिले विवाह, छेवार र मृत्यु संस्कारमा हुने फजुल खर्च नियन्त्रण गरेका हुन्। गाउँमा कसैको मृत्यु भएमा मलामी र किरिया चोखाउन एक लाख रुपैयाँसम्म खर्च गर्ने चलन थियो।

एउटै किरियामा दुई-तीन वटासम्म राँगो तथा खसीबोका काटेर प्रसाद खुवाउनुपर्ने अवस्थाका कारण गरिब र आयस्रोत नभएका गाउँलेहरु समस्यामा परेपछि क्षमत्ता अनुसार गरे हुने नियम बनाइएको मगरदाङ टोल सुधार समितिका सभापति कुमार फगामीले बताए।

सभापति फगामीका अनुसार मलामीलाई बजारबाट ल्याएको जुस, बिस्कुट खुवाउने चलन रहेकामा गाउँमै बनाउन सकिने चिया र रोटी प्रयोग गर्न थालिएको छ। 'फजुल खर्चका कारण खेती किसानी गरेर जीविकोपार्जन गर्ने गाउँलेहरु झन् झन् गरिब बन्ने अवस्था आएपछि नियन्त्रण गर्ने निर्णय गरेका हौं,' सभापति फगामीले भने।

मगर समुदायमा कसैको मृत्यु भएमा १३ औँ दिनको पुण्य तिथिमा मलामी, आफन्त, चेलीबेटी र छिमेकीहरुलाई बोलाएर भोज खुवाई चोख्याउने चलन छ। मलामी चोख्याउन खसी वा राँगोको मासु र मदिरा खुवाउने चलनलाई परिवर्तन गरिएको हो।

मगरदाङमा एक सय घरधुरी मगर र दलित समुदायको बसोबास छ। गाउँ सुधार समितिले विकासमा सरकारी निकायलाई सघाउने, सामाजिक समस्या र विकृति न्यूनीकरणका लागि पनि अभियान चलाएको छ। समितिले मदिरा, जुवातास नियन्त्रण गर्ने तथा कृषि उपज र मजदुरको ज्याला निर्धारण गर्दै आएको छ। रासस

प्रतिक्रिया

क्यासिनो नियमावली संशोधन रोक्न माग

क्यासिनो नियमावली संशोधन रोक्न माग

काठमाडौं–विदेशी लगानीमा राजधानीको लाजिम्पाटमा सञ्चालित क्यासिनो मिल्लेनायर्स क्लबले विश्व व्यापार संगठनमा व्यक्त प्रतिबद्धताविपरीत 'क्यासिनो नियमावली २०७०' संशोधन गर्न भइरहेको गृहकार्य रोक्न सरकारसँग माग गरेको छ ।

द्विविधामा राष्ट्र बैंक : महँगी नियन्त्रण कि आर्थिक वृद्धि?

द्विविधामा राष्ट्र बैंक : महँगी नियन्त्रण कि आर्थिक वृद्धि?

काठमाडौं— सरकारले वितरणमुखी बजेट घोषणासँगै आर्थिक वृद्धिदर ६.५ प्रतिशत पु¥याउने तर मूल्यवृद्धि ७.५ प्रतिशत कायम राख्ने लक्ष्य लिएपछि नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति तय गर्नै समस्या परेको छ। नीतिमा महँगी नियन्त्रणलाई...

बजेटप्रति कर्णालीबासीको आक्रोश

बजेटप्रति कर्णालीबासीको आक्रोश

जुम्ला- तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले कर्णालीको विकासलाई प्रभावकारी रुपमा अघि बढाउने नाममा कर्णाली विकास आयोग गठन गर्योन। त्यसपछि बनेका सरकारले आयोगलाई अपहरण गरी एउटा शाखामा खुम्च्यायो। जसको नेतृत्व राष्ट्रिय...

महँगी निम्त्याउने वितरणमुखी बजेट

महँगी निम्त्याउने वितरणमुखी बजेट

काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा १० खर्ब ४८ अर्बको बजेट पेस गरेका छन्। पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको, सामाजिक क्षेत्रमा दिल खोलेर राज्यकोष वितरण गरेको र विकासका नाममा जताततै...

किसानलाई अनुदानै–अनुदान

किसानलाई अनुदानै–अनुदान

काठमाडौं–विगतमा सरकार र वैदेशिक सहयोगमा सञ्चालित कृषि परियोजनाको अनुदान कार्यक्रमले परिणाम दिन नसकेको गुनासो आइरहे पनि सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन किसानलाई अनुदानै–अनुदानका कार्यक्रम ल्याएको छ । विगतका...

फास्टट्रयाक बनाउन १० अर्व विनियाेजन

फास्टट्रयाक बनाउन १० अर्व विनियाेजन

काठमाडौं-सरकारले काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको लागि १० अर्ब बजेट विनियोजन गरेको छ। यो अघिल्लो वर्षको बजेटभन्दा ९ अर्बले बढी हो । अघिल्लो वर्ष सरकारले एक अर्ब बजेट विनियोजन गरेको थियो। सरकारले...

तरकारी फलाउँदै पूर्वसभासद

तरकारी फलाउँदै पूर्वसभासद

नेपालगन्ज- पहिलो संविधानसभा संविधान नबनाइ विघटन भएपछि पट्टु थारु निराश भएर राजधानी काठमाडौंबाट घर फर्किए। उनी पहिलो संविधानसभा सदस्य थिए। संविधान सभा विघटन भएपछि उनको रोजाइ बन्यो कृषि। बाँके, बैजापुर–१, नवलपुरका...

संस्थानको नाफा बढे पनि सरकारको लाभांश घट्दो

संस्थानको नाफा बढे पनि सरकारको लाभांश घट्दो

काठमाडौं- सार्वजनिक संस्थानको नाफा बढे पनि सरकारले ती संस्थानमा सेयर लगानी गरेबापत पाउने प्रतिफल भने घटेको छ। गत आर्थिक वर्षमा सार्वजनिक संस्थानले खुद नाफा ३३ अर्ब ९२ करोड कमाए पनि लगानी...