Wednesday 3 Baishak, 2071 | April 16, 2014
Menu

प्रवास

कांग्रेसलाइ शत्रु ठान्ने आफै मासिन्छन् : केसी

  • २१ बैशाख, २०७०
  • रामचन्द्र भट्ट
  • DISQUS_COMMENTS
(0 votes)
क्यालिफोर्निया – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले कांग्रेसलाइ प्रमुख शत्रु ठान्ने शक्तिहरू विगतमा अफै समाप्त भएर गएकोले माओवादी पनि समाप्त हुने दिशामा रहेको बताएका छन् ।
'विगतमा राणा र राजाले कांग्रेसलाइ मुख्य  शत्रु ठानेका थिए, कालान्तरमा ती दुबै शक्ति समाप्त भएर  गए,' अमेरिकाको क्यालिफोर्नियामा  अयोजित जनसम्पर्क समितिको भेलामा भने– 'अहिले माअवादी त्यही दिशामा छ, माअवादी पनि अन्तत समाप्त भएर जाँदैछ।'

केसीले काँग्रेस संघीयता र जाति विरोधी नभएको समेत स्पष्ट पारे । उनले भने– 'काँग्रेसले त केवल देशले थेग्नसक्ने जति संघीय प्रदेश बनाउनुपर्ने र सन्तुलनका लागि जातिय नभई सामर्थ्यका आधारमा संघीयता चाहेको हो।' 

केसीले पहिलो  संविधानसभामा एकीकृत माओवादीले  विभिन्न वहाना गर्दै आफ्ना स्वार्थ पूरा गर्न जनतालाई झुक्याएकाले नयाँ संविधान बन्न नसकेको बताए । आगामी निर्वाचनमा नेपाली जनताले प्रजातान्त्रिक संविधान बनाउनका लागि नेपाली काँग्रेसलाई अग्रपङ्क्तिमा ल्याउने विश्वास समेत काँग्रेस नेता केसीले व्यक्त गरेका थिए ।

केसीले नेपालमा  लोकतन्त्रको रक्षाका लागि विदेशमा रहेका नेपालीहरुको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै लोकतन्त्रको रक्षाका लागि विदेशमा रहेका नेपालीहरुलाई पनि सक्दो सहयोग गर्न आह्वान गरे ।

उक्त अन्तरक्रिया  कार्यक्रममा क्यालिफोर्नियामा रहेर आफ्नो पेशा व्यवसाय गर्दै आएका चार सयभन्दा नेपालीहरुको सहभागिता थियो । अन्तरक्रियामा बोल्दै वक्ताहरुले प्रजातन्त्रको लागि कुर्वानी गर्दै लामो इतिहास बनाएको नेपाली काँग्रेसले माओवादीको लहलहैमा लागेर प्रजातन्त्रविरुद्ध सम्झौता गरेको, राज्य सञ्चालनको मूल बिषयमा स्पष्ट बन्न नसकेको, संगठन निर्माणमा कमजोर बनेको र पार्टीभित्र फूटको राजनीति हुने गरेकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।