Thursday 15 Shrawn, 2071 |
Menu

प्रवास

नेपाली महिला हङकङमा'रजिस्टर्ड सोलिसिटर'

(0 votes)
नेपाली महिला हङकङमा'रजिस्टर्ड सोलिसिटर'
हङकङ– हङकङ आएर रेष्टुरेण्टमा काम गर्ने परम्परा तोड्दै धरानकी रिगम राईले उच्च न्यायालयबाट सोलिसिटर (अधिवक्ता) को उपाधी लिएकी छन्। हङकङस्थित सिटी युनिभर्सिटीबाट'पोष्ट सर्टिफिकेट इन ल' पीसीएल गरेकी राई हङकङमा पहिलो नेपाली महिला सोलिसिटर हुन्।
रिगम राईले शनिबारहङकङको उच्च न्यायालयमा सोलिसिटरको सपथ लिँदा बधाई दिन एक हुल नेपाली पुगेका थिए। सिटी युनिभर्सिटिबाट २०११ मा पीसीएल पुरा गरी 'यियोङ एण्ड कम्पनी' ल फर्ममा दुई वर्ष प्रशिक्षार्थीको रुपमा काम गरेपछि ३४ वर्षीय राईलाई न्यायालयले 'रजिस्टर्ड सोलिसिटर' को मान्यता दिएको हो। थप दुई वर्ष अरुको फर्ममा काम गरेपछि उनले हङकङमा आफ्नै फर्म खोल्न सक्नेछिन्।

धरान र काठमाडौँबाट प्लस टु सकेर १९९७ मा हङकङ आएकी राईले अरु नेपाली महिलालाई पछ्याउँदै शुरुमा रेष्टुरेण्टमै काम गरिन्। सिटीमा पीसीएल गर्नुअघि उनले हङकङ युनिभर्सिटिबाट डिप्लोमा र एलएलबी सकिन। 'अरुको काम कति गर्ने, आफैँm अध्ययन गरेर केही गर्छु भन्ने लागेपछि हङकङ युनिभर्सिटिमा भर्ना भएँ', राइले भनिन्, 'काम गर्दै पढ्दै गर्दा समय लाग्यो तर सफल भएँ ।'

हङकङको चिनियाँले सञ्चालन गरेको यियोङ फर्ममाराईको जिम्मेवारीमा पर्शनल इन्जुरी, अपराध, सम्बन्ध विच्छेद सहित कमर्शियल मुद्दाहरू छन्। काम गर्दै अध्ययन गर्न गाह्रो भए पनि परिवार र साथीभाईको प्रोत्साहनले सफल भएको बताउँदै राईले भनिन्, 'नेपाली भएर होला बढी मुद्दा नेपाली, भारतीय, पाकिस्तानीका आउँछन् ।'

एक नारायण शर्मा हङकङका पहिलो नेपाली ‘रजिस्टर्ड सोलिसिटर’ हुन्, जो २०१० देखि यस क्षेत्रमा कार्यरत छन् । शर्मालाई पछ्याउँदै गत मार्चमा सहदेउ कुमार राई सोलिसिटर बनेका थिए। सहदेउसँगै अध्ययन गरेकी रिगमले अहिले ‘रजिस्टर्ड सोलिसिटर’को उपाधी लिएकी हुन्।