15 Kartik, 2071 |
Menu

प्रवास

फेसबुकका भित्तामा चुनावको झल्को

  • आइतबार ९ भाद्र, २०७०
  • शशि ढकाल
  • DISQUS_COMMENTS
(0 votes)
डेनमार्क– गैरआवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कमा चुनावको गर्मी बढ्दो छ । चुनावको चहलपहलसँगै फेसबुकका भित्ता रंगिने क्रम पनि अत्यधिक बढिरहेको छ । चुनावको लागि उम्मेदवारहरुले मत माग्न मात्र होइन उम्मेद्वारप्रति समर्थन जनाउन समेत फेसबुकमा होडबाजी नै चलेको छ । फेसबुकमार्फत अधिकांशले आङ्खनो चुनावी घोषणापत्र त सार्वजनिक गरेकै छन् ती घोÈणापत्र माथि पनि फेसबुकमा नै चर्को वहस चलेको छ। अत्यधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा यस्तो क्रिया प्रतिक्रिया आउनु सामान्य मान्छन्, सामाजिक विज्ञानमा स्विडेनबाट मास्टर गरेर बिगत ५ वर्षदेखि डेनमार्कमा बसोबास गरिरहेका प्रविन प्रजापति ।


त्यसो त निर्वाचन कमिटीले आङ्खनो निर्वाचन तालिका तथा सूचना गैरआवासीय नेपाली संघ डेनमार्कको वेबपेजमा राख्ने गरे तापनि तुरुन्तै ती सामग्री फेसबुकका भित्तामा शेयर भइहाल्छन् । डेनमार्कबासी रोहित रिमालले एनआरएनए डेनमार्कको चुनावमा फर्जी मत खस्ने सम्भावना व्यक्त गरेको स्टाटसमा अत्यधिक प्रतिक्रिया आएपछि निर्वाचन कमिटीले तस्बिर सहितको परिचय पत्रबाहकलाई मात्र मत खसाल्न दिने भनेर सूचनानै जारी गर्नु प¥यो ।

फेसबुकमार्फत आङ्खनो चुनावी घोषणापत्र सार्वजनिक गरेका अध्यक्ष पदका चारजना उम्मेद्वारले उम्मेद्वारी नदिएपछि उनीहरुलाई भित्ते एनआरएनए अध्यक्ष भनेर खोइरो खन्नेहरुको समेत फेसबुकमा कमी छैन । फेसबुक हेर्दा कलेजको स्ववियु चुनावको झझल्को आएको बताउँछन् डेनमार्कमा रही नेपालको शिक्षा क्षेत्रमा सहयोग गरिरहेको संस्थाका अध्यक्ष कमलराज शर्मा ।

आफूसँगै बस्ने श्रीमतीलाई जन्मदिनको शुभकामना दिनसमेत फेसबुक प्रयोग भइरहेको बेला चुनावको लागि यो जति उपयुक्त प्रचारमाध्यम अरु नहुने यहाँमा अध्यनरत झापाका लक्ष्मी पाण्डेको धारणा छ ।

एनआरएनए चुनावमा हुने राजनीतिक हस्तक्षेपप्रति पनि फेसबुकबाटै चिन्ता र आक्रोश व्यक्त भइरहेको छ । एकजना नेपाली पूर्ण बन्धनले डेनमार्कमा गैर आवासीय नेपाली संघ नै नचाहिने तर्क गर्दै फेसबुकमार्फत आफूले सदस्यता शुल्कबापत बुझाएको एक सय क्रोनर फिर्ता मागेका छन् ।

डेनमार्कमा तीव्र गतिको इन्टरनेट सस्तो र सुलभ मात्र नभएर बस, ट्रेन, क्याफे तथा रेस्टुरेन्टमा सित्तैंमा पाइने भएकाले नेपालीहरु आङ्खनो हातमा रहेको स्मार्टफोनमार्फत नेपालका अनलाइन पत्रपत्रिका हेर्ने र फेसबुक अपडेट गर्ने, मेल चेक गर्ने लगायत काम गर्छन् । केही साताअघि नागरिक न्युजमा छापिएको एनआरएनए डेनमार्कको चुनावी अन्तक्र्रियासम्बधी समाचार यहाँ बस्ने तीन सय ३९ जनाले शेयर गरेका थिए ।

'मेरो फ्रेन्ड लिस्टमा दुई सयजना छन्, एक जनाले शेयर गरेको १० जनाले मात्र पढ्दा पनि कति हुन्छ ? फेसबुकको महत्व त्यसै बढेको होइन, आपसी अन्तरक्रिया को लागि पनि यो अनिवार्य भइसक्यो,' चितवनका रमेश अधिकारीले भने ।