Friday 4 Poush, 2071 |
Menu

प्रवास

हेल्प नेपाल नेटवर्कको कोषमा एकै दिन करोड

(0 votes)
लन्डन– बेलायतको अल्डरसटमा हेल्प नेपाल नेटवर्कले १० करोड लागतमा स्थापना गर्न लागेको परोपकारी अक्षय कोषका लागि एकै दिन १ करोड ७ लाख संकलन भएको छ । आइतबार 'दि कनाट स्कुल'मा आयोजित छ घन्टा लामो कार्यक्रममा उक्त सहयोग जुटेको हो।
बेलायतका लागि नेपाली राजदूत सुरेशचन्द्र चालिसे, हेल्प नेपाल नेटवर्कका संस्थापक रवीन्द्र मिश्र र सहयोग संकलन कार्यक्रमका मुख्य संयोजक सूर्य गुरुङले गोपाल योन्जनले गाएको शब्द 'नेपाली नेपालको माया छ कि छैन ?' लिखित ब्यानर खोलेर उद्घाटन गरेका थिए।

विविध सांस्कृतिक प्रस्तुति रहेको कार्यक्रममा राजदूत चालिसे, एनआरएनए, युकेका अध्यक्ष कुल आचार्य, हेल्प नेपालका संस्थापक मिश्र, गुरुङलगायतले सहयोगीलाई धन्यवाद दिए। कार्यक्रममा दाता, कार्यक्रम प्रायोजक, समन्वयकर्ता, स्वयंसेवी र मिडिया पार्टनरलाई सम्मान गरिएको थियो।

कोषका लागि अघिल्लो वर्ष नै नेपाल ब्रिटेन डटकमको समन्वयमा २० लाख रुपैयाँ संकलन गरिएको थियो। सन् १९९९ मा स्थापित नेटवर्कले शिक्षा, स्वास्थ्य तथा आपत्कालिन मानवीय सहायताका क्षेत्र अहिलेसम्म एकसय भन्दा बढी परियोजना पूरा गरिसकेको छ।