Friday 14 Jestha, 2073 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

istl

सिकागोका रक्तदातालाई मःमः खुवाइयो

  • मङ्गलबार ८ श्रावण, २०७०
  • विजय थापा
  • Be the first to comment!
(0 votes)
भर्जिनिया — अमेरिकाको सिकागोको इभांसटनमा पहिलो पटक नेपालीहरुले रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्। शिकागो शहरमा नेपाली समुदायको चाप वृद्धि हुँदै गएको अवस्थामा कल्याणकारी काम गर्ने उदेश्य अनुसार जुलाई २१ तारिख विभिन्न संघ तथा संस्थाको पहलमा भएको रक्तदान कार्यक्रममा ४६ जनाले रगतदान गरेका छन्l रक्तदातालाई प्रायोजकले मःमः खुवाए।
nepali-patro-may
रक्तदान कार्यक्रममा १७ वर्ष देखि ६० वर्षसम्मका व्यक्तिहरुले रक्तदान गरेका थिए। रक्तदान गर्नमा युवाले विशेष उत्साह देखाएका थिए। रक्तदाताहरुलाई माउन्ट एवेरेस्ट (सगरमाथा चमेना गृह)का तर्फबाट निसुल्कमा म: मः वितरण गरिएको थियोl उक्त रक्तदान कार्यक्रममा ११२ पटक रक्तदान गर्ने ब्लड डोनर्स अफ अमेरिकाका अधक्ष्य अर्जुन मैनाली न्युयोर्कबाट सिकागो जानु भै रक्तदाता तथा आयोजकलाई उत्प्रेरणा दिएका थिए भने ७९ पटक रक्तदान गर्ने लोमस श्रेष्ठको उपस्थिति भएका थिए।

समुदाय तथा रक्तदाताहरुलाई हौसला प्रदान गर्न ईभांसटनका नगर प्रमुख एलिजाबेथ बि तिसदाल आफैँ उपस्थित भएका थिए। आयोजक संस्थाले विष्यमा कम्तिमा वर्षमा एक पटक रक्तदान गर्नु पर्छ भन्ने सोच बनाएको बताएको छl नेपाली समुदायद्वारा अमेरिकामा १९ वटा राज्यमा ९२ पटक रक्तदान कार्यक्रम गरिसकिएको बताइएको छ।

रक्तदान कार्यक्रम सिकागो भुटानिज परस्पर सहयोग संस्था, सिकागो थारु परिवार, नेपाली अमेरिकन केन्द्र तथा नेवा अमेरिकन दबुको सयुक्त रुपमा आयोजना गरिएको थियोl रक्तदान कार्यक्रमको संयोजन नेपाली अमेरिकन केन्द्रका पदाधिकारी किरण व्यन्जनकारले गरेका थिए।

प्रतिक्रिया