Friday 14 Kartik, 2071 |
Menu

प्रवास

एनआरएन क्यानडामा थापा निर्वाचित

  • बिहीबार २० असार, २०७०
  • यम घिमिरे
  • DISQUS_COMMENTS
(0 votes)
एनआरएन क्यानडाका नयाँ कार्यसमिति। एनआरएन क्यानडाका नयाँ कार्यसमिति।
क्यानडा – एनआरएन क्यानाडाको अध्यक्षमा ग्रेटर टोरन्टो एरिया मिसिसागका अनिल थापा चुनिएका छन्। जुन २९ र ३० मा मिसिसाग नगरमा भएको एनआरएनको छैटौं राष्ट्रिय सम्मेलनमा कुल २५ प्रतिनिधि मतदातामध्ये २४ ले नेतृत्व चयनमा मतदान गरेका थिए। अध्यक्ष निर्वाचित थापा उनका प्रतिद्वन्दी स्थानीय क्याम्पसमा प्राध्यापन गर्ने डा. तुलशी धरेललाई ४ मतले उछिन्दै कुल १४ मत ल्याई विजयी भएका हुन्।
'एनआरएन क्यानडाको विधानको दयाराभित्र रहेर नेपालीहरुलाई भावनात्मक रुपले एकताबद्ध बनाउने, स्थानीय ब्यबसाय र आर्थिक क्रियाकलापको मुलधारमा नेपालीलाई समाहित गर्न क्यानेडियन समाज र राजनीतिसँग सम्बन्ध र सहकार्य बढाउने मेरो नेतृत्वको मूल ध्येय हुनेछ' निर्बाचित अध्यक्षले बताए।

सम्मेलनमा ५ क्षेत्रिय उपाध्यक्षहरुमा रामहरि खड्का, अभिमन्यु बस्नेत रामेश्वर सापकोटा प्रसन्नमान श्रेष्ठ र पबित्र उपाध्याय, महासचिवमा तुलशी सापकोटा, सचिबमा वीरेन्द्र लम्साल र कोषाध्यक्षमा कल्पना अवस्थी चुनिएका छन्। एनआरएन बिदेस विभागमा कृष्ण भण्डारी आएका छन्। निर्बाचित केन्दीय कार्य समितिको कार्यकाल २ वर्षको हुनेछ।