Tuesday 18 Jestha, 2073 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

istl

थापालाई हङकङ ‘चीफ एक्जिक्युटिभ’ अवार्ड

(0 votes)
चुराबहादुर थापा चुराबहादुर थापा
हङकङ — हङकङ सरकारले चुराबहादुर थापालाई सामाजिक सेवामा समर्पित भएको भन्दै ‘चीफ एक्जिक्युटिभ अवार्ड’ ले सम्मान गरेको छ। १७ वर्षदेखि हङकङमा बस्दै आएका बागलुङ बुर्तिबाङका थापा अहिले हङकङ युनिभर्सिटीमा उच्च अध्ययन गरिरहेका छन्।
nepali-patro-may
हङकङ चीनमा पुनःएकीकरण भएको १६औँ वर्षगाँठको अवसर पारेर जुलाई १ मा थापा सहित तीन सय ३७जनालाई पदक र अवार्डले सम्मान गरिएको सोमबार प्रकाशित सरकारी सूचनापत्रमा छ। थापाले ‘चीफ एक्जिक्युटिभ कमेण्डशन फर कम्युनीटि सर्भिस अवार्ड’ पाएका हुन्। चीनको ‘नेशनल डे’ अक्टोबर १ मा हङकङका कार्यकारी प्रमुख सीवाई लियुङले अवार्ड प्रदान गर्ने कार्यक्रम छ।

हङकङका नेपाली माझ बौद्धिक छवि बनाएका थापा विभिन्न संघसंस्था मार्फत स्थानीय नेपाली समुदायको हकहितमा सक्रिय छन्। केही वर्षदेखि हङकङको सरकारी रेडियोमा साप्ताहिक नेपाली कार्यक्रम सञ्चालन गर्दै आएका थापा शिक्षण पेशामा संलग्न थिए। हङकङ युनिभर्सिटिमा उच्च अध्ययन गर्ने क्रममा उनी अहिले नेपाली लगायत अल्पसंख्यक समुदायको शैक्षिक अवस्थाबारे अनुसन्धान गरिरहेका छन्। थापा हङकङको सरकार समर्थक डिएबि पार्टीको जातीय अल्पसंख्यक समिति सदस्य पनि हुन्।

‘हङकङमा १७ वर्षसम्म संघर्ष गर्ने क्रममा सामुदायिक गतिविधिमा संलग्न भइयो, विशेष गरी नेपाली समुदायको शैक्षिक स्तर उकास्ने र हाम्रा समस्या सरकार समक्ष पुर्‍याउने प्रयास गरियो’, सम्मानित भएको खुसीमा थापाले भने, ‘नेपाली समुदायको हितमा काम गर्ने क्रममा साथ दिने सबैमा म यो सम्मानको खुसी बाँड्न चाहन्छु।’

प्रतिक्रिया