Thursday 11 Baishak, 2071 |
Menu

प्रवास

कोरियामा एक महिनामा ४ नेपालीको मृत्यु

  • शुक्रबार २४ जेष्ठ, २०७०
  • अशोक मैनाली
  • DISQUS_COMMENTS
(0 votes)
कोरिया- दक्षिण कोरियामा एक नेपाली कामदारको मृत्यु भएको छ। चार वर्षअघि इपिएसमार्फत् यहाँ आएका ललितपुर झोछी-२ का राजेश महर्जनको मृत्यु भएको नेपाली दूतावासका श्रम सहचारी अनिल कुमार गुरुङले बताए। उनका अनुसार उल्सानस्थित कोरिया स्पेसल ग्याइन्डिङ् ह्वील कम्पनीमा कार्यरत महर्जनको साढे २ बजे बिहान श्वास फेर्न नसकेपछि मृत्यु भएको हो। गुरुङसँगै कोरियामा एक महिनामा ४ नेपालीको मृत्यु भएको छ।

अहिले उनको शव नजिकैको अस्पतालमा राखिएको छ। यसबारे परिवारलाई खबर गरिसकिएको गुरुङले जानकारी दिए। मृतक महर्जन ३२ वर्षका रहेका र उनी केही महिनाअघि मात्र नेपाल गएर फर्किएको बताइएको छ। पछिल्लो एक महिनाको अवधिमा कोरियामा चार नेपालीको मृत्यु भएपछि यहाँका नेपालीहरु मर्माहत बनेका छन्।
Our website is protected by DMC Firewall!