13 Mangshir, 2071 |
Menu

प्रवास

एनआरएन अध्यक्षमा घलेले उम्मेदवारी दिने

  • बुधबार २२ जेष्ठ, २०७०
  • ऋषि आचार्य
  • DISQUS_COMMENTS
Ad MyNepal Nagarik
(0 votes)

सिड्नी — गैरआवासीय नेपाली संघको आगामी अक्टोबरमा हुने छैठौं विश्व सम्मेलनमा अध्यक्ष पदका लागि अष्ट्रेलिया निवासी शेष घलेले उम्मेदवारी दिने भएका छन्। गैरआवासी नेपाली संघ अष्ट्रेलियका पदाधिकारीहरुको भेलामा आगामी कार्यकालको लागि उम्मेदवारी दिने विषयमा घलेले इच्छा देखाएको अध्यक्ष गणेश केसीले बताए।

घलेको नाम भावी अध्यक्षको रुपमा चर्चामा आएपछि अष्ट्रेलिया, युरोप, अमेरिकालगायतका क्षेत्रबाट मिश्रित प्रतिक्रिया आएका छन्। एनआरएनएका ओसिनिया संयोजन मन केसीलेका अनुसार विगत लामो समय अघि देखिको निरन्तर छलफल र अस्ट्रेलियाका एनआरएन साथीहरुको सुझावको आधारमा घले भावि नेतृत्वका लागि तयार भएका हुन्।

अष्ट्रेलियाका दुई सय जना धनाड्य भित्र पर्ने घलेले नागरिक न्युजसँगको कुराकानीमा भावी कार्यकालको लगि उम्मेदवारी दिन लागेका कुरालाई स्वीकारे। एनआरएनको जुन २३ मा स्विजल्याण्डको ज्युरिचमा हुने युरोप बैठकमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने उनले बताए। 'बैठकमा अन्य देशका पदाधिकारीहरुको पनि भनाई सुन्छु र आफ्नो उम्मेदावरी बारे पनि कुरा राख्छु', घलेले भने। अस्ट्रेलिया लगायत थुप्रै देशमा बसोवास गर्ने साथीहरुको सुझाव र एनआरएन अभियानले उठाएका मुद्दाहरु कार्यान्वयन गर्न सक्ने योजना आफूसँग भएकोले संघको नेतृत्वको लागि रुची देखाएको उनले प्रष्ट पारे। 'मेरो चाहना हो बिभिन्न देशका एनआरएन अभियान्ताहरुको सल्लाह अनुसार सहमति अनुसार अगाडि बढ्न पर्छ', घलेले भने।

एनआरएनको सामुहिक लागनी सम्बन्धि टास्कफोर्सका उप संयोजक रहेका घले केही वर्ष अघिदेखि संघका गतिविधिहरुका सक्रिय छन्। गतको वर्ष सिड्नीमा सम्पन्न एनआरएनको क्षेत्रीय सम्मेलन सम्पन्न गन उनी निकै सक्रिय भएका थिए।

घलेसँगै संघका संस्थापक तथा संरक्षक रामप्रताप थापा पनि पछिल्लो समयमा अध्यक्ष पदको दावेदारका रुपमा देखिएका छन् यस्तै अर्का अध्यक्ष पदका दावेदार रिटार्यर क्याप्टेन हितमान गुरुङ हुन्।