Sunday 8 Bhadra, 2071 |
Menu

प्रवास

अस्ट्रेलियामा बुद्ध जयन्ती मनाइँदै

  • ११ जेष्ठ, २०७०
  • ऋषि आचार्य
  • DISQUS_COMMENTS
(0 votes)
अस्ट्रेलियामा बुद्ध जयन्ती मनाइँदै
सिड्नी – बुद्धको उपदेश, अहिंसा करुणा र शान्तिका बारेमा चर्चा गर्दै शनिवार अस्ट्रेलियाको सिड्नी, मेलवर्न र ब्रिसवेनमा २५ सय ५७ औ बुद्धजयन्ती मनाइएको छ। सिड्नीमा सक्रिय १४ वटा संस्थाहरुको संयुक्त आयोजनामा म्यारिकभिल टाउन हलमा बुद्धजयन्ती समारोह आयोजना भएको थियो। कार्यक्रममा बुद्ध पुजा अर्चना, प्रवचन र शान्ति र्याली भएको थियो। प्
रमुख अतिथी, न्यु साउथ वेल्स रज्यका लागि महाबाँणिज्यदूत दिपक खड्काले आजको युद्ध र हिंसा ग्रस्त समाजमा गौतम बुद्धले दिनु भएको शान्ति, अहिंसा, प्रेम र करुणाको संदेश अझ बढी सार्थक भएको बताउदै अस्ट्रेलियामा लुम्बिनी प्रवर्द्धनको लागि आफू सक्रिय हुने बिचार राखेका थिए।

बुद्ध दर्शन समिति अस्ट्रेलियाका अध्यक्ष निमा शेर्पाले बुद्धको जन्मस्थलबारे भ्रम सृजना गर्ने अध्यन सामग्रिहरुलाई सच्याउन अस्ट्रेलियन सरकारका निकायहरुलाई अनुरोध गर्ने जानकारी दिएका थिए।

यसैगरी मेलवर्नमा पनि नेपाली सामुदायिक संस्थाहरुले बुद्ध जयन्ती मनाएका छन्। लुम्बिनि कपिलबस्तु दिवस अभियानका विश्व संयोजक राम कुमार श्रेष्ठका अनुसार कार्यक्रममा बुद्ध प्रथना र दर्शनका बारेमा चर्चा गर्नुका साथै बुद्धको जन्मस्थलबारे सृजीत भ्रम कसरी निवारण गर्न सकिन्छ भनेर छलफल भएको थियो।

बुद्धजयन्तीकै अवसर पारेर तमु समाज सिड्नीले आइतवार पनि बिषेश कार्यक्रमको आयोजना गर्दैछ। उक्त कायक्रमको मुख्य आकर्षण बुद्धकप फुटवल प्रतियोगिता हरेको तमु समाजका अध्यक्ष देव गुरुङले नागरिकन्युजलाई बताए। ३५ वर्ष पुगेका प्रोढहरु र युवाहरुको बेग्ला बेग्लै फुटवल प्रतियोगिता हुनेछ। साथै गुरुङ, मगर जातिको मौलिक खेल ठेलो हान्ने खेल खेलाइने छ।