Thursday 16 Ashwin, 2071 |
Menu

प्रवास

softworica

डेनमार्कमा नेपालीबीच क्रिकेट प्रतिस्पर्धा

(0 votes)
कोपनहेगन- डेनमार्कको कोपनहेगनमा बस्ने नेपालीहरुबीच क्रिकेट क्रेज बढ्दै जाँदा यहाँको बेलाहोइ क्रिकेट मैदानमा विवाहित र अविवाहित नेपाली टोलीबीच प्रतिस्पर्धा भएको छ। स्पर्धामा अविवाहित टोली ५४ रनले विजयी भयो। 


टस जितेर ब्याटिङ रोजेको अविवाहित टोलीले ओपेनिङ ब्याट्स म्यानमा आकाश खड्का र निरज पौड्याललाई मैदानमा उतारेको थियो। निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर ९० रनको योगफल तयार पारेको अविवाहित टोलीविरुद्ध ९१ रनको विजयी लक्ष्यका साथ मैदान छिरेको विवाहित टोली १३.४ ओभरमा ३६ रन बनाउँदै अलआउट भयो। 

अविवाहित जितमा कप्तान सुवास छेत्रीले १ छक्का र २ चौकाको साथै विशालले १ छक्कानिरजले १ चौकाको योगदान गरेका थिए।