Friday 9 Shrawn, 2071 |
Menu

प्रवास

क्यानडा एड्मन्टनको नेपाली संगठनमा नयाँ नेतृत्व

  • मङ्गलबार ७ जेष्ठ, २०७०
  • यम घिमिरे
  • DISQUS_COMMENTS
(0 votes)
क्यानडा एड्मन्टनको नेपाली संगठनमा नयाँ नेतृत्व

क्यानडा (एडमन्टन) — क्यानडाको अल्बर्टा राज्यको प्रान्तीय राजधानी एडमन्टनमा बसोबास गर्ने नेपालीहरुको संगठन नेप्लिज क्यानेडियन सोसाइटी अफ एडमन्टन (नेकासे) को मे १९ मा सम्पन्न भएको साधारणसभाले संगठनमा श्रीराम सिग्देलको अध्यक्षतामा नयाँ नेतृत्व ल्याएको छ। सर्वसम्मतमा चयन भएका अन्यमा दीपक लामा उपाध्यक्ष, कुसुम ज्ञवाली महासचिव, राम के. साह कोषाध्यक्ष, गौतम एन. सिंह सम्पति ब्यबस्थापन, दुर्गा लुइँटेल खेलकुद एवं मनोरन्जन शाखा, राधिका खरेल दस्सय सम्बन्ध शाखा, होमन गौतम कोष प्रबर्धन शाखा, जया झा कोर्सन संस्कृति शाखा, पेशल बाँस्तोला नयाँ आगन्तुक, युवा र जेष्ठ सहभागिता शाखा, बिशाल श्रेष्ठ सूचना प्रबिधि र संचार र लेखापरीक्षकद्वय तीर्थ उपाध्याय र ईश्वर चालिसे छन्।

सन् १९९८ मा एडमन्टनमा उपलब्ध थोरै नेपाली अगुवाहरुको सक्रियतामा स्थापना भइ नेपाली समुदायको हित र पहिचानलाई आपसमा र बाह्य मञ्चहरुमा मुखरित गर्दै आएको नेकासे अहिले झन्डै हजार नेपालीहरुको कला, संस्कृति, पर्ब, उत्सब र आपसी हितचित साट्ने नेपाली केन्द्र बनेको छ। उतर अमेरिकामा भएका नेपाली संघसंस्थामा व्यस्थित सांगठनिक संरचना र उद्देश्यले निर्देशित नेकासे आफ्नै स्रोत र साधनले पनि सम्पन्न छ।

सरकारी अनुदान र आफ्नै आन्तरिक श्रोतसमेत जुटाएर नेकासेले साढे तीन करोड रुपियाँमा आफ्नै सभास्थल पनि खरिद गरिसकेको छ। नेकासेले खेलकुद तथा मनोरन्जन, संस्कृति, श्रोतसाधन प्रबर्धन, युवा तथा जेष्ठ सहभागिता, सूचना प्रबिधि र संचार जस्ता बिभागमार्फत विभिन्न कार्यक्रमहरु आयोजना गर्ने वा सहभागिता जनाउने गरेर नेपाली समुदायको चिनारी प्रबर्धन गर्छ। युनिभर्सिटी अभ अल्बर्टासँगको सहकार्यमा साप्ताहिक नेपाली एफ.एम. रेडियो ‘रेडियो काठमाडौं’ चलाउने, नेपाली भाषा पाठशाला संचालन गर्ने, बिभिन्न हेरिटेज फेस्टिबलमा नेपालको प्रतिनिधित्व गर्ने, स्थानीय वा अन्तरास्ट्रिय स्तरमा परोपकारका काम गर्ने गर्छ. नेकासे अल्बर्टा सरकारको नजरमा पनि एक चुस्त र ब्यबस्थित थिति र मानकमा चलेको सामुदायिक संगठन मानिन्छ जसको फलस्वरूप सरकारीस्तरबाट हुने अनिदान सहयोग पनि बेलाबखत यसले प्राप्त गरिरहन्छ।