13 Mangshir, 2071 |
Menu

प्रवास

कोरियामा नेपालीद्वारा आत्महत्या प्रयास

  • ४ जेष्ठ, २०७०
  • खेम कार्की
  • DISQUS_COMMENTS
Ad MyNepal Nagarik
(0 votes)
दक्षिण कोरिया - दक्षिण कोरियाको बुसानमा एक वर्षअघि ईपिएस मार्फत कोरिया आएका मोरङ शनिश्चरेका केवल लिम्बुले आत्महत्या प्रयास गरेका छन । मे १३ तारिख आफै बसेको कोठामा आफैलाई छुरा हान्दा गम्भीर घाइते भएको लिम्बुको हाल दोङआ युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ।
कोरियाको कार्यवातावरणमा अत्यधिक मानसिक तनावको कारण लिम्बुले सो प्रयास गरेको प्रारभ्मिक अध्ययनले देखाएको छ ।

बुसानको गाङसो बोङरिम्डोङको कृषि फार्ममा कार्यरत लिम्बुले आफु कार्यरत कम्पनीका विदेशी चिनिया कामदारहरुले अत्यधिक तनाव दिएको कारण मानसिक समस्यामा परेको बताएका छन ।

घटना अनुसार निज लिम्बुको साहुसँग पनि तनाव देखिएको छ । साहुसँगसमेत झगडा पर्दा साहुले कुटपिट गरेको र निज लिम्बुले पनि हातपात गर्दा घटना गम्भीर मोडमा पुगेको बताइएको छ । घटना पछि साहुले प्रहरीलाई बोलाएको र निज लिम्बु तनावमा परि आफैलाई हत्या गर्ने प्रयास गरेको बताइएको छ ।

लिम्बुले आफूले मानसिक तनावमा परि सो कार्य गरेको बताएको घटनाको विवरण पाएपछि बुझन गएका नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका सह सचिव विरेन्द्र सुनारले बताए ।

यस्तै घटनाको खबर पाएपछि एन सि सि बुसानका अध्यक्ष एल वि विष्ट , याक्थुङ चुम्लुङ कोरिया प्रतिनिधि पनि घटना विवरण बुझन अस्पताल पुगेका थिए । गत माघमा आमाको मृत्यु भएर पिडामा रहेका लिम्बुका साथीहरुले बताएका छन । घटना भएको राती पनि १ बजे गएर ४ बजे राती फर्केका थिए ।

घटनाको बारेमा बुझ्न नेपाली संघ संस्थाका प्रतिनिधि पुगे पनि दुतावासको प्रतिनिधि नपुगेको र दुतावासले तदारुकता नदेखाएको संघ संस्थाका प्रतिनिधिले बताएका छन ।

यता नेपाली दुतावास दक्षिण कोरियाले अहिले लिम्बु को स्वास्थ्य अवस्था ठिक रहेको बताएको छ । स्वास्थ्य अवस्था ठीक भएपनि उनको उपचारमा गर्दा लाग्ने खर्चलाई आर्थिक अभाव देखिएको नेपाली दुतावासका सहचारी अनिल गुरुङले बताएका छन ।