18 Baishak, 2073 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

istl

गाउँका स्वास्थ्य संस्थामा औषधि अभाव

(0 votes)
दोलखा–बाबरे– ५ का भीमसेन पाण्डेका दुई छोरीको घाटीमा इन्फेक्सन भएर टन्सिल बढेको एक साता नाघ्यो। सात दिनदेखि स्वास्थ्य चौकी धाइरहेका उनले हालसम्म औषधि पाएका छैनन्। 'हेल्थपोष्ट जाँदा औषधि सकिएको छ भन्छन, त्यसैले घरमै घरेलु उपचार गराएर राखेको छु,' उनले भने।
nepalipatr-april


बाबरे मात्र हैन छिमेकी गाविस कालिञ्चोकमा त बालबालिकामा निमोनिया र ठूलामा रुघा खोकी, घाँटी दुख्ने, टन्सिल बढ्ने समस्या बढेका कारण अहेव सुरेन्द्रकुमार यादव बिरामीका अभिभावकलाई परामर्श दिएर पठाउन थालेका छन्। 'औषधि सकिएपछि परामर्श दिएर घरेलु उपचारको विधि सिकाएर पठाइरहेका छौं,' मंगलबार उनले टेलिफोनमा भने।

दैनिक १०÷१२ जना चिसोका बिरामी स्वास्थ्य चौकीमा आइरहेको यादवले सुनाए। उनका अनुसार कालिञ्चोक गाउँमा बालबालिकालाई निमोनिया, बिद्यार्थी युवा र बृद्धबृद्धालाई घाँटी दुख्ने, टन्सिल बढ्ने र ज्वरो आउने समस्या देखिएको छ। बिरामी बढेपनि स्वास्थ्य चौकीमा सिटामोल बाहेक कुनै पनि औषधि छैन। 'सिटामोलबाहेक चिसोमा देखिने रोगका अत्यावश्यक औषधि सकिएका कारण समस्या भएको छ,' यादवले भने। सरकारले निशुल्क घोषणा गरेको एन्टीबायोटिक सकिएको छ। झोद औषधि कुनै छैन। ज्वरोका बिरामीलाई सिटामोल दिनेबाहेक अन्यलाई चिसोबाट जोगिने उपायसहित घरेलु उपचारको परामर्श दिएर पठाउने गरेको यादवले बताए।

यस्तै झाडापखालाका बिरामीसमेत बढेको उनले बताए। 'केही दिन अघिसम्म जिङ्क चक्की थियो, अहिले सकिएपछि पनि झाडापखालाका बिरामी आइरहनुभएको छ,' उनले भने,'उहाँहरुलाई उमालेको पानी धेरै खानेसहितका घरेलु उपचार सिकाएर पठाउन थालेका छौँ।'

बाबरे गाविसमासमेत उस्तै समस्या छ । गाविसको हेल्थ पोष्टका अहेब रोशन शाहका अनुसार लामो समय औषधि सकिँदा समस्या भएको छ । 'घाँटी दुख्ने बाहेक स्वास प्रस्वासका बिरामीहरु पनि धेरै आउनुभाको छ,' उनले भने। उनले बाबरेमा औषधि अभाव बारे जिल्लालाई जानकारी गराइसकेको र जिल्लाले औषधि आइपुग्न केही समय लाग्ने बताएको सुनाए । 'अभाव भएपछि सोमबार मात्र एउटा गैरसरकारी संस्थाले दुई कार्टुन औषधि ल्याइदिनुभएको छ,' शाहले भने,'त्यसले केही समय पुर्याउछौँ।'

जिल्लाका अन्य स्वास्थ्य संस्थामासमेत औषधिको अभाव देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाका ५४ मध्ये १२ भन्दा बढी स्वास्थ्य संस्थामा अभाव भएको जानकारी जिल्ला स्वास्थ्यमा आएको कार्यालयले जनाएको छ । ती स्वास्थ्य संस्थामा हाल रहेको स्टकबाट अत्यावश्यक औषधि पठाउन थालिसकिएको कार्यालयका प्रमुख डाक्टर माधव लम्सालले जानकारी दिए । लम्सालले जिल्लामा औषधिको स्टक कम हुँदै गएका कारण अभाव भएको बताए। 'औषधिको स्टक कम भएका कारण अभाव भएको हो, केन्द्रमा माग गरिसकेका छौँ,' उनले भने,'एक हप्ता भित्र अभाव पूर्ती हुन्छ होला।' उनले केन्द्रीय मेडिकलबाड औषधि आउने क्रम रोकिएका कारण जिल्लामा अभाव भएको जानकारी दिए । अत्यावश्यक स्थानमा औषधि तुरुन्त पठाइनेसमेत लम्सालले बताए ।

प्रतिक्रिया