Tuesday 11 Jestha, 2073 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

istl

भिल्लारियालको पुनरागमन

(0 votes)
मड्रिड- भिल्लारियाल आइतबार उत्कृष्ट पुनरागमनमा रायो भाल्कानोमाथि २–१ को विजय पाउँदै स्पेनिस ला लिगा अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ। पहिलो हाफमा गोल खाए पनि भिल्लारियालको पुनरागमनका लागि मध्यान्तरपछि सेडरिक बाकाम्बुले दुई गोल गरेका थिए।
nepali-patro-may
मध्यान्तर हुन चार मिनेट बाँकीमा जोजाबेडले गरेको सनसनीपूर्ण गोलमा भ्रमणकारी टोली रायो भाल्कानोले खेलमा अग्रता लियो। तर, टोटेनह्यामका पूर्व स्ट्राइकर रोबर्टो सोल्डाडोको पासमा काबाम्बुले गोल गर्दै ६९ औं मिनेटमा खेल बराबरीमा ल्याए। घरेलु मैदानमा जित हासिल गर्न बाकाम्बुले चार मिनेट बाँकी हुँदा पोस्ट नजिकैबाट अर्को गोल गरे।

भिल्लारियालले जारी सिजनको पछिल्ला ८ खेलमा पाएको यो दोस्रो जित हो। जितपछि १४ खेलमा २४ अंक जोडेको भिल्लारियाल चौथो स्थानको सेल्टा भिगोभन्दा एक अंकले पछि छ। अर्को साता रियाल मड्रिडविरुद्धको खेलका लागि सान्टियागो बेर्नाबेउको भ्रमण गर्ने तयारीमा रहेको टोली शीर्ष स्थानको बार्सिलोनाभन्दा १० अंकले पछि छ।

उता म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक डेविड मोयेजलाई बर्खास्त गरेपछि फर्ममा फर्कने रियाल सोसिडाडको अभियानले निरन्तरता पाउँदा टोलीले आइतबार सुरुमा गोल खानुका बाबजुद एइबारमाथि २–१ को जित दर्ता गरायो।

बोर्जा बास्टनले चौथो मिनेटमै गोल गरेर भ्रमणकारी एइबारलाई अग्रता दिलाए। तर, ६ मिनेटपछि घरेलु टोलीबाट इमानोल एजिरेटसेले गोल गर्दै खेल बराबरीमा ल्याए। अन्तिम मिनेटमा एजिरेट्सेले अर्को गोल गरेर सोसिडाडलाई महŒवपूर्ण जित दिलाए। आइतबारका दुई गोलपछि एजिरेट्सेले जारी सिजनका १२ खेलमा व्यक्तिगत गोलसंख्या ११ पुर्या एका छन्।

जितले सोसिडाडलाई १५ अंकसाथ १३ औं स्थानमा उकाल्दा एइबार भने २० अंक लिएर नवौं स्थानमा यथावत छ।

७० मिनेटभन्दा बढी समय १० जनामा समेटिएको विपक्षीसँग खेल्न पाउनाका बाबजुत एथलेटिक विल्बाओविरुद्धको खेलमा गोलरहित बराबरीमा सीमित भएपछि मालागा स्पष्ट ३ अंक हासिल गर्ने मौकाबाट चुक्यो। मिकेल सान जोसले १९ औं मिनेटमा सोझै रातो कार्ड पाएपछि बिल्बाओ १० जनामा समेटिएको हो। तर, बराबरीबाट आर्जन गरेको एक अंकले टोलीलाई गोलअन्तरमै भए पनि रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि उकालेको छ। रेलिगेसन क्षेत्रको ग्रानाडा र मालागाको समान ११ अंक छ।

अर्को खेलमा स्पोर्टिङ गिजोनले लास पाल्मसमाथि ३–१ को विजय पायो। १० जनामा समेटिएर खेल अन्त्य गरेको लास पाल्मसमाथि विजय पाउन गिजोनबाट सबै तीन गोल एन्टोनियो सानाब्रियाले गरे। १७ औं मिनेटमा सानाब्रियाले गिजोनको खाता खोलेका थिए। तर, लास पाल्मसका नाबी अल जाहरले ३८ औं मिनेटमा गोल गर्दै मध्यान्तरसम्म खेल बराबरीमा ल्याए। आर्टिलेस ओलिभा एथामीले ७२ औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि लास पाल्मस १० जनामा समेटियो। त्यसपछि सानाब्रियाले ७८ र ८४ औं मिनेटमा गोल गर्दै व्यक्तिगत ह्याटि्रक पुरा गर्नुका साथै गिजोनलाई महत्वपूर्ण जित दिलाए।

प्रतिक्रिया