न पैसा छ, न ठेकेदार छन्, कसरी चुनाव लड्ने : युवराज ज्ञवाली (अन्तर्वार्ता)

न पैसा छ, न ठेकेदार छन्, कसरी चुनाव लड्ने : युवराज ज्ञवाली (अन्तर्वार्ता)

आइतबार, २६ कार्तिक २०७४

पार्टीको टिकट बाँड्ने समितिमै बसेर पनि नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव महंगो भएको भन्दै चुनावी मैदानमा जान नसकेको सार्वजनिक वयान दिंदै आएका छन् । प्रत्यक्ष तर्फको चुनाव महंगो हुने नै भयो तर ज्ञवाली समानुपातिक तर्फको सूचीमा पनि छैनन् ।

एमालेले माओवादीलाई आफ्नो आवरणभित्र घिसार्न सफल भएको छ: खगेन्द्र संग्रौला (अन्तर्वार्ता)

एमालेले माओवादीलाई आफ्नो आवरणभित्र घिसार्न सफल भएको छ: खगेन्द्र संग्रौला (अन्तर्वार्ता)

बुधबार, २२ कार्तिक २०७४

खगेन्द्र संग्रौला लेखक र समिक्षक हुन् । भित्तैमा पुर्याउने गरि शब्दवाण प्रहार गर्ने कलामा पोख्त मानिन्छन् । तुलनात्मक रुपमा उनी यस पटक संयमित देखिए, शब्द चयन र अभिव्यक्तिमा । १५ वर्ष अगाडिको रेडियो अन्तर्वार्तामा एमालेलाइ गतिहिन, मतिहिन, दिशाहिन र पथभ्रष्ट पार्टी भएको संग्रौलाको टिप्पणी आउँदा उसबेला केपी शर्मा ओली एमाले संसदीय पार्टीको उपनेता थिए र सोही अन्तर्वार्तामा अर्का वक्ता थिए।

‘घोषणापत्र देखाएर चुनाव जित्ने दिन गए’

‘घोषणापत्र देखाएर चुनाव जित्ने दिन गए’

आइतबार, १९ कार्तिक २०७४

एमालेबाट पार्टीको अध्यक्ष बनिदिनुहोस् भन्नुभएको थियो, मैले मानिनँ ।  एक अर्ब लगानी गरेमा कर छुट भन्ने छ, त्यसमा एमाले–माओवादीले विरोध गरेनन् । कम्युनिस्टहरू त किसान र श्रमिकका मुद्दा लड्ने हुन्, साना लगानी भएकालाई कर लाग्ने अनि ठूलालाई छुट हुने कुरा कम्युनिस्टहरूले गर्न हुन्छ ?

‘निर्वाचन सार्न सक्ने आधार र अधिकार दुवै छैन’

‘निर्वाचन सार्न सक्ने आधार र अधिकार दुवै छैन’

आइतबार, १२ कार्तिक २०७४

सबै कुरा संविधान र कानुनमा नै हुनुपर्छ भन्ने होइन, नैतिक मूल्य–मान्यता त विवेकमा भर पर्छ । संविधानका मापदण्डलाई लागू गर्ने मानसिकता जुन चाहिन्छ, त्यो देखिएको छैन। ‘प्रधानमन्त्रीले निर्वाचन सार्न सक्नुहुन्न र पाउनु पनि हुन्न’ निर्वाचन सार्ने जस्तो केटाकेटीको खेललाई अदालतले बदर गरिदिन्छ । हिजो पो हतियार र दम्भको आधारमा कानुनी शासनलाई तोडमरोड गरियो तर आज त्यो परिस्थिति छैन।

भारतलाई दोष दिने भन्दा पनि हामी व्यवस्थित हुन जरुरी छ :  दीपकुमार उपाध्याय

भारतलाई दोष दिने भन्दा पनि हामी व्यवस्थित हुन जरुरी छ : दीपकुमार उपाध्याय

शुक्रबार, १० कार्तिक २०७४

दीपकुमार उपाध्याय नेपाली कांग्रेसका नेता हुन् । पछिल्ला तीन वर्ष उनले भारतका लागि नेपालको राजदूतको भूमिका समेत निर्वाह गरे । पहिलो कार्यकालमा केपी ओली नेतृत्वको सरकारले फिर्ता समेत बोलाइएका उपाध्यायलाई  पुन: पुष्पकमल दाहाल नेतृत्वको सरकारले दोस्रो पटक राजदूतको लागि जिम्मेवारी दिँदै भारत पठायो । राजनीति पछि कुटनीतिक अनुभव बटुलेका ६८ वर्षीय उपाध्यायले राजदूत पदबाट राजीनामा गरेर सक्रिय राजनीतिमा फर्किने संकेत गरे । नेपाल भारत सम्वन्ध र वर्तमान राजनीतिक विषयमा केन्द्रीत रहेर नागरिकन्यूजका लागि श्रीराम पौडेल र प्रशान्त लामिछानेले उनीसँग कुराकानी गरेका थिए ।

मोहन वैद्य भन्छन्ः नेपालमा कम्युनिष्ट को छ?

मोहन वैद्य भन्छन्ः नेपालमा कम्युनिष्ट को छ?

बिहिबार, ०९ कार्तिक २०७४

नेपालका धेरै कम्युनिष्ट नेताका गुरु मोहन वैद्य ‘किरण’ले आफ्नै चेलाहरु अब कम्युनिष्ट नरहेको बताएका छन् । एउटा सानो धारको कम्युनिष्ट पार्टीको महासचिव रहेर संघर्षलाइ अघि बढाउने सपना बोकेका वैद्य प्रश्न गर्छन्ः पुरानो राज्यसत्ता र व्यवस्थालाइ स्वीकारेर गइसकेपछि त्यसलाइ कसरी वाम भन्ने ? एमाले र माओवादीबीच बनेको गठबन्धनलाइ नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव वैद्यले दक्षिणपन्थी गठबन्धनको संज्ञा दिएका छन्। नाम वाम भएपनि दक्षिणपन्थी अवसरवाद हावी भएको र पश्चगमनतिर बढेको वैद्यको ठहर छ।

'अरुको दोष कोट्याएर न्यायलयको साख विर्गान चाहन्न'

'अरुको दोष कोट्याएर न्यायलयको साख विर्गान चाहन्न'

शुक्रबार, २० असोज २०७४

प्रधानन्यायाधी गोपाल पराजुलीले पहिलो पटक बेलायतको भ्रमण गरेका छन्। बेलायत सरकारको एक हप्ते औपाचारिक निमन्त्रणमा लण्डन आएका पराजुलीसँग उनको वेलायत भ्रमण, नेपालको न्यायालयमा हुने बिकृति र विसंगतिको विषयमा नागरिकन्युजका वेलायत संवाददाता चिरन शर्माले लण्डनमा गरेको कुराकानी :

काँग्रेस सच्चिन जरुरी छ : बाबुराम भट्टराई

काँग्रेस सच्चिन जरुरी छ : बाबुराम भट्टराई

बिहिबार, १९ असोज २०७४

तत्कालीन नेकपा (माओवादी)ले ‘दीर्घकालीन जनयुद्ध’ सुरु गरेपछि, शान्ति प्रक्रियामा हस्ताक्षर गरेपछि र संविधानसभाबाट नेपालको संविधान जारी गरेपछि जहिल्यै डा. बाबुराम भट्टराई चर्चाको शिखरमा रहे ।

‘ग्रेटर जनकपुरको अवधारणा कार्यान्वयन गर्नुपर्छ’

‘ग्रेटर जनकपुरको अवधारणा कार्यान्वयन गर्नुपर्छ’

बुधबार, ११ असोज २०७४

जनकपुर उपमहानगरपालिकाको मेयर पदमा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारलाई १० हजार सात सय ४३ मतान्तरले पछि पार्दै विजयी भएका राजपा नेपालका लालकिशोर यादवसँग नागरिककर्मी सुरेश यादवले गरेको संक्षिप्त कुराकानी ।

स्मार्ट एनअारएन मेरो अवधारणा :  भवन भट्ट

स्मार्ट एनअारएन मेरो अवधारणा : भवन भट्ट

आइतबार, ०८ असोज २०७४

भवन भट्ट गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष एवं जापानका सफल नेपाली उद्यमी हुन्। जापान र युरोपमा रेष्टुराँ, रिसोर्ट र होटलमा उनको लगानी छ। नेपालमा होटल, ब्रुअरी, सञ्चार, शिक्षा, अटोमोबाइलमा लगानी गरेका भट्टले आगामी अक्टोबर १४—१७ सम्म काठमाडौंमा हुने गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। गैरआवासीय नेपालीका मुद्दा र निर्वाचन केन्द्रित रहेर कृष्ण ढुंगानाले उनीसँग काठमाडौंमा गरेको कुराकानीः

‘स्थानीय चुनावमा व्यवस्था फेर्ने कुरा नगरौँ’

‘स्थानीय चुनावमा व्यवस्था फेर्ने कुरा नगरौँ’

शुक्रबार, ३० भदौ २०७४

रामसागर रामस्वरूप क्याम्पस, जनकपुरमा ३७ वर्षसम्म अर्थशास्त्र विषय प्राध्यापन गरेका प्रा. डा. सुरेन्द्र लाभ बौद्धिक हुन् । उनी राजनीतिक विश्लेषकका रूपमा समसामयिक राजनीतिबारे आफ्ना दृष्टिकोण तथा विचार प्रस्तुत गर्दै आइरहेका छन् । असोज २ गते प्रदेश नम्बर २ मा हुन लागेको स्थानीय तह निर्वाचन तथा मधेसका विविध विषयबारे नागरिककर्मी सुरेश यादवले उनीसँग गरेको संवादः

व्यापारको पनि जीवन हुन्छ : शेष घले

व्यापारको पनि जीवन हुन्छ : शेष घले

आइतबार, २५ भदौ २०७४

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले अष्ट्रेलियाको मेलबर्नमा व्यवसाय गरिरहेका एकजना धनाढ्य नेपाली हुन् । लगातार दुई कार्यकाल संघको नेतृत्वमा गरेपछि उनी आगामी अक्टोबर १७ पछि विदा हुँदैछन् । उनको चार वर्षे कार्यकालको समीक्षा, भूकम्प र बाढीपीडितलाई गरेको राहात केन्द्रित भएर नागरिकन्युजका लागि कृष्ण ढुंगानाले काठमाडौंमा गरेको अन्तर्वार्ता :

‘हिजो मैले लोकतान्त्रिक प्रक्रिया स्वीकार नगरेको भए आज समस्या समाधान हुने थिएन'

‘हिजो मैले लोकतान्त्रिक प्रक्रिया स्वीकार नगरेको भए आज समस्या समाधान हुने थिएन'

आइतबार, २५ भदौ २०७४

संविधानप्रति असन्तुष्टि जनाउ“दै आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टी नेपालसहितका दलहरू संसदीय प्रक्रियाअन्तर्गत संविधान संशोधनको प्रक्रियालाई स्वीकार गर्दै स्थानीय तहको निर्वाचनमा सहभागी भएका छन् ।

'कानुनभन्दा बढी क्षतिपूर्ति माग'

'कानुनभन्दा बढी क्षतिपूर्ति माग'

आइतबार, १८ भदौ २०७४

यस विषयमा जिल्ला अदालतमा मुद्दा परेको छ । न्यायिक निकायबाट समय, क्रम र अदालती प्रक्रियाबाट यसको निरुपण भइहाल्छ । के भयो भने गालीबेइज्जती हुन्छ, के हुँदा हुँदैन भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता छन् ।

‘म नेपाली उखानको प्रशंसक हुँ’

‘म नेपाली उखानको प्रशंसक हुँ’

शुक्रबार, १६ भदौ २०७४

भारत र पाकिस्तानका अमेरिकी नियोगमा काम गरिसकेकी एन्डी डी आरमेन्ट अहिले काठमाडौंस्थित अमेरिकी दूतावासकी प्रवक्ताको जिम्मेवारीमा छिन्। करिब एक महिनाअघि काठमाडौं आएकी उनी नेपाली भाषा बोल्छिन्। सन् २०११ मा पाकिस्तानी नागरिकसँग प्रेममा परेर कराँचीमै घरजम गरेकी उनी क्रिकेटको फ्यान पनि हुन्। उनको नेपाली भाषा सिकाइ र जीवनशैलीबारे कृष्ण ढुंगानाले गरेको कुराकानी:

'कांग्रेसको सिद्धान्तमा होइन, कार्यशैलीमा थुप्रै समस्या छन्'

'कांग्रेसको सिद्धान्तमा होइन, कार्यशैलीमा थुप्रै समस्या छन्'

आइतबार, ११ भदौ २०७४

भारतमै पनि त सबैको सहमति भएर संविधान ल्याइएको होइन । हामीकहाँ ९० प्रतिशतभन्दा बढी सांसदको सहमतिमा संविधान आयो । संशोधनको सम्भावना र फरक मतको बहस त हुन्छ नै, यसबाट आत्तिनु हुँदैन ।

'अध्ययनबिना समाजलाई सही दिशानिर्देश गर्न सकिँदैन'

'अध्ययनबिना समाजलाई सही दिशानिर्देश गर्न सकिँदैन'

शनिबार, १० भदौ २०७४

माओवादी केन्द्रका नेता पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ अध्ययनशीलको सूचीमा पर्छन्। लामो समयदेखि  कम्युनिस्ट आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका उनी पुस्तक अध्ययनलाई जीवनकै महत्वपूर्ण पाटोका रूपमा हेर्छन्।

यो भ्रम नै भ्रमको देश हो : महेशराज पन्त

यो भ्रम नै भ्रमको देश हो : महेशराज पन्त

आइतबार, २९ साउन २०७४

भावुक भएर भनिएको होइन, यहाँ अन्तर्वार्ता गरिएका विद्वान् डा.महेशराज पन्त नेपालका एक यस्ता पुराविद् हुन्, जो नेपाल अध्ययनका लागि सबैभन्दा विश्वसनीय स्रोतसंस्था हुन्।

कर्ण शाक्यलाई प्रश्न- 'सेफ्टी ट्याङ्कीको रसायन कहाँ जान्छ ?

कर्ण शाक्यलाई प्रश्न- 'सेफ्टी ट्याङ्कीको रसायन कहाँ जान्छ ?

शनिबार, २८ साउन २०७४

विश्वप्रकाश लामिछाने फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न गठित समितिका संयोजक हुन् । लामिछानेको समितिले २०६९ जेठमा सरकारलाई फेवातालको १६ सय ९२ रोपनी जग्गा अतिक्रमणमा परेको र त्यसलाई फेवातालकै बनाउनुपर्ने प्रतिवेदन सरकारलाई बुझाएको थियो । समितिले सरकारलाई प्रतिबेदन बुझाएको ४ वर्ष पुगेपनि त्यसको कार्यान्वयन भएको छैन । यसै विषयमा केन्द्रीत भएर रेडियो नागरिकमा नविन खतिवडाले लामिछानेसँग कुरा गरेका छन् ।

फेवा अतिक्रमण प्रतिष्ठित व्यक्तिबाटै भएको छ : रविन्द्र अधिकारी (अन्तर्वार्ता)

फेवा अतिक्रमण प्रतिष्ठित व्यक्तिबाटै भएको छ : रविन्द्र अधिकारी (अन्तर्वार्ता)

बिहिबार, २६ साउन २०७४

रविन्द्र अधिकारी कास्की क्षेत्र नं. ३ बाट एमालेका निर्वाचित सांसद हुन्। विद्यार्थी राजनीतिको पृष्ठभूिमिबाट उदाएका उनी हाल संसदको विकास समितिका सभापति छन्। सांसद अधिकारीसँग फेवा ताल अतिक्रमण एवं यसलाई बचाउने विषयमा केन्द्रित रहेर गरिएको अन्तर्वार्ता :