पाँचौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अष्ट्रेलियामा सम्पन्न

पाँचौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अष्ट्रेलियामा सम्पन्न

शुक्रबार, ३० भदौ २०७४

अन्तर्राष्ट्रियनेपाली साहित्य समाज (अनेसास)को पाँचौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन पश्चिम अस्ट्रेलियाको पर्थमा नेपालका बरिष्ठ साहित्यकार तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। यही सेप्टेम्बर ९ देखि १० सम्म उत्तरी पर्थ को द म्याकेडेनीएन कम्युनीटि सेन्टरमा आयोजना भएको दुई दिने सम्मेलन अनेसास, पर्थकोआयोजनामा सम्पन्न भएको थियो।

अमेरिकासँग ५० अर्ब रूपैयाँको सहयोग सम्झौतामा हस्ताक्षर

अमेरिकासँग ५० अर्ब रूपैयाँको सहयोग सम्झौतामा हस्ताक्षर

शुक्रबार, ३० भदौ २०७४

अमेरिकाले नेपाललाई प्रदान गर्ने ५० अर्ब रुपैयाँ (५०० मिलियन डलर) को अनुदान सम्झौतामा वासिंगटन डिसीमा बिहीबार राति हस्ताक्षर भएको छ। परराष्ट्र मन्त्रालयको ट्रिटी रूममा भएको सहयोग सम्झौतामामा नेपालका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा अमेरिकी उपविदेशमन्त्री जोन सुलिभानले हस्ताक्षर गरेका छन्।

भाजपा नेता जोलीद्वारा वेलायतमा सुमार्गीको पुस्तक विमोचन

भाजपा नेता जोलीद्वारा वेलायतमा सुमार्गीको पुस्तक विमोचन

बिहिबार, २९ भदौ २०७४

भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले नेपाल एक मात्र हिन्दू राष्ट्र भएको बताएका छन्। लन्डनमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालमा धर्मान्तरण बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे। नेपाल मात्र हिन्दूहरुको आस्थाको केन्द्र भएको उनको दाबी थियो।

टोकियोमा जापान-नेपाल बिजनेस सेमिनार

टोकियोमा जापान-नेपाल बिजनेस सेमिनार

बिहिबार, २९ भदौ २०७४

नेपालमा जापानी लगानी भित्र्याउने मुख्य उद्देश्य सहित टोकियोमा जापान-नेपाल बिजनेस सेमिनार सम्पन्न भएको छ। जापान नेपाल बिजनेस चेम्बर अफ कमर्शको आयोजनामा बुधवार टोकियोको दाईइची होटेलमा आयोजित सेमिनारमा जापानका ४८ वटा प्रतिष्ठित कम्पनीका प्रतिनिधि सहभागी थिए।

एनआरएन युएईमा सुवेदी र श्रेष्ठबीच प्रतिस्पर्धा

एनआरएन युएईमा सुवेदी र श्रेष्ठबीच प्रतिस्पर्धा

बिहिबार, २९ भदौ २०७४

गैरआवासीय नेपाली संघ यूएईको सातौ महाधिवेशन शुक्रबार दुबईमा हुँदैछ। एनआरएनए सन् २०१७-२०१९ कार्यकालको लागि अध्यक्ष पदमा संघका उपाध्यक्ष रमेश श्रेष्ठ र सल्लाहकार शालिकराम सुवेदीबीच प्रतिसपर्धा हुने भएको छ। निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय बुधबार साँझसम्मलाई दिए पनि अध्यक्ष पदको लागि दुवै पक्षबाट उमेदवारी फिर्ता नआएपछि चुनाबबाट नेतृत्व चयन हुने भएको हो।

गोर्खाल्यान्ड आन्दोलन : मुख्य एजेन्डामा छलफलै भएन

गोर्खाल्यान्ड आन्दोलन : मुख्य एजेन्डामा छलफलै भएन

बुधबार, २८ भदौ २०७४

भारत पश्चिमबंगालमा जारी गोर्खाल्यान्ड आन्दोलनको विषयमा छलफल गर्न बसेको राज्य सरकार र आन्दोलनकारीबीचको वार्ता मुख्य एजेन्डामा प्रवेश नै नगरी सकिएको छ । छुट्टै ‘गोर्खाल्यान्ड राज्य’को मागमा भइरहेको वार्तामा पहाडमा चलिरहेको बन्द, आन्दोलनक्रममा भएका घटना, क्षतिपूर्ति, काम गर्न नपाएका चिया श्रमिकको ज्याला र अर्को वार्ता बस्ने विषयमा छलफल गरेरै सकिएको हो।

‘भाग्यले बाँचेकाहरु’ले अमेरिकामा जित्यो अवार्ड

‘भाग्यले बाँचेकाहरु’ले अमेरिकामा जित्यो अवार्ड

मङ्गलबार, २७ भदौ २०७४

लगातार अन्तर्राष्ट्रिय अवार्ड जितेको नेपाली डकुमेन्ट्री फिल्म ‘भाग्ले बाँचेकाहरु (नेपाल अर्थक्वेक ः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स) ले अमेरिकामा पनि उत्कृष्ट अवार्ड जित्न सफल भएको छ।

इरमा आँधीका कारण फ्लोरिडाका ७ सय नेपालीले घर छोडे, ६० लाख प्रभावित

इरमा आँधीका कारण फ्लोरिडाका ७ सय नेपालीले घर छोडे, ६० लाख प्रभावित

मङ्गलबार, २७ भदौ २०७४

सामुन्द्रिक आँधीबाट टेक्सासको जनजीवन सामान्य हुन नपाउँदै अर्को राज्य फ्लोरिडामा ‘इरमा’ का कारण ६० लाख मानिसलाई घर छोडेका छन्। उत्तरी क्यूबालाई क्षति पु‍र्याउँदै अमेरिकाको फ्लोरिडा राज्यतर्फ डरलाग्दो रूपले बाटो लिएको यो आँधीका कारण त्यहाँ बसोबास गर्दै आएका करिब सात सय नेपालीहरु आफ्नो घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन्।

एनआरएन यूकेको अध्यक्षमा फगामी विजयी

एनआरएन यूकेको अध्यक्षमा फगामी विजयी

सोमबार, २६ भदौ २०७४

गैर आवासीय नेपाली संघ यूकेको अध्यक्षमा योगुकमार फगामी निर्वाचित भएका छन्। शनिवार भएको निर्वाचनमा फगामी १ हजार २९८ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भए। त्रिपक्षीय प्रतिपर्धामा अध्यक्षका प्रत्यासीद्वय कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत प्राप्त गरका थिए।

एनआरएनए जापानका पदाधिकारीले शपथ लिए

आइतबार, २५ भदौ २०७४

गैरआवासीय नेपाली संघ जापानले पूर्णता पाएको छ। एनआरएनए जापानको २०१७/१९ कार्यकालका लागि आईतबार टोकियोमा नवनिर्वाचित प्रतिनिधिहरुको शपथग्रहण कार्यक्रम सम्पन्न भएपछि एनआरएनए जापानले पूर्णता पाएको हो।

डेनमार्कमा एनअारएन चुनाबः नगरपालिकाका जस्ता वाचा

डेनमार्कमा एनअारएन चुनाबः नगरपालिकाका जस्ता वाचा

आइतबार, २५ भदौ २०७४

गैर अवासीय नेपाली संघ डेनमार्कको चौथो महाधिवेशन यही आगामी ११ सेप्टेम्वर २०१७ सोमवार डेनमार्कको राजधानी कोपेनहेगनमा हुँदैछ। बिगतमा जस्तै यसपटक पनि नेतृत्व छान्नेबाहेक यस अधिबेशनको उपलब्धि नदेखेका कोपेनहेगनबासी नेपालीको मिश्रित प्रतिक्रया सामाजिक संजालमा छताछुल्ल भइरहेका छन्। बिगतका नेतृत्वभन्दा फरक र पारदर्शी ढंगले कामगर्ने जस्ता घोषणापत्र पनि सामाजिक संजालमा छ्यापछ्यापती आइरहेका छन्।

नेपालको विद्युत र सडकलाई अमेरिकाको ५० अर्ब सहयोग

नेपालको विद्युत र सडकलाई अमेरिकाको ५० अर्ब सहयोग

आइतबार, २५ भदौ २०७४

अमेरिकाले नेपाललाई ५० अर्ब रुपैयाँ (५०० मिलियन डलर) अनुदान सहयोग गर्ने भएको छ। अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कोपअरेसन (एमसीसी) बाट सो रकम नेपालले विद्युत र सडक विस्तार लागि पाउने भएको हो। अमेरिकाले गरिब मुलुकहरुलाई सहयोग गर्न स्थापना गरेको एमसीसीको बोर्ड अफ डाइरेक्टरको अगटस्ट महिनामा बसेको बैठकले सो रकम प्रस्ताव स्वीकृत गरेको थियो। अमेरिकी संसदले सहयोग रकम अनुमोदन गरेपछि दुवै देशका सरकारबीच यही सेप्टेम्बर महिनामा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ।

एनआरएन यूकेमा त्रिपक्षीय भिडन्त, शनिबार निर्वाचन

एनआरएन यूकेमा त्रिपक्षीय भिडन्त, शनिबार निर्वाचन

शुक्रबार, २३ भदौ २०७४

गैरआवासीय नेपाली संघ यूकेको नयाँ नेतृत्वका लागि शनिवार मतदान हुँदैछ। नयाँ नेतृत्वका लागि अध्यक्षसहित ५२ जना उम्मेदवार चुनावी मैदानमा छन्। संघको अध्यक्षका लागि अन्तराष्ट्रिय समन्वयन परिषदका सदस्य कृष्ण तिमल्सिना, उपाध्यक्षद्वय हिराधन राई र योगकुमार फगामीबीच त्रिपक्षीय भिडन्त हुने भएको छ।

अाठ वर्षदेखि नेपाली युवतीको जापानमा सास न लाश

अाठ वर्षदेखि नेपाली युवतीको जापानमा सास न लाश

शुक्रबार, २३ भदौ २०७४

'बाबा म यहाँ राम्रोसँग पढ्दै काम पनि गरिरहेकी छु। तपाईँहरूले मेरो कुनै चिन्ता नलिनुस् है', २००९  अगस्ट २६ मा सविना महर्जनले जापानबाट फोन गर्दै पुल्चोकमा बस्ने बुवा सानुलाललाई भनेकी थिइन्। त्यहाँदेखि उनले 'कान्छी'को स्वर सुनेका छैनन्। सविना परिवारकी कान्छी छोरी हुन्।

बाढी पीडितलाई एनआरएन क्षेत्रीय समिति यीवु, चीनको सहयोग

बाढी पीडितलाई एनआरएन क्षेत्रीय समिति यीवु, चीनको सहयोग

शुक्रबार, २३ भदौ २०७४

गैर आवासीय नेपाली संघ चीन क्षेत्रीय कमिटी, यीवुले महिना दिन अघिको बाढीबाट प्रभावित परिवारलाई १६ लाखभन्दा धेरैको कम्बल सहयोग गर्ने भएको छ । बाढीबाट प्रभावित परिवारलाई जाडो मौसममा पर्ने कष्टलाई केही सहयोग पुगोस् भनेर संघले न्याया कपडाको व्यवस्था गरिदिएको हो।

एनआरएन अमेरिकामा पुनः डा.पौडेल

एनआरएन अमेरिकामा पुनः डा.पौडेल

शुक्रबार, २३ भदौ २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा पुनः डा.केशव पौडेल विजयी भएका छन्। एनआरएनएका विश्वका ७६ शाखामध्ये सबैभन्दा ठूलो अमेरिका शाखा हो।

बंगलादेशस्थित नेपाली दूतावासबाट बाढी पीडितलाई सहयोग

बिहिबार, २२ भदौ २०७४

बंगलादेशको ढाकास्थित नेपाली दूतावासले बाढी पीडितका लागि पाँच लाख रुपैया सहयोग गरेको छ ।

टेक्सासमा गुन्जियो सुदुरपश्चिमको देउडा

टेक्सासमा गुन्जियो सुदुरपश्चिमको देउडा

बुधबार, २१ भदौ २०७४

नेपालको सुदुरपश्चिम क्षेत्रबाट अमेरिकाको टेक्सास आई बसोबास गर्ने नेपाली समुदायले टेक्सासको नेपाली मन्दिरमा गौरा पर्व र देउडा नाच भव्यतापुर्व सम्पन्न गरेका छन्। गौरा पर्व र देउडा नाच सुदुरपश्चिम समाज टेक्सासको आयोजनामा सुदुरपश्चिमवासीले निकै महत्वका साथ मनाउने गर्दछन्।

सिकागोल्यान्ड थारु समाजमा नयाँ कार्यसमिति

सिकागोल्यान्ड थारु समाजमा नयाँ कार्यसमिति

मङ्गलबार, २० भदौ २०७४

अमेरिकास्थित सिकागोल्यान्ड थारु समाजको पाँचौं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ। इन्द्रकान्त चौधरीको अध्यक्षमा समाजले १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतले चयन गरेको हो। समाजको उपाध्यक्षमा मनोज चौधरी र मुकेश चौधरी, सचिवमा ललित चौधरी, सहसचिवमा इन्देश चौधरी र कोषाध्यक्षमा ओमप्रकाश चौधरी चयन भएका छन्।

यस्ता छन् एनआरएनए चीनका उम्मेद्वारहरू

यस्ता छन् एनआरएनए चीनका उम्मेद्वारहरू

शनिबार, १७ भदौ २०७४

चीनमा रहेका नेपालीहरूलाई अहिले गैर आवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचनले छपक्कै छोपेको छ। सेप्टेम्बर ३ का लागि तोकिएको निर्वाचनका लागि विभिन्न पदमा चीनमा रहेका नेपालीहरूले उम्मेद्वारी दर्ता गराएका छन्। यी हुन् एनआएनए चीनको आगमी कार्यसमितिका उम्मेद्वारहरू।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।