राष्ट्रपति जुमाका सहयोगीको घरमा प्रहरीको छापा

राष्ट्रपति जुमाका सहयोगीको घरमा प्रहरीको छापा

बिहिबार, ०३ फागुन २०७४

दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमासँग पारिवारिक व्यापार सम्बन्ध भएको एउटा घरमा विशिष्ट प्रहरी एकाईले छापा मारेको छ ।

जेल सजायको विरोध

बिहिबार, ०३ फागुन २०७४

इजिप्टमा वर्तमान सरकारद्वारा प्रतिबन्धित घोषणा गरिएको एक राजनीतिक दल मुिस्लम ब्रदरहुडलाई सहयोग गरेको अभियोगमा यहाँका २० जना विद्यार्थीलाई जेल सजाय सुनाएको घटनाको विरोध भएको छ ।

विद्यालयमा गोली चल्दा १७ को मृत्यु

विद्यालयमा गोली चल्दा १७ को मृत्यु

बिहिबार, ०३ फागुन २०७४

अमेरिकाको फ्लोरिडास्थित पार्कल्याण्डको विद्यालयमा एक युवकले अन्धाधुन्ध रूपमा गोली चलाँउदा १७ जनाको मृत्यु भएको छ।

सिरियामाथि आक्रमण गर्ने फ्रान्सको चेतावनी

सिरियामाथि आक्रमण गर्ने फ्रान्सको चेतावनी

बुधबार, ०२ फागुन २०७४

फ्रान्सका राष्ट्रपति एम्मानुयल मार्काेले सिरियामाथि आक्रमण गर्ने चेतावनी दिएका थिए । सिरिया सरकारले त्यहाँका नागरिकहरू माथि रासायनिक हतियार आक्रमण गरेको प्रमाण फेला परेमा फ्रान्सले सिरियामा माथि आक्रमण गर्ने बताएको हो ।

पूर्वराष्ट्रपति पार्ककी साथीलाई २० वर्ष जेल सजाय

पूर्वराष्ट्रपति पार्ककी साथीलाई २० वर्ष जेल सजाय

बुधबार, ०२ फागुन २०७४

दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति पार्क ग्युन हायकी नजिककी साथी चोई सुन–सिललाई २० बर्षको जेल सजाय तोकेको छ ।

जुमालाई राष्ट्रपतिबाट हटाउने सत्तारुढ दलको निर्णय

जुमालाई राष्ट्रपतिबाट हटाउने सत्तारुढ दलको निर्णय

बुधबार, ०२ फागुन २०७४

दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकी नेसनल कंग्रेसले राष्ट्रपति ज्याकोब जुमालाई पदबाट हटाउने निर्णय गरेको छ ।रोयटर्स समाचार एजेन्सीले विभिन्न स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार जुमाको राजनीतिक भविष्यलाई लिएर भइरहेको अनेकौं उपशंकालाई चिर्दै मंगलबार सत्तारुढ दल अफ्रिकी नेसनल कंग्रेस (एएनसी)ले उनलाई राष्ट्रपति पदबाट हटाउने निर्णय गरेको हो ।

कास्मिर घटनाको पाकिस्तानले मूल्य चुकाउनुपर्ने भारतको चेतावनी

बुधबार, ०२ फागुन २०७४

भारतको उत्तरी राज्य जम्मु र कास्मिरको सैनिक शिविरमा भएको लडाकु आक्रमणका लागि पाकिस्तानले ठूलो मूल्य चुकाउनुपर्ने भारतले चेतावनी दिएको छ ।भारतको सैनिक शिविरमा पछिल्लो पटक भएको आक्रमणपछि आणविक शक्ति सम्पन्न दुई छिमेकी विरोधी राष्ट्रबीचको तनाव थप सतहमा आएको छ ।

ट्रम्प र पुटिनबीच फोनवार्ता

ट्रम्प र पुटिनबीच फोनवार्ता

मङ्गलबार, ०१ फागुन २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली समकक्षी भ्लादिमिर पुटिनबीच हालै भएको रसियाली विमान दुर्घटना, मध्यपूर्वको शान्ति प्रक्रिया तथा उत्तर कोरियाबारे विविध बिषयमा फोनवार्ता भएको छ।

भारतमा भूकम्पको धक्का

भारतमा भूकम्पको धक्का

मङ्गलबार, ०१ फागुन २०७४

भारतको अण्डमान तथा निकोबार टापू क्षेत्रमा मङ्गलबार विहान शक्तिशाली भूकम्प गएको छ। भारतीय मौसमविज्ञान महाशाखाका अनुसार अण्डमान टापूलाई केन्द्रविन्दु बनाएर विहान ८ः०९ बजेको समयमा ५.६ रेक्टर स्केलको भूकम्प गएको समाचार संस्था एएनआईले जनाएको छ।

दक्षिण कोरियाली राष्ट्रपतिलाई किमको निम्तो

दक्षिण कोरियाली राष्ट्रपतिलाई किमको निम्तो

मङ्गलबार, ०१ फागुन २०७४

उत्तर कोरियाली नेता किम जोन उनले उत्तर कोरिया भ्रमणका लागि दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनलाई निम्तो गरेका छन्।

उत्तर कोरियासँग वार्ता गर्न अमेरिका तयार

मङ्गलबार, ०१ फागुन २०७४

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियासँग निःशर्त वार्ता गर्न वासिङ्टन तयार रहेको बताएका छन्।

जियालाई रिहा गर्न माग गर्दै हजारौंको प्रदर्शन

मङ्गलबार, ०१ फागुन २०७४

भ्रष्टाचारको अभियोगमा थुनामा रहेकी प्रतिपक्षी दलकी नेत्री तथा पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाइको माग गर्दै बंगलादेशका विभिन्न सहरमा सोमबार प्रदर्शन भएका छन् ।

दोस्रो विश्वयुद्धको बम भेटिएपछि लन्डन विमानस्थल बन्द

दोस्रो विश्वयुद्धको बम भेटिएपछि लन्डन विमानस्थल बन्द

मङ्गलबार, ०१ फागुन २०७४

लन्डनको थेम्स नदीमा दोस्रो विश्वयुद्धको दुईवटा बम भेटिएपछि सोमबार लन्डन सिटी विमानस्थलमा आउने र विमानस्थलबाट बाहिरिने सबै उडान रद्ध भएका छन् ।नपड्किएको आधा टन वजनका ती बम थेम्स नदीले बगाएर थुप्रिएको माटोमुनि गाडिएको अवस्थामा भेटिएपछि विमानस्थल बन्द गरिएको अधिकारीहरुले बताएका छन्

सत्ताधारी गठबन्धनलाई धक्का

मङ्गलबार, ०१ फागुन २०७४

श्रीलंकामा स्थानीयस्तरको प्रतिनिधि चयनका लागि शनिबार भएको निर्वाचनमा सत्ताधारी गठबन्धनलाई धक्का लाग्ने देखिएको छ ।

‘अमेरिका उत्तर कोरियासँग निःशर्त वार्ता गर्न तयार’

‘अमेरिका उत्तर कोरियासँग निःशर्त वार्ता गर्न तयार’

सोमबार, २९ माघ २०७४

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियासँग कुनै शर्तविना वार्ता गर्न वाशिङटन तयार रहेको बताएका छन्। तर प्योङयाङ्ले आफ्नो पारमाणविक कार्यक्रम नत्यागेसम्म उत्तर कोरियाविरूद्धका कडा प्रतिबन्धहरूलाई कायम राखिने अमेरिकी उपराष्ट्रपति पेन्सकोे भनाइ रहेको छ।

सन् २०५० सम्म सूर्य अप्रत्याशित रुपमा चिसो हुने

सन् २०५० सम्म सूर्य अप्रत्याशित रुपमा चिसो हुने

सोमबार, २९ माघ २०७४

हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ।

ज्यादती गर्ने सुरक्षाकर्मीमाथि कारबाही हुन्छ

सोमबार, २९ माघ २०७४

नियन्त्रणमा लिइएका रोहिन्जालाई हत्या गरेको आरोप लागेका १० जना म्यानमाली सुरक्षाकर्मीमाथि कारबाही हुने भएको छ ।

चिट चोर्न नपाएपछि १० लाख विद्यार्थीले परीक्षा दिएनन्

सोमबार, २९ माघ २०७४

भारतको उत्तरी राज्य उत्तर प्रदेशका १० लाख विद्यार्थीले बोर्ड परीक्षा नदिएपछि मुख्यमन्त्री योगी आदित्यनाथले परीक्षा प्रणालीलाई सजिलो बनाउने भएका छन् ।

रुसमा ७१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त

रुसमा ७१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त

आइतबार, २८ माघ २०७४

मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि छुटेको १४८ यात्रुभार क्षमताको एक विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको छ।

भारतीय प्रधानमन्त्री मोदी युएर्इ भ्रमणमा

भारतीय प्रधानमन्त्री मोदी युएर्इ भ्रमणमा

आइतबार, २८ माघ २०७४

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार संयुक्त अरब इमरेट्स (युएइ) आइपुगेका छन्। खाडी मुलुकहरुको भ्रमणका सिलसिलामा उनी युएइ आएको मोदीका सहयोगीहरुले जानकारी दिएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।