नेपाल उपविजेता, युएईसँग ७ रनले पराजित

नेपाल उपविजेता, युएईसँग ७ रनले पराजित

बिहिबार, ०३ फागुन २०७४

आइसीसी विश्व क्रिकेट लिग अन्तर्गत नेपाल डिभिजन २ को उपविजेता बनेको छ। नामिबियामा जारी खेलमा युएईसँग ७ रनले पराजित भएको नेपाल प्रतियोगिताको उपविजेता बनेको हो।

युएईविरुद्ध पारस खड्काको शतक

युएईविरुद्ध पारस खड्काको शतक

बिहिबार, ०३ फागुन २०७४

काठमाडौं – कप्तान पारस खड्काले युएईविरुद्ध शतक प्रहार गरेका छन्।

फेसबुकको सहयोगमा खेल मैदान

फेसबुकको सहयोगमा खेल मैदान

बिहिबार, ०३ फागुन २०७४

सामाजिक सञ्जालको मद्दतले संकलन भएको रकमले धनकुटाको सिधुवाबजारमा खेलमैदान निर्माण भइरहेको छ। सामाजिक सन्जाललाई दुरुपयोग भएर बेलाबखत हुने नकरात्मक टिप्पणी हुने गरेको छ। तर सिधुवाका युवाहरुले सामाजिक सञ्जालको प्रयोगले समाजलाई फाइदा पुग्ने उदाहरणीय काम गर्दै राष्ट्रिय प्रतियोगिता खेल्न मिल्ने गतिलो खेलमैदान निर्माण सुरु गरेका छन्।

डिभिजन २ क्रिकेट : युएईद्वारा नेपालसामु २७८ रनको लक्ष्य प्रस्तुत

डिभिजन २ क्रिकेट : युएईद्वारा नेपालसामु २७८ रनको लक्ष्य प्रस्तुत

बिहिबार, ०३ फागुन २०७४

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल खेलमा युएईले नेपाललाई जितका लागि २७८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नामिबियाको विन्डहकमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाई २७७ रन बनाएको हो।

डिभिजन २ क्रिकेट : नेपाल र युएइबीचको फाइनल खेल जारी

डिभिजन २ क्रिकेट : नेपाल र युएइबीचको फाइनल खेल जारी

बिहिबार, ०३ फागुन २०७४

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल खेलमा अहिले नेपाल र युएइबीचको खेल जारी छ।

मानेको ह्याट्रिकमा लिभरपुलको फराकिलो जित

मानेको ह्याट्रिकमा लिभरपुलको फराकिलो जित

बिहिबार, ०३ फागुन २०७४

च्याम्पियन्स लिग फुटबलमा इङलिस क्लब लिभरपुलले पोर्चुगली क्लब एफसी पोर्टोलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ।

डिभिजन २ क्रिकेट : उपाधिका लागि नेपाल र युएई भिड्दै

डिभिजन २ क्रिकेट : उपाधिका लागि नेपाल र युएई भिड्दै

बिहिबार, ०३ फागुन २०७४

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को उपाधिका लागि विहिबार (आज) नेपाल र युएई भिड्दैछन्।

सनसनीपूर्ण जित

सनसनीपूर्ण जित

बिहिबार, ०३ फागुन २०७४

पाका खेलाडीको कमजोर प्रदर्शनलाई करण केसीको सनसनीपूर्ण ब्याटिङले छोप्दा बुधबार नेपालले क्यानाडामाथि १ विकेटको विजय हासिल गर्दै जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगिता खेल्न पाउने भएको छ।

ओलीद्वारा फुटबल खेलाडीको बिदाइ

बिहिबार, ०३ फागुन २०७४

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी स्पोर्ट्स एकेडेमीका फुटबल खेलाडीहरूलाई बुधबार बिदाइ गर्नुभएको छ । मलेसियामा हुने हिमालयन गोल्डकपको उद्घाटनका अवसरमा मैत्रीपूर्ण फुटबल खेल्न सो टोली मलेसिया जान लागेको हो।

च्याम्पियन्स लिग : रोनाल्डोको २ गोलमा रियल मड्रिड विजयी

च्याम्पियन्स लिग : रोनाल्डोको २ गोलमा रियल मड्रिड विजयी

बिहिबार, ०३ फागुन २०७४

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियाल मड्रिड विजयी भएको छ । प्रतियोगिताअन्तर्गत बुधबार राति सम्पन्न प्रि–क्वार्टरफाइनलको पहिलो खेलमा बलियो मानिएको प्रतिस्पर्धी फ्रान्सेली टोली पेरीस सेन्ट जर्मेन (पिएसजी) लाइ ३–१ ले स्तब्ध पार्दै रियलले क्वाटरफाइनल प्रवेशको सम्भावना बलियो बनायो।

सेमिफाइनल समीकरण पूरा

बिहिबार, ०३ फागुन २०७४

खुकरी कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मूलपानीको क्रिकेट मैदानमा बुधबार बालुवाटार क्रिकेट एकेडेमीले मकवानपुर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै शान्तिनगर युथ क्लबसँगको भेट पक्का गरेको हो ।

डिएभी र हार्टल्यान्ड विजयी

बिहिबार, ०३ फागुन २०७४

डिएभी र हार्टल्यान्ड स्कुलले भक्तपुरको सैनिक आवासीय महाविद्यालयमा जारी प्रधानसेनापति अन्तरस्कुल टी–ट्वान्टी क्रिकेटमा बुधबार जित निकालेका छन् । डिएभीले इपिएसलाई ८ तथा हार्टल्यान्डले बेबिलोनलाई ४ विकेट पराजित गरेका हुन् ।

प्रशिक्षक व्यवस्थापन टाउको दुखाइ

बिहिबार, ०३ फागुन २०७४

खेलविकास भौतिक पूर्वाधार निर्माण र प्रतियोगितासँग मात्र जोडिएको हुँदैन । खेल विकासमा कर्मचारी व्यवस्थापनले महत्वपूर्ण अर्थ राखेको हुन्छ ।

मायांका क्वार्टरफाइनलमा

मायांका क्वार्टरफाइनलमा

बिहिबार, ०३ फागुन २०७४

मायांका राणा बुधबार आफ्नै देशकी इरा मेहेरनिसालाई सोझो सेटमा पराजित गर्दै नेपाल आइटिएफ जुनियर्स यु–१८ टेनिस प्रतियोगिता सर्किट दुईको एकल विधामा क्वार्टरफाइनल पुग्ने एक्लो नेपाली खेलाडी बनेकी छिन् ।

क्यानडामाथि नेपालको रोमाञ्चक जित

क्यानडामाथि नेपालको रोमाञ्चक जित

बुधबार, ०२ फागुन २०७४

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत पाँचौ खेलमा नेपालले क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ।

थ्रीस्टार सिमरा गोल्डकपको उपाधि नजिक

थ्रीस्टार सिमरा गोल्डकपको उपाधि नजिक

बुधबार, ०२ फागुन २०७४

विराटनगरको मोरङ फुटबल क्लबमाथि ४–२ को जित निकाल्दै रुस्लान थ्रीस्टार नवौं सिमरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

सर्वाधिक पुरस्कार राशिको झापा गोल्डकप फागुन १९ देखि

बुधबार, ०२ फागुन २०७४

मोफसलको सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकप फागुन १९ गतेदेखि शुरु हुने भएको छ। बिर्तामोडको डोमलाल रंगशालामा हुने प्रतियोगीता फागुन २८ गतेसम्म चल्ने छ । प्रतियोगीतामा बिजेताले यस पटक भने १२ लाख ५१ हजार नगद पाउने छन् । यो अहिलेसम्मको काठमाडौं बाहिरका प्रतियोगीता मध्ये सबै भन्दा बढी पुरस्कार राशी हो।

नेपाल हार नजिक

नेपाल हार नजिक

बुधबार, ०२ फागुन २०७४

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको छ।

सिरिमान्थाको शतकमा क्यानडाद्वारा १९५ रनको लक्ष्य प्रस्तुत

सिरिमान्थाको शतकमा क्यानडाद्वारा १९५ रनको लक्ष्य प्रस्तुत

बुधबार, ०२ फागुन २०७४

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत पाँचौ खेलमा नेपालले १९५ रनको लक्ष्य पाएको छ। टस हारेर निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै क्यानडाले १९४ रन बनायो।

नेपालले ८ विकेट लियो

नेपालले ८ विकेट लियो

बुधबार, ०२ फागुन २०७४

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पाँचौ तथा अन्तिम खेलमा नेपालले क्यानडाको समाना गरिरहेको छ। टस जितेर फिल्डिङ गरिरहेको नेपालका बसन्त रेग्मीले २६ औं ओभरमा एनएस धलीवाललाई आउट गर्दै चौथो विकेट लिएका छन्।