ओलीद्वारा फुटबल खेलाडीको बिदाइ

बिहिबार, ०३ फागुन २०७४

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी स्पोर्ट्स एकेडेमीका फुटबल खेलाडीहरूलाई बुधबार बिदाइ गर्नुभएको छ । मलेसियामा हुने हिमालयन गोल्डकपको उद्घाटनका अवसरमा मैत्रीपूर्ण फुटबल खेल्न सो टोली मलेसिया जान लागेको हो।

च्याम्पियन्स लिग : रोनाल्डोको २ गोलमा रियल मड्रिड विजयी

च्याम्पियन्स लिग : रोनाल्डोको २ गोलमा रियल मड्रिड विजयी

बिहिबार, ०३ फागुन २०७४

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियाल मड्रिड विजयी भएको छ । प्रतियोगिताअन्तर्गत बुधबार राति सम्पन्न प्रि–क्वार्टरफाइनलको पहिलो खेलमा बलियो मानिएको प्रतिस्पर्धी फ्रान्सेली टोली पेरीस सेन्ट जर्मेन (पिएसजी) लाइ ३–१ ले स्तब्ध पार्दै रियलले क्वाटरफाइनल प्रवेशको सम्भावना बलियो बनायो।

सेमिफाइनल समीकरण पूरा

बिहिबार, ०३ फागुन २०७४

खुकरी कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मूलपानीको क्रिकेट मैदानमा बुधबार बालुवाटार क्रिकेट एकेडेमीले मकवानपुर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै शान्तिनगर युथ क्लबसँगको भेट पक्का गरेको हो ।

डिएभी र हार्टल्यान्ड विजयी

बिहिबार, ०३ फागुन २०७४

डिएभी र हार्टल्यान्ड स्कुलले भक्तपुरको सैनिक आवासीय महाविद्यालयमा जारी प्रधानसेनापति अन्तरस्कुल टी–ट्वान्टी क्रिकेटमा बुधबार जित निकालेका छन् । डिएभीले इपिएसलाई ८ तथा हार्टल्यान्डले बेबिलोनलाई ४ विकेट पराजित गरेका हुन् ।

प्रशिक्षक व्यवस्थापन टाउको दुखाइ

बिहिबार, ०३ फागुन २०७४

खेलविकास भौतिक पूर्वाधार निर्माण र प्रतियोगितासँग मात्र जोडिएको हुँदैन । खेल विकासमा कर्मचारी व्यवस्थापनले महत्वपूर्ण अर्थ राखेको हुन्छ ।

मायांका क्वार्टरफाइनलमा

मायांका क्वार्टरफाइनलमा

बिहिबार, ०३ फागुन २०७४

मायांका राणा बुधबार आफ्नै देशकी इरा मेहेरनिसालाई सोझो सेटमा पराजित गर्दै नेपाल आइटिएफ जुनियर्स यु–१८ टेनिस प्रतियोगिता सर्किट दुईको एकल विधामा क्वार्टरफाइनल पुग्ने एक्लो नेपाली खेलाडी बनेकी छिन् ।

क्यानडामाथि नेपालको रोमाञ्चक जित

क्यानडामाथि नेपालको रोमाञ्चक जित

बुधबार, ०२ फागुन २०७४

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत पाँचौ खेलमा नेपालले क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ।

थ्रीस्टार सिमरा गोल्डकपको उपाधि नजिक

थ्रीस्टार सिमरा गोल्डकपको उपाधि नजिक

बुधबार, ०२ फागुन २०७४

विराटनगरको मोरङ फुटबल क्लबमाथि ४–२ को जित निकाल्दै रुस्लान थ्रीस्टार नवौं सिमरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

सर्वाधिक पुरस्कार राशिको झापा गोल्डकप फागुन १९ देखि

बुधबार, ०२ फागुन २०७४

मोफसलको सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकप फागुन १९ गतेदेखि शुरु हुने भएको छ। बिर्तामोडको डोमलाल रंगशालामा हुने प्रतियोगीता फागुन २८ गतेसम्म चल्ने छ । प्रतियोगीतामा बिजेताले यस पटक भने १२ लाख ५१ हजार नगद पाउने छन् । यो अहिलेसम्मको काठमाडौं बाहिरका प्रतियोगीता मध्ये सबै भन्दा बढी पुरस्कार राशी हो।

नेपाल हार नजिक

नेपाल हार नजिक

बुधबार, ०२ फागुन २०७४

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको छ।

सिरिमान्थाको शतकमा क्यानडाद्वारा १९५ रनको लक्ष्य प्रस्तुत

सिरिमान्थाको शतकमा क्यानडाद्वारा १९५ रनको लक्ष्य प्रस्तुत

बुधबार, ०२ फागुन २०७४

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत पाँचौ खेलमा नेपालले १९५ रनको लक्ष्य पाएको छ। टस हारेर निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै क्यानडाले १९४ रन बनायो।

नेपालले ८ विकेट लियो

नेपालले ८ विकेट लियो

बुधबार, ०२ फागुन २०७४

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पाँचौ तथा अन्तिम खेलमा नेपालले क्यानडाको समाना गरिरहेको छ। टस जितेर फिल्डिङ गरिरहेको नेपालका बसन्त रेग्मीले २६ औं ओभरमा एनएस धलीवाललाई आउट गर्दै चौथो विकेट लिएका छन्।

डिभिजन २ क्रिकेट : टस जितेर नेपाल फिल्डिङ गर्दै

डिभिजन २ क्रिकेट : टस जितेर नेपाल फिल्डिङ गर्दै

बुधबार, ०२ फागुन २०७४

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पाँचौ तथा अन्तिम खेलमा बुधबार (आज) नेपाल र क्यानडा भिड्दै छन् । अहिले नेपालले टस जितेर फिल्डिङ रोजेपछि क्यानडालाई ब्याटिङको निम्ता दिएको छ।

रोहित शर्माको सतकमा दक्षिण अफ्रिका बिरुद्ध भारत विजयी

रोहित शर्माको सतकमा दक्षिण अफ्रिका बिरुद्ध भारत विजयी

बुधबार, ०२ फागुन २०७४

पाँचौ वान डे खेलमा ७३ रनले विजयी भएसँगैै भारतले दक्षिण अफ्रिकासँगको वान डे श्रृंखला कब्जा गरेको छ । मंगलबार बेलुकी दक्षिण अफ्रिकाको पोर्ट एलिजावेथ मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २ सय ७५ रन बनाएको थियो।

म्यानचेष्टर सिटीकोे फराकिलो जित, युभेन्टस र टोटनह्याम बराबरीमा

म्यानचेष्टर सिटीकोे फराकिलो जित, युभेन्टस र टोटनह्याम बराबरीमा

बुधबार, ०२ फागुन २०७४

च्याम्पियन्स लिग फुटबल प्रिक्वाटरफाइनलको पहिलो लेगमा इङलिस क्लब म्यानचेष्टर सिटीले स्वीटजरल्याण्डको एफसी बाजललाई पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा सिटीले उसैको मैदानमा बाजललाई ४–० को फराकिलो गोलअन्तरले हराएको हो।

एपिएफलाई महिला भलिबलको उपाधि

एपिएफलाई महिला भलिबलको उपाधि

बुधबार, ०२ फागुन २०७४

चितवनको पटिहानीमा सम्पन्न प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि एपिएफले जितेको छ । फाइनलमा काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि चुमेको हो।

मायांकाको दोहोरो जित

बुधबार, ०२ फागुन २०७४

मायांका राणाले नेपाल आइटिएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट–२ मा मंगलबार एकल र युगल दुवैमा विजय हासिल गरेकी छिन्।

शान्तिनगर र केसिटिसी सेमिफाइनलमा

बुधबार, ०२ फागुन २०७४

शान्तिनगर र केसिटीसीले मंगलबारका खेलमा जित हासिल गर्दै खुकुरी च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । मूलपानी क्रिकेट मैदानमा जारी प्रतियोगितामा मंगलबार शान्तिनगरले त्रिभुवन आर्मी क्लब तथा केसिटिसीले वाइवाइ जिएचसिएलाई पराजित गर्दै अन्तिम चारको टिकट काटेका थिए।

ग्यालेक्सी र ज्ञाननिकेतन विजयी

बुधबार, ०२ फागुन २०७४

११औं प्रधानसेनापति अन्तरविद्यालय टी–ट्वान्टी क्रिकेटमा ग्यालेक्सी र ज्ञाननिकेतन स्कुलले जित निकालेका छन् । मंगलबार भएको खेलमा ग्यालेक्सीले बेबिलोनलाई ३ विकेटले पराजित गर्दा अर्को खेलमा ज्ञाननिकेतनले विद्यासंस्कारलाई ४० रनले पराजित गरेको हो।

जित्नै पर्ने दबाबमा नेपाल

जित्नै पर्ने दबाबमा नेपाल

बुधबार, ०२ फागुन २०७४

घरेलु टोली नामिबियाले मंगलबार केन्यालाई ८ विकेटले हराएपछि आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को शीर्ष दुईमा रहन नेपालले बुधबार क्यानाडालाई हराउनै पर्ने दबाब छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।