पथलैयालाई भलिबल उपाधि

पथलैयालाई भलिबल उपाधि

आइतबार, ०६ फागुन २०७४

महाशिवरात्रि पर्वको अवसरमा सर्लाहीको हरिपुरमा सम्पन्न प्रदेश नं. २ स्तरीय रामलखन चौधरी स्मृति नकआउट भलिबल प्रतियोगिताको उपाधि बाराको पथलैया युवा टोलीले चुमेको छ । उपाधिसँगै टोलीले २५ हजार नगद प्राप्त गरेको छ।

दाइसुके र चुइलाई उपाधि

दाइसुके र चुइलाई उपाधि

आइतबार, ०६ फागुन २०७४

जापानका दाइसुके इनागावा र हङकङकी चुइ केइ लिउङले शनिबार नेपाल आइटिएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट– २ अन्तर्गत एकल विधाको उपाधि जितेका छन्।

बगर भाइखलक ‘ए’ विजयी

आइतबार, ०६ फागुन २०७४

पोखराको बगर भाइखलक ‘ए’ ले शनिबार दोस्रो रुस्लान जावलाखेल कप ‘नाइन ए साइड’ भेट्रान फुटबलमा इन्डिजिनस फुटबल क्लबलाई २–० ले पराजित गरेको छ।

करियर, डेन्स र हाइल्यान्ड विजयी

आइतबार, ०६ फागुन २०७४

अक्षरिका इङ्लिस स्कुलको आयोजनामा शनिबारबाट सुरु फेका कप अन्तविद्यालय फुटबल प्रतियोगितामा करियर बोर्डिङ इन्टरनेसनल स्कुल, डेन्स एकेडेमी र हाइल्यान्ड इङ्लिस स्कुलले विजयी सुरुआत गरेका छन्।

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, पारसले के भने ?

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, पारसले के भने ?

शनिबार, ०५ फागुन २०७४

आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली शनिबार साँझ स्वदेश फर्किएको छ।

हेटौंडा गोल्डकपमा मनाङ मर्स्याङ्दीको बिजयी सुरुवात

हेटौंडा गोल्डकपमा मनाङ मर्स्याङ्दीको बिजयी सुरुवात

शनिबार, ०५ फागुन २०७४

हेटौंडा गोल्डकपको तेश्रो संस्करणमा मनाङ मर्स्याङ्दी क्लबले बिजयी सुरुवात गरेको छ। साविकको उपविजेता मनाङ मर्स्याङ्दीका सुजल श्रेष्ठले पेनाल्टी मार्फत् निर्णायक १ गोल गर्दै सेमिफाइनलमा प्रवेश गराए।

आर्मीले जित्यो सिमरा गोल्डकपको उपाधि

आर्मीले जित्यो सिमरा गोल्डकपको उपाधि

शनिबार, ०५ फागुन २०७४

रुस्लान नवौ सिमरा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। सिमरा रङ्गशालामा शनिबार भएको प्रतियोगिता अन्तर्गतको फाइनल खेलमा आर्मीले  थ्रिस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्यो।

विश्वकप छनोटमा पुगेको नेपाली टिमलाई वाइसीएलले स्वागत गर्ने

विश्वकप छनोटमा पुगेको नेपाली टिमलाई वाइसीएलले स्वागत गर्ने

शनिबार, ०५ फागुन २०७४

नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएलले आइसीसी विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ।

हेटौंडा गोल्डकप अाजबाट, मनाङ  र  एपीएफ भिड्दै

हेटौंडा गोल्डकप अाजबाट, मनाङ र एपीएफ भिड्दै

शनिबार, ०५ फागुन २०७४

मकवानपुरको हेटौंडामा शनिबार (आज) बाट तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लब र एपीएफबीच दिउँसो २ः४५ बजे हेटौंडाको फरेष्ट्री चौरमा प्रतिस्पर्धा हुनेछ।

सिमरा गोल्डकप :  उपाधिका लागि थ्री स्टार र आर्मी भिड्दै

सिमरा गोल्डकप : उपाधिका लागि थ्री स्टार र आर्मी भिड्दै

शनिबार, ०५ फागुन २०७४

बाराको सिमरामा जारी रूस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) थ्री स्टार क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो २ः४५ बाट सिमरा रंगशालामा सुरु हुनेछ।

एफए कप : चेल्सी र लेष्टर सिटी क्वाटरफाइनलमा प्रवेश

एफए कप : चेल्सी र लेष्टर सिटी क्वाटरफाइनलमा प्रवेश

शनिबार, ०५ फागुन २०७४

चेल्सी र लेष्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

एन्फा अध्यक्षमा कुँवरको उम्मेदवारी

एन्फा अध्यक्षमा कुँवरको उम्मेदवारी

शनिबार, ०५ फागुन २०७४

अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचनका लागि मनोनयनको अन्तिम दिन शुक्रबार बरिष्ठ उपाध्यक्ष मणी कुँवरले संस्थापन पक्षबाट अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । ब्वाइज युनियन क्लबबाट फुटबलमा छिरेर बीस वर्ष सेवा गरेको भन्दै कुँवरले अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्ष विराटजंग शाही, केही केन्द्रिय पदाधिकारी तथा जिल्ला प्रतिनिधिलाई साक्षी राखेर उम्मदेवारी घोषणा गरेका थिए।

अस्ट्रेलियाको कीर्तिमानी जित

अस्ट्रेलियाको कीर्तिमानी जित

शनिबार, ०५ फागुन २०७४

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा कीर्तिमानी रनको लक्ष्य पूरा गर्ने क्रममा शुक्रबार क्रिकोणात्मक शृंखलाको पाँचौं खेलमा न्युजिल्यान्डमाथि ५ विकेटको जित हासिल गरेको छ।

खेलाडी सम्मानित

शनिबार, ०५ फागुन २०७४

बनेपा नगरपालिका, मोर्डन कलेज र तेक्वान्दो (आइटिएफ) नेपालले शुक्रबार अन्तर्राष्ट्रिय पदकधारी खेलाडीहरुलाई सम्मान गरेको छ।

एनआइसी एसिया च्याम्पियन

शनिबार, ०५ फागुन २०७४

नेपाल इन्भेष्टमेन्ट बैक(एनआइबीएल)ले स्थापनाको ३२औं वार्षिकोत्सवमा आयोजना गरेको अन्तर बैक फुटसल प्रतियोगिताको उपाधि एनआइसी एसिया बैंकले जितेको छ।

बास्केटबल लिग शनिबारबाट

शनिबार, ०५ फागुन २०७४

प्ले अफ डिप्राइभ्ड नेपाल (पिडिसिएन)को आयोजना तथा नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा शनिबार (आज) बाट प्रथम क्विक्स पुरुष बास्केटबल लिग हुने भएको छ।

कञ्चनपुरमा मेयर कप सुरु

कञ्चनपुरमा मेयर कप सुरु

शुक्रबार, ०४ फागुन २०७४

कञ्चनपुरमा शुक्रबारदेखि प्रथम मेयर कप खेलकुद प्रतियोगिता सुरु भएको छ। जिल्ला खेलकुद विकास समितिको मैदानमा आयोजित प्रतियोगिताको भीमदत्त नगरपालिकाका प्रमुख (मेयर) सुरेन्द्र विष्टले उद्घाटन गरे।

सिमरा गोल्डकपको उपाधि उचाल्ने थ्रिस्टार र आर्मीको दाबी

सिमरा गोल्डकपको उपाधि उचाल्ने थ्रिस्टार र आर्मीको दाबी

शुक्रबार, ०४ फागुन २०७४

रूस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी र थ्रिस्टार क्लबबीच शनिबार सिमरा रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ। दुबै टिमले उपाधि आफूले जित्ने दाबी गरेका छन्।

नेपालको विश्वकप छनोट यात्रा कति कठिन ?

नेपालको विश्वकप छनोट यात्रा कति कठिन ?

शुक्रबार, ०४ फागुन २०७४

एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल आयोजक जिम्बावेसँग खेल्ने तय भएको छ। आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बि’ मा रहेको छ।

युइएफएको निर्णयमा वेंगर असन्तुष्ट

युइएफएको निर्णयमा वेंगर असन्तुष्ट

शुक्रबार, ०४ फागुन २०७४

आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले स्ट्राइकर पिरे इमेरिक औबामेयाङलाई युइएफएले युरोपा लिगमा खेल्न नपाउने निर्णय गरेपछि त्यसमाथि प्रश्न उठाउँदै यसको कुनै औचित्य नभएको बताएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।