सानिमा बैंकद्वारा क्रिकेटर लामिछानेलाई प्रायोजन

सानिमा बैंकद्वारा क्रिकेटर लामिछानेलाई प्रायोजन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई सानिमा बैंकले दुई वर्षका लागि थप प्रायोजन गरेको छ। ...

हेटौंडा गोल्डकपको उपाधिका लागि पुलिस र आर्मी भिड्ने

विभागिय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि फाइनलमा भिड्ने भएका छन्। बिहीबार...

भारतसँगको दोस्रो टी – ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी

भारतसँगको दोस्रो टी – ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी

भारतसँगको ३ वटा ट्वान्टी–२० क्रिकेट श्रृखंलाको दोस्रो खेलमा दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको छ। दक्षिण अफ्रिकामा जारी प्रतियोगिताअन्तर्गत बुधबार...

ला लिगा फुटबल : लेगानेसलाई पराजित गर्दै रियल मड्रिड तेस्रो स्थानमा उक्लियो

ला लिगा फुटबल : लेगानेसलाई पराजित गर्दै रियल मड्रिड तेस्रो स्थानमा उक्लियो

स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले लेगानेसलाई ३–१ ले पराजित गरेको छ। बुधबार राति लेगानेसको घरेलु मैदानमा भएको खेलमा रियललाई...

म्यानचेस्टर युनाईटेड सेभियासँग बराबरीमा रोकियो, शख्तरको संघर्षपूर्ण जित

म्यानचेस्टर युनाईटेड सेभियासँग बराबरीमा रोकियो, शख्तरको संघर्षपूर्ण जित

बिहिबार, १० फागुन २०७४

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभिया र इङलिस क्लब म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएका छन्। प्रतियोगिताअन्तर्गत बुधबार राति सेभियाको मैदानमा भएको प्रि क्वाटरफाइनलको पहिलो लेगको खेलमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका हुन्।

हेटौंडा गोल्डकप : अन्तिम सेमिफाइनलमा पुलिस र संकटा भिड्दै

हेटौंडा गोल्डकप : अन्तिम सेमिफाइनलमा पुलिस र संकटा भिड्दै

बिहिबार, १० फागुन २०७४

मकवानपुरको हेटौंडामा जारी तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा विहिबार (आज) दोस्रो तथा अन्तिम सेमिफाइलमा नेपाल पुलिस क्लब र संकटा क्लब भिड्दै छन्। खेल दिउँसो २ः४५ बाट हेटौंडाको वन विज्ञान संस्थानको खेलमैदानमा सुरु हुनेछ।

एपिएफविरुद्ध आर्मीको जित

बिहिबार, १० फागुन २०७४

तेस्रो प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, पश्चिमाञ्चल विकाश क्षेत्र, सुदूरपश्चिमाञ्चल विकाश क्षेत्र र नेपाल पुलिस क्लबले बुधबार जित निकालेका छन्।

वीरेन्द्र सैनिक र राजन मेमोरियल विजयी

बिहिबार, १० फागुन २०७४

वीरेन्द्र सैेनिक आवासीय महाविद्यालय (एसएएमबी) ‘ए’ र राजन मेमोरियल स्कुलले बुधबार ११औं प्रधानसेनापति अन्तरविद्यालय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सुपर लिगमा विजयी सुरुआत गरेका छन् ।भक्तपुरस्थित एसएएमबीको क्रिकेट मैदानमा भएको खेलमा एसएएमबीले जेम्स स्कुललाई ६५ रनले पराजित गर्दा राजन मेमोरियलले ग्यालेक्सी पब्लिक स्कुललाई ३७ रनले पराजित गर्यो।

अस्ट्रेलियालाई टी –२० शृंखला

अस्ट्रेलियालाई टी –२० शृंखला

बिहिबार, १० फागुन २०७४

वर्षाले प्रभावित अन्तिम ट्राइ सिरिज ट्वान्टी–२० खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई डर्क वर्थ लुइस पद्धतिका आधारमा १९ रनले पराजित गर्दै शृंखला जितेको छ । बुधबार सिरिज हात पारेसँगै अस्ट्रेलिया आइसिसी टी– ट्वान्टी क्रिकेटको वरीयतामा शीर्ष स्थानमा उक्लिएको छ।

गल्ती महँगो भयो : कोन्टे

गल्ती महँगो भयो : कोन्टे

बिहिबार, १० फागुन २०७४

चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले मंगलबार घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा टोलीले गरेको एक गल्ती महँगो साबित हुँदा च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा बर्सिलोनासँग १–१ को बराबरीमा रोकिनुपरेको प्रतिक्रिया दिएका छन् ।

फिफाद्वारा समर्थन गर्न फुकुवा

बिहिबार, १० फागुन २०७४

फिफाले चौतर्फी विरोध भएसँगै आफ्ना सदस्यलाई सन् २०२६ को विश्वकपको आयोजना दाबीमा सार्वजनिक रूपमा समर्थन गर्नमा लगाएको प्रतिबन्ध हटाएको छ।

गौरव र अनिश सेमिफाइनलमा

बिहिबार, १० फागुन २०७४

आठौं बबिन स्मृति पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा नेपाल प्रहरीका गौरव दाहाल र अनिश श्रेष्ठ सेमिफाइनलमा प्रवेश गरेका छन्। २१–१९, १८–२१ र २१–१५ को सेटमा देवीनगर क्लबका अनिल थाम्सुहाङ र महेश थापाको जोडीलाई पराजित गर्दै नेपाल प्रहरीका गौरव दाहाल र अनिश श्रेष्ठको जोडी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।

लिटिल एन्जल्स कराते हुँदै

बिहिबार, १० फागुन २०७४

दोस्रो लिटिल एन्जल्स (एलए) अन्तरविद्यालय कराते प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । लिटिल एन्जल्स स्कुलको आयोजनामा हुन लागेको प्रतियोगितामा एकल कातासहित ब्वाइजमा १३ र गल्र्समा १२ गरी कुल २५ स्पर्धामा खेलाडीले सहभागिता जनाउँदै छन्। हात्तीवनस्थित एलए परिसरमा हुने प्रतियोगितामा काठमाडौं, ललिपतुर, भक्तपुर र काभ्रेबाट २ सय खेलाडीले सहभागिता रहने आयोजकले जनाएको छ ।

कीर्तिपुर विजयी

बिहिबार, १० फागुन २०७४

राजधानीमा जारी प्रथम क्विक्स पुरुष बास्केटबल प्रतियोगितामा बुधबार भएको खेलमा बुढानिलकण्ठ घरेलु कोर्टमा कीर्तिपुर बास्केटबल टिमसँग पराजित भएको छ।

डिपिएलमा करण महँगा, बिकेनन् महबुब

डिपिएलमा करण महँगा, बिकेनन् महबुब

बिहिबार, १० फागुन २०७४

नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ मा क्यानडामाथि १ विकेटको अविश्वसनीय जित दिलाउन महत्वपूर्ण भमिका निर्वाह गरेका बलिङ अलराउन्डर करण केसीलाई धनगढी प्रिमियर लिगको दोस्रो संस्करण (डिपिएल–२)का टोलीहरूले सबैभन्दा धेरै भाउ लगाएका छन्।

आर्मी हेटौंडा गोल्डकपको फाइनलमा

आर्मी हेटौंडा गोल्डकपको फाइनलमा

बुधबार, ०९ फागुन २०७४

साविक विजेता नेपाल आर्मी क्लब टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको तेश्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनलमा प्रतियोगिताको पहिलो संस्करणको विजेता लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो।

डीपीएल–२ मा चार खेलाडी सबैभन्दा महंगा  (सूचीसहित)

डीपीएल–२ मा चार खेलाडी सबैभन्दा महंगा (सूचीसहित)

बुधबार, ०९ फागुन २०७४

धनगढीमा आगामी चैत १७ देखि सुरु हुने दोस्रो धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेटका लागि खेलाडीहरुको अक्सन बुधबार (आज) सम्पन्न भएको छ।

प्रदेश सरकारले करण केसीलाई १ लाख दिने

प्रदेश सरकारले करण केसीलाई १ लाख दिने

बुधबार, ०९ फागुन २०७४

प्रदेश नम्बर ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्फबाट १ लाख प्रदान गर्ने घोषणा गरेका छन्।

चेल्सी र बार्सिलोनाको बराबरी, बायर्न म्युनिखको फराकिलो जित

चेल्सी र बार्सिलोनाको बराबरी, बायर्न म्युनिखको फराकिलो जित

बुधबार, ०९ फागुन २०७४

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना र इङलिस क्लब चेल्सी १–१ गोलको बराबरीमा रोकिएका छन्। मंगलबार राति चेल्सीको घरेलु मैदाननमा सम्पन्न प्रि क्वाटरफाईनलको पहिलो लेगमा दुवै टोलीले बराबरी खेल्दै अंक बाडेका हुन्।

हेटौंडा गोल्डकप : पहिलो सेमिफाइनलमा आर्मी र मनाङ भिड्दै

हेटौंडा गोल्डकप : पहिलो सेमिफाइनलमा आर्मी र मनाङ भिड्दै

बुधबार, ०९ फागुन २०७४

मकवानपुरको हेटौंडामा जारी तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा बुधबार (आज) बाट सेमिफाइलका खेल सुरु हुदैछ। पहिलो सेमिफाइल खेलमा त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा हुदैछ। खेल दिउँसो २ः४५ बाट हेटौंडाको वन विज्ञान संस्थानको खेलमैदानमा सुरु हुनेछ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।