नक्कली आरोपमा पक्राउ परेका चिकित्सकको रिट खारेज

सोमबार, १३ असार २०७३

काठमाडौ-सर्वोच्च अदालतले नक्कली सर्टिफिकेट पेश गरि डाक्टर अध्ययन गरेको आरोपमा पक्राउ परेका चिकित्सको निवेदमा फैसला गर्दै सरकारको अनुसन्धानमा नियतको खोजी नगरि सहयोग गर्न भनेको छ।

विदेश जाने सन्तानब्बे प्रतिशत कामबारे अनभिज्ञ

सोमबार, १३ असार २०७३

काठमाडौ- वैदेशिक रोजगारीमा जाने ९७ प्रतिशत नागरिकलाई आफू के काम गर्नका लागि विदेश जाँदैछु भन्ने समेत थाहा नहुने एक अध्ययनले बताएको छ।

अमेरिका, क्यानडा पठाइदिन्छु भन्दै ठग्ने ज्योतिष पक्राउ

सोमबार, १३ असार २०७३

काठमाडौं—युवालाई अमेरिका, क्यानडा लगायतका मुलुक पठाइदिन्छु भनी ठगी गर्ने एकजना विद्यावारिधि डिग्रीधारी ज्योतिषलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले विभिन्न युवालाई विदेश पठाइदिने भन्दै करिब २५ लाख ठगेको आरोपमा डाक्टर पुण्यप्रसाद दंगाललाई थानकोटबाट पक्राउ गरेको हो।

माइक्रोबसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

सोमबार, १३ असार २०७३

राजविराज—पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ–८ मा आइतबार माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ।

करेन्ट लागेर मृत्यु

सोमबार, १३ असार २०७३

भक्तपुर- अनन्तलिङ्गेश्वर नगरपालिका वार्ड नं ४ गुण्डुमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।

प्रहरी जवानद्धारा बृद्धामाथि जबरजस्ति करणी प्रयास

सोमबार, १३ असार २०७३

सोलुखुम्बु-सोलुखुम्बुमा एक प्रहरी जवानले बृद्ध महिला माथि जबरजस्ति करणीको प्रयास गरेका छन्। उनले करणीको प्रयाससँगै धारिलो हतियार प्रहार गरि ति बृद्धालाई घाइते समेत बनाएका छन्।

इमाडोलको ग्यासलाई भण्डारण गर्ने तयारी

सोमबार, १३ असार २०७३

खानी तथा भूगर्भ विभागले इमाडोलमा रहेको मिथेन ग्यासलाई भण्डारण गर्ने तयारी गरेको छ । विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार ग्यास भण्डारण गर्नका लागि विभागले समिति गठनको प्रक्रिया अगाडि बढाइसकेको छ ।

१० घण्टापछि नारायणगढ मुग्लिन सडक खुल्यो

१० घण्टापछि नारायणगढ मुग्लिन सडक खुल्यो

सोमबार, १३ असार २०७३

सोमबार बिहान चार बजेदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड १० घण्टापछि दिउँसो दुई बजेबाट सञ्चालनमा आएको छ। मुग्लिनदेखि पूर्व नारायणगढतर्फ चार किलो भन्ने ठाउँमा पहिरो खसेको थियो।

जाजरकोट अस्पतालको प्रसुती भवन ५ वर्षदेखि अलपत्र

जाजरकोट अस्पतालको प्रसुती भवन ५ वर्षदेखि अलपत्र

सोमबार, १३ असार २०७३

१५ शैय्याबाट भर्खरै ५० शैय्यामा स्तर वृृद्धि गरिएको जाजरकोट अस्प्तालको प्रसुती गृहको भवन ५ वर्षदेखि अलपत्र बनेको छ। निर्माणको जिम्मा लिएका ठेकेदार को चरम लापरवाही र गैरजिम्मेवारीका कारण निर्माणाधीन भवन अलपत्र परेको हो।

चार किलोमा फेरि पहिरो, नारायणगढ मुग्लिन सडक अवरुद्ध

सोमबार, १३ असार २०७३

मुग्लिनदेखिपूर्व नारायणगढतर्फ चार किलो भन्ने ठाउँमासोमबार बिहानै पहिरो जाँदा नारायणगढ मुग्लिन सडक खण्डमा यातायात आवागमन अवरुद्ध भएको छ। बिहान चार बजे पहिरो गएसँगै यातायात रोकिएको नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले जनाएको छ।

चिर्पट प्रहार गरी आमाको हत्या

सोमबार, १३ असार २०७३

घरायसी झगडा हुँदा झापा, पृथ्वीनगरमा आज बिहान ३ बजेतिर छोराले आफ्नै आमाको हत्या गरेका छन् ।

उपत्यकामा राँगाभैंसी निषेधको तयारी

उपत्यकामा राँगाभैंसी निषेधको तयारी

सोमबार, १३ असार २०७३

काठमाडौं महानगरपालिकाको अग्रसरतामा उपत्यकाका उप–महानगरपालिका, नगरपालिका र गाविसको सहभागितामा बढ्दै गएको प्रदूषण घटाउन र स्वस्थ्य तथा गुणस्तरीय मासु उपलब्ध गराउन उपत्यकामा राँगाभैंसी ल्याउन प्रतिबन्ध लगाउने भएको छ। तीनबर्से योजना बनाएर जीवित राँगाभैंसीको साटो प्रशोधित मासु भित्र्याउने तयारी गरेको हो।

बेहाल हात्तीगौंडा-टोखा सडक

बेहाल हात्तीगौंडा-टोखा सडक

सोमबार, १३ असार २०७३

हात्तीगौंडा–टोखा सडकको बूढानीलकण्ठ नगरपालिका–७ मा किराना पसल गर्दै आएका कुमार श्रेष्ठ पसलमा बस्दा हिजोआज तनावमा हुन्छन्। खिम्ती विद्युत प्रसारण आयोजनाले सडक भत्काएपछि घाम लाग्दा धुलो र पानी पर्दा हिलाम्मे हुने सडकका कारण उनी तनावग्रस्त बन्ने गरेका हुन्।

विदेश पठाउँछु भन्दै २५ लाख असुली

सोमबार, १३ असार २०७३

प्रहरीले ठगी आरोपमा पिएचडी ज्योतिषका ज्ञातालाई आश्रमबाट पक्रेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले विभिन्न युवालाई विदेश पठाइदिने भन्दै करिब २५ लाख ठगेको आरोपमा पुण्यप्रसाद दंगाललाई थानकोटको अरविन्› योग आश्रमबाट पक्रेको हो।

कमजोर ग्रेडमा छात्रा बढी

सोमबार, १३ असार २०७३

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले असार २ गते प्रकाशित गरेको अक्षरांकन पद्धतिको एसएलसी नतिजामा छात्राको ग्रेड कमजोर देखिएको छ। परीक्षामा केटीहरुको सहभागिता बढी भए पनि उच्च तहको ग्रेडमा पनि केटाले नै उछिनेका छन्।

माइक्रोनेसियामा अलपत्र सातको उद्धार

सोमबार, १३ असार २०७३

मानव तस्करको प्रलोभनमा परी पूर्वी प्रशान्त क्षेत्रमा अवस्थित टापु राष्ट्र माइक्रोनेसिया पुगेका १६ नेपालीमध्ये सात जनालाई मलेसियास्थित नेपाली दूतावासले उद्धार गरी स्वदेश फर्काएको छ। उनीहरूलाई शनिबार नेपाल फर्काइएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

श्रीलंका ट्रान्जिट

श्रीलंका ट्रान्जिट

सोमबार, १३ असार २०७३

मानव तस्करीमा संलग्न अन्तर्राष्ट्रिय गिरोहले पछिल्ला दिन श्रीलंकालाई 'ट्रान्जिट प्वाइन्ट' बनाउँदै नेपालबाट तस्करी गरिरहेको खुलेको छ। गिरोहले उक्त रुटबाट अहिलेसम्म १ हजार ४ सयभन्दा बढी नेपाली युवायुवती विदेश पुर्‍याइसकेको छ।

काठमाडौंबाट चोरी भएको मोटरसाइकल ७ बर्ष पछि फेला

आइतबार, १२ असार २०७३

रौतहट-दरवारमार्गबाट ७ बर्ष अघि चोरी भएको मोटरसाइकल रौतहटको गरुडा नगरपालिका २ बाट बेवारिसे अवस्थामा बरामद भएको छ।

बसको ठक्करबाट मृत्यु

आइतबार, १२ असार २०७३

कोहलपुर-पूर्वपश्चिम राजमार्गको खासकुश्मा रात्री बसको ठक्करबाट एक युवाको मृत्यु भएको छ।

कर्मचारीमाथि कालोमोसो

आइतबार, १२ असार २०७३

पाल्पा-जिल्ला शिक्षा कार्यालय पाल्पाका सहायक जिल्ला शिक्षा अधिकारी रेशमलाल न्यौपानेलाई अपरिचित व्यक्तिले कालोमोसो दलेका छन्।