मिटर ब्याज असुल्ने वित्तिय संस्थाका संचालक पक्राउ

सोमबार, ०७ फागुन २०७४

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गैरकानुनी रुपमा करोडौ कारोबार गर्ने पाँच वित्तिय संस्थाका संचालकलाई पक्राउ गरेको छ।

चोरी हुन थाल्यो कमल

सोमबार, ०७ फागुन २०७४

सिस्ने गाउँपालिका वडा नं. ५ मा रहेको कमल दहमा पाइने कमल चोरी हुन थालेको छ। सरोकारवाला निकायको उदासिनताका कारण कमल चोरी हुन थालेको हो।

आरक्ष विस्थापितको शिविरमा हात्ती आतंक, २१ टहरा भत्कायो

आरक्ष विस्थापितको शिविरमा हात्ती आतंक, २१ टहरा भत्कायो

सोमबार, ०७ फागुन २०७४

कञ्चनपुरका आरक्ष विस्थापितको शिबिरमा जंगली हात्तीको बथानले आतकं मच्चाएको छ । जंगली हात्तीको बथानले ढक्का र तारापुर शिबिरमा बस्दै आएका आरक्ष विस्थापितको टहरा भत्काईदिएको हो।

सुप विश्वविद्यालयमा रिले अनशन

सुप विश्वविद्यालयमा रिले अनशन

सोमबार, ०७ फागुन २०७४

महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सुधारको माग गर्दै प्राध्यापक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरुले रिले अनशन सुरु गरेका छन्।

जोत्ने क्रममा एकको मृत्यु

सोमबार, ०७ फागुन २०७४

हाते ट्रयाक्टरले जोत्ने क्रममा एक जनाको मृत्यु भएको छ। निस्दी गाउँपालिका–५ गेजाका कुलबहादुर सारुले आफ्नै बारी जोत्ने क्रममा खुट्टामा चोट लागेको थियो। उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

खडेरी प्रभावित क्षेत्रका लागि २५ हजार क्विन्टल खाद्य माग

सोमबार, ०७ फागुन २०७४

बाजुराको पूर्वी उत्तरी भेगका खडेरी प्रभावित क्षेत्रका लागि खाद्यान्न माग गरिएको जिल्ला दैवी प्रकोप उद्धर समिति बाजुराले जनाएको छ।

जंगली हात्तीले २१ घर भत्काए

सोमबार, ०७ फागुन २०७४

कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा अस्थायी टहरा बनाएर आश्रय लिँदै आएका निकुञ्ज शिविरमा आइतबार राति जंगली हात्तीले २१ वटा घर भत्काएको छ ।

प्रजातन्त्र दिवसमा राष्ट्रपति टुँडिखेलमा

सोमबार, ०७ फागुन २०७४

राष्ट्रपति विद्यादेवी भण्डारी ६८औँ प्रजातन्त्र दिवसका अवसरमा नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भइन्।

ढिस्कोले पुरिएर सासु, बुहारीको मृत्यु

सोमबार, ०७ फागुन २०७४

संखुवासभाको मादी नगरपालिका ४ स्थित डाँडागाउँमा रातोमाटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर २ जनाको ज्यान गएको छ । आइतबार बेलुका ४ बजे घर पोत्ने रातोमाटो खन्ने क्रममा ढिस्कोले पुरिएर सासु, बुहारीको ज्यान गएको हो।

पाटनमा नयाँ कुमारी

पाटनमा नयाँ कुमारी

सोमबार, ०७ फागुन २०७४

पाटनमा नयाँ कुमारी चयन गरिएको छ । पाँच वर्षीया निहिरा बज्राचार्यलाई शनिबार विषेश पूजा आराधना गरी कुमारी घरमा भित्र्याइएको हो ।

पर्यटकलाई आकर्षित गर्दै सुन्दर तिम्बुपोखरी

पर्यटकलाई आकर्षित गर्दै सुन्दर तिम्बुपोखरी

सोमबार, ०७ फागुन २०७४

पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय स्थलको रुपमा परिचित छ । यस पोखरीमा पछिल्लो समय घुम्न जाने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको छ । लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूलहरु फुल्ने यी दुई महिना तिम्बुपोखरी जाने उचित समय मानिन्छ । बर्सेनि कठिन भूगोल छिचोलेर यहाँ पुग्नेको संख्या उल्लेख्य हुन्छ । हिमाली क्षेत्रमा पर्ने तिम्बुपोखरी आफैँमा सुन्दर छ । तिम्बुसँगै जोडिएका अन्य ठाउँ पनि आकर्षक छन्।

धुलिखेलका पशुमा खोरेत रोग फैलियो

सोमबार, ०७ फागुन २०७४

खोरेत रोग(फुट एन्ड माउथ डिजिज–एफएमडी) धुलिखेल–१, देवीटारका पशुबस्तुमा फैलिएको छ । यसबाट गरी नौवटा गाई र भैंसी प्रभावित र एउटा बाच्छीको मृत्यु भइसकेको छ ।

आगलागीपीडितलाई राहत

आगलागीपीडितलाई राहत

सोमबार, ०७ फागुन २०७४

खोटाङको हलेसीका आगलागीपीडितका लागि देशविदेशमा संकलन भएको १३ लाखभन्दा बढी रुपैयाँ हस्तान्तरण गरिएको छ । गत पुस १८ गते भएको आगलागीमा घरसहित सर्वस्व गुमाएपछि टहरामा कष्टपूर्ण दिन बिताइरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका अग्निपीडितको सहयोगका लागि स्वदेश तथा विदेशमा गरी १३ लाख ३५ हजार १ सय ८५ रुपैयाँ संकलन भएको थियो ।

सामूहिक ब्रतबन्ध विद्यालयलाई आय आर्जनको स्रोत

सामूहिक ब्रतबन्ध विद्यालयलाई आय आर्जनको स्रोत

सोमबार, ०७ फागुन २०७४

विदुर नगरपालिका वडा नम्बर ५ देवीघाटमा रहेको सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयले हरेक वर्ष बटुकहरुको सामूहिक ब्रतबन्ध गराउँदै आएको छ ।

विकासका नाममा जनप्रतिनिधिको मनपरी

सोमबार, ०७ फागुन २०७४

जिल्लास्थित स्थानीय तहमा जनप्रतिनिधिले मनपरी ढंगले काम गरेको पाइएको छ । ग्रामीण क्षेत्रमा गरिने सडक निर्माण र ह्युमपाइप खरिदमा जनप्रतिनिधिले मनपरी गरेको तथ्य खुलेको हो । जनप्रतिनिधिले बलमिच्याइँपूर्वक गर्न लगाएको कामको भुक्तानी नपाउँदा सर्वसाधारण मर्कामा परेका छन्।

खोटाङमा राष्ट्रिय बालसाहित्य सम्मेलन हुने

सोमबार, ०७ फागुन २०७४

२५औं राष्ट्रिय बालसाहित्य सम्मेलन खोटाङमा हुने भएको छ । नेपाल बालसाहित्य समाज काठमाडौंको आयोजनामा फागुन २४, २५ र २६ गते दिक्तेलमा बालसाहित्य सम्मेलन गर्ने टुंगो गरिएको हो । बालसाहित्यमा लोकसाहित्यको प्रभाव, अभिभावक र बालसाहित्य, बालसाहित्यमा बालअधिकार र कर्तव्यलगायतका विषयमा कार्यपत्र प्रस्तुति, शिक्षक तथा अभिभावकसँग अन्तत्र्रिmया एवं बालपुस्तकको प्रदर्शनी गरिने समाजले जनाएको छ ।

मानवशास्त्र ओझेलमा परेकोमा चिन्ता

मानवशास्त्र ओझेलमा परेकोमा चिन्ता

सोमबार, ०७ फागुन २०७४

मानव जातिको संस्कृति, सभ्यता, विविधता र समाजको बनोटलाई जोड्न सक्ने विषय भएर पनि मानवशास्त्र ओझेलमा परेको मानवशास्त्रीले बताएका छन् । समाजमा जातीय, धार्मिक, सांस्कृतिक विविधता रहेको र त्यसलाई समावेशी बनाउन सघाउने विषय मानवशास्त्रलाई सबैतिरबाट बेवास्ता गरिएको उनीहरुको चिन्ता छ ।

अपहृत बालक मृत भेटिए

अपहृत बालक मृत भेटिए

सोमबार, ०७ फागुन २०७४

जिल्लाको पिपराबाट बिहीबार अपरहणमा परेका पाँच वर्षीय बालकको शव भेटिएको छ । मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष फत्ते मोहम्मद मुसलमानका छोरा एमान बिहीबार घरअघिबाट अपहरणमा परेका थिए ।

सुकुमवासीद्वारा नगरपालिकामा तालाबन्दी

सुकुमवासीद्वारा नगरपालिकामा तालाबन्दी

सोमबार, ०७ फागुन २०७४

रौतहटको चन्द्रपुर नगरपालिकामा स्थानीय सुकुमवासीले तालाबन्दी गरेका छन् । नगरपालिकाले व्यवस्थित बसोवास आयोगले माग गरेको सिफरिस नदिएको भन्दै सुकुमवासीले चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज तिमल्सिनासहित कर्मचारीलाई कार्यालयबाहिर निकालेर मुख्य गेटमै ताला लगाइदिएका हुन ।

विपन्नको जीवन : ऋणमै सुरु, ऋणमै अन्त्य

विपन्नको जीवन : ऋणमै सुरु, ऋणमै अन्त्य

सोमबार, ०७ फागुन २०७४

साविक हनुमाननगर–७ (हाल धनगडीमाई नगरपालिका–३) को सडकछेउस्थित ऐलानी जग्गामा लहरै फुसका छाप्रा छन् । तिनैमध्ये एउटा छाप्रोमा सुकनी सदायको पाँचजनाको परिवार अटाएको छ । चार छोरी र एक छोरा गरी पाँच सन्तानमध्ये दुई छोरीको विवाहमा सर्वस्व गुमाइसकेकी उनलाई बाँकी सन्तानको भविष्यले चिन्तित बनाएको छ ।