अध्यक्ष दाहाल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता

मङ्गलबार, ०८ फागुन २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री ये झाउले भेटवार्ता गरेका छन्।

तीनकुने स्थीत बागमती पुलमा शंकास्पद बस्तु भेटिएपछि यातायात प्रभावित

तीनकुने स्थीत बागमती पुलमा शंकास्पद बस्तु भेटिएपछि यातायात प्रभावित

मङ्गलबार, ०८ फागुन २०७४

काठमाडौंको तीनकुने नजिकै बागमती पुलमा शंकास्पद बस्तु भेटीएको छ। महानगरीय प्रहरी वृत्त अगाडिको सडकमा भेटिएको बस्तु बम भएको आशंकामा नेपाली सेनाको डिस्पोजल टोलीले चेकजाँच गरेको थियो। सेनाको चेक पछि बम नभएको पुष्टि भएको छ।

पोखरामा बम विष्फोट हुँदा प्रहरी र पत्रकार घाइते

पोखरामा बम विष्फोट हुँदा प्रहरी र पत्रकार घाइते

मङ्गलबार, ०८ फागुन २०७४

कास्कीको विजयपुरमा भएको बम विष्फोटमा परी एक प्रहरी र एक पत्रकार घाइते भएका छन् ।घाइते हुनेमा रेडियो गण्डकीका पत्रकार धनश्याम पाण्डे र प्रहरी जवान कुलबहादुर खत्री रहेका छन् ।

बल्दैनन् महानगरका सडक बत्ती

मङ्गलबार, ०८ फागुन २०७४

ललितपुर महानगरपालिकाका विभिन्न ठाउँमा रहेका सडक बत्ती नबल्ने भएका छन् ।अघिल्लो वर्षमात्रै हालिएका ९६७ वटा बत्तीमध्ये अधिकांश बिग्रिसकेको महानगरपालिकाले जनाएको छ।

भक्तपुर रेडक्रसको बजेट तीन करोड

मङ्गलबार, ०८ फागुन २०७४

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको २३आै जिल्ला सभाले आगामी आर्थिक वर्ष २०७५-७६ को प्रस्तावित कार्यक्रम र बजेट पारित गरेको छ ।शाखाको स्वर्ण जयन्ती वर्षको शुभारम्भ तथा २३औँ जिल्ला सभाले आव २०७५-७६ को लागि रु दुई करोड ६५ लाख ९३ हजार बजेट पारित गरको हो।

सेनाद्वारा बम निष्क्रिय

मङ्गलबार, ०८ फागुन २०७४

बागलुङ नगरपालिका–२ स्थित पुरानो बसपार्कमा गएराती अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ।

विप्लव बन्दको प्रभाव आंशिक

मङ्गलबार, ०८ फागुन २०७४

सोमबार राति भएको एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’ भन्दा आफु पहिलो नेपाल कम्युनिष्ट पार्टी दाबी गर्ने नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपाको नेपाल बन्दले उदयपुरको जनजीवन प्रभावित भएको छ।

शंकास्पद वस्तु फेला

मङ्गलबार, ०८ फागुन २०७४

बूढीगंगा नगरपालिकाको बार्जुगाड पुलमा आज शंकास्पद बस्तु फेला गरेको छ।

क्षेत्रीय अस्पताललाई प्रदेशकै नमूना बनाइने : मुख्यमन्त्री शाही

मङ्गलबार, ०८ फागुन २०७४

प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतलाई प्रदेशकै नमूना अस्पताल बनाइने बताएका छन्।

जीप दुर्घटनामा २ को मृत्यु, ५ घाइते

मङ्गलबार, ०८ फागुन २०७४

बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ।

बन्दले म्याग्दीको जनजीवन प्रभावित

मङ्गलबार, ०८ फागुन २०७४

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार गरेको बन्दले बिहानै देखी म्याग्दीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण म्याग्दीबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी छुट्न सकेका छैनन्।

अवैध तरिकाले लगाईएको एक्साभेटर प्रहरी नियन्त्रणमा

अवैध तरिकाले लगाईएको एक्साभेटर प्रहरी नियन्त्रणमा

मङ्गलबार, ०८ फागुन २०७४

रौतहटको बागमती नदीमा अवैधानिक तरिकाले उत्खन गरिरहेको एक एक्साभेटरलाई प्रहरीले सोमबार राति नियन्त्रणमा लिएको छ । गएराति १२ बजेको समयमा गढीमाई नगरपालिका १ स्थित बागमती नदिमा अवैधरुपमा एक्साभेटर लगाएर नदी उत्खनन गरिरहेकै बेला इलाका प्रहरी कार्यालय समनपुरको टोलिले नम्बर प्लेट नभएको (अनटेस्ट) एक्साभेटर सहित दुईजनालाई नियन्त्रणमा लिएको हो।

सदायको शव फेला, हत्याको आशंका

मङ्गलबार, ०८ फागुन २०७४

सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा फेला परेको मृतक पुरुषको पहिचान खुलेको छ।

निर्माण सामग्री लानै सास्ती

निर्माण सामग्री लानै सास्ती

मङ्गलबार, ०८ फागुन २०७४

हाकुका भूकम्पपीडितलाई निर्माण सामग्री लैजान सकस भएको छ । सडक सञ्जालले नछोएको दुर्गममा पर्ने हाकुका भूकम्पपीडित सदरमुकामबाटै रड, काठ, सिमेन्ट, बालुवालगायत सामग्री बोकेर लान बाध्य छन्।

मासु र रक्सीले आमशयको क्यान्सर बढ्दै

मासु र रक्सीले आमशयको क्यान्सर बढ्दै

मङ्गलबार, ०८ फागुन २०७४

पाटन अस्पतालमा कार्यरत ३१ वर्षीया सकुनी श्रेष्ठ यतिखेर पेट (आमशय) क्यान्सरले ग्रसित छिन् । आपूm स्वास्थ्यकर्मी भएकाले यति छिटो क्यान्सर भइहाल्ला भन्ने उनको सोच थिएन । उनले बढीजसो महिलालाई हुने पाठेघरको क्यान्सरबाट सतर्क रहन पाठेघरको नियमित चेकजाँच गराइरहेकी थिइन् । तर पेटमा समस्या देखिँदा उनलाई ग्याष्ट्रिक भयो होला भन्ने लाग्यो।

स्थानीय व्यापारी र प्रहरीबीच झडप, ३ घाइते

सोमबार, ०७ फागुन २०७४

पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर छोटी भन्सार नाकामा सोमबार प्रहरी र स्थानीय व्यापारीबीच झडप हुँदा तीन जना घाइते भएका छन्।

ट्याक्टर दुर्घटनामा २ को मृत्यु, ९ घाइते

सोमबार, ०७ फागुन २०७४

रोल्पाको लुङग्री गाउँपालिका–४ गराम्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा ९ जना घाइते भएको प्रहरीले जनाएको छ।

जीप दुर्घटनामा एकको मृत्यु

सोमबार, ०७ फागुन २०७४

स्याङजाको वालिङ नगरपालिका–६ आँपडालीमा जीप दुर्घटनामा परी एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। वालिङ मिर्दीबाट सेखाम तर्फ जाँदै गरेको ग १ ज ६३७३ नम्बरको जीप दुर्घटना हुदा वालिङ नगरपालिका–१० बस्ने ४० वर्षिया विष्णु विकको घट्ना स्थलमै मृत्यु भएको छ।

घुस सहित भूमि सुधार कार्यालयका अधिकृत पक्राउ

सोमबार, ०७ फागुन २०७४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चुडामणि चापगाईंलाई चार लाख घुस सहित पक्राउ गरेको छ।

जेष्ठ नागरिक सम्मानित

जेष्ठ नागरिक सम्मानित

सोमबार, ०७ फागुन २०७४

६८ औं प्रजातन्त्र दिवस एवम् नाइटिङ्गेल स्कुल कुपण्डोलको रजत जयन्तीका अवसरसमा सोमबार स्कुलले जेष्ठ नागरिकलाई सम्मान गरेको छ। विद्यालयको सामाजिक सेवा कार्यक्रमअन्तर्गत जेष्ठ नागरिकलाई सम्मान गरिएको प्रिन्सिपल रञ्जना प्रधानले जानकारी दिइन्।