चितुवा मृत फेला

आइतबार, ०६ फागुन २०७४

सन्धिखर्कको जंगलमा चितुवा मृत फेला परेको छ। सन्धिखर्क नगरपालिका १० को खहरे खोला सामुदायिक वनमा चितुवा मृत अवस्थामा भेटिएको हो। जिल्ला वन कार्यालयका प्रमुख दिपक ज्ञवालीले चितुवालाई कसैले मारेको नभई आफै मरेको हुनसक्ने बताए। उनले सो विषयमा अनुसन्धान भइरेको बताए।

घुस रकम सहित प्रहरी हवल्दार पक्राउ

आइतबार, ०६ फागुन २०७४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले घुस रकम सहित म्याग्दीको रघुगंगा गाउँपालिकामा अवस्थित पाखापानी प्रहरी चौकीबाट प्रहरी हवल्दार कुलवहादुर विसीलाई पक्राउ गरेको छ।

नारायणगढ-मुग्लिन सडकको निर्माण म्याद नथपिने

नारायणगढ-मुग्लिन सडकको निर्माण म्याद नथपिने

आइतबार, ०६ फागुन २०७४

प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले नारायणगढ–मुग्लिन सडकखण्डको म्याद अब नथपिने बताएका छन्। तेस्रो पटक थपिएको म्याद यही फागुन ८ गते समाप्त हुँदैछ।

रसुवामा लुमन्तिद्वारा ३८१ आवास निर्माण

आइतबार, ०६ फागुन २०७४

रसुवामा भूकम्पपछि एक गैरसरकारी संस्थाले ३२१ वटा आवासको निर्माण सम्पन्न गरेको छ । उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालका अनुसार लुमन्ति नामक गैससले उत्तरगयाको लहरेपौवा तथा ढुंगे क्षेत्रमा १५५ आवास निर्माण सम्पन्न गरेको हो।

पोखरीमा डुबेर ४ वर्षीय बालकको मृत्यु

आइतबार, ०६ फागुन २०७४

सप्तरीको डाकनेश्वरी नगरपालिका– ३ मा मामाघर आएका एक भारतीय बालकको पोखरीमा डुबेर आइतबार (आज) मृत्यु भएको छ।

विपन्न समुदायका १५ घरधुरीलाई घर निर्माण

आइतबार, ०६ फागुन २०७४

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका–१५ अमलटारी गाउँका अति गरिब र विपन्न समुदायका लागि घर निर्माण गरिएको छ।

तातोपानी कुण्डको आम्दानीबाट शिक्षकलाई तलब

आइतबार, ०६ फागुन २०७४

म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीस्थित तातोपानी कुण्डको आम्दानी यहाँको सरस्वती माविका शिक्षक-शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ।

लडेर एक यात्रुको मृत्यु

आइतबार, ०६ फागुन २०७४

चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ जलविरेमा पिसाब फेर्न गएका एक यात्रुको लडेर मृत्यु भएको छ।

मोटरसाईकल दुर्घटनामा २ जनाको मृत्यु

आइतबार, ०६ फागुन २०७४

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ११, नवलपुरमा मोटरसाईकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । ना ३ त ६०२७ नम्बरको ट्याक्टरले ना ४५ प ३८२६ नम्बर मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।

लागुऔषधसहित तीन जना पक्राउ

आइतबार, ०६ फागुन २०७४

ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ ।

वडाध्यक्षका छोरा अपहृत

वडाध्यक्षका छोरा अपहृत

आइतबार, ०६ फागुन २०७४

मायादेवी गाउँपालिका– ४ का वडाध्यक्ष फत्ते मोहम्मद मुसलमानका ५ वर्षीय छोरा मोहम्मद एमान अपरणमा परेका छन् । घर पिपराबाट बिहीबार बिहान ८ः ३० बजे बुलाहीहवास्थित मदरसामा पढ्न जानेक्रममा अपरिचित मानिसले छोरालाई अपरण गरी लगेको वडाध्यक्ष मुसलमानले बताए ।

भक्तपुरमा कुकुर बन्ध्याकरण सुरु

भक्तपुरमा कुकुर बन्ध्याकरण सुरु

आइतबार, ०६ फागुन २०७४

भक्तपुर नगरपालिकाले शुक्रबारदेखि नगरका छाडा कुकुरलाई बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोप अभियान थालेको छ ।

वैदेशिक रोजगारीबाट उत्पन्न तनाव व्यवस्थापन गर्दै महिला

आइतबार, ०६ फागुन २०७४

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल दिक्तेलबारीका महिला वैदेशिक रोजगारीका कारण निम्तिएको तनाव व्यवस्थापनमा लागेका छन् । पति विदेशमा रहेका समयमा समाज वा परिवारका सदस्यबाट आउने आक्षेप, शंका, हेला र तिरस्कारका कारण उत्पन्न मानसिक तनाव झेल्न बाध्य महिला संयुक्त रुपमा तनाव व्यवस्थापनमा लागेका हुन् ।

आगलागीमा ७० लाखको क्षति

आगलागीमा ७० लाखको क्षति

आइतबार, ०६ फागुन २०७४

अन्तर्राष्ट्रिय संस्था वल्र्ड भिजन इन्टरनेसनलको चौतारास्थित कार्यालयमा आगलागी भएको छ । आगलागीबाट अनुमानित ७० लाख रुपैयाँ बराबर क्षति भएको संस्थाका जिल्ला व्यवस्थापक दिनेश बरालले बताए । उनका अनुसार प्रिफ्याबबाट बनेका भवन जलेका छन् । भवनमा रहेका सबै फर्निचर, केही थान ल्यापटप र कागजात पनि नष्ट भएका छन् ।

हाई काडेर दिन बिताउँछन् सहकारी कर्मचारी

हाई काडेर दिन बिताउँछन् सहकारी कर्मचारी

आइतबार, ०६ फागुन २०७४

सदरमुकाम मलंगवास्थित डिभिजन सहकारी कार्यालयका कर्मचारी बेकामे बनेपछि हाई काडेर दिन बिताउन बाध्य छन् । सहकारी विभागले अर्को व्यवस्था नभएसम्म गर्दै आएका काम कारबाही नगर्नु भन्ने परिपत्र गरेकाले डिभिजन सहकारी कार्यालयका कर्मचारी कामविहीन बनेका हुन् ।

मापदण्डविपरीत हुलाकी सडक निर्माण हुँदै

मापदण्डविपरीत हुलाकी सडक निर्माण हुँदै

आइतबार, ०६ फागुन २०७४

ठेकेदार कम्पनीको चरम लापारबाहीका कारण यहाँ निर्माणाधीन हुलाकी सडकमा यात्रा कष्टप्रद बनेको छ । ७९ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको हुलाकी सडकको ५७ किलोमिटर खण्डमा उपयुक्त डाइभर्सन नबनाइएकाले यातायात सञ्चालनमा समस्या छ । डाइभर्सनको अनुपयुक्त संरचनाकै कारण सवारी साधनलाई यो सडकमा जोखिमपूर्ण ढंगले गुड्नुपरेको छ ।

रौतहटमा फेला पर्यो मंगोलियन चिल

रौतहटमा फेला पर्यो मंगोलियन चिल

आइतबार, ०६ फागुन २०७४

मंगोलियाबाट आएको चिल रौतहटमा फेला परेको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका– १ शीतलपुरमा बिहीबार राति आठ बजे मंगोलियन चिल फेला परेको हो ।

रंगिन घर बने कात्तिके गाउँमा

रंगिन घर बने कात्तिके गाउँमा

आइतबार, ०६ फागुन २०७४

ढुंगामाटोको गाह्रो, काठैको प्रयोग । साना र मझौला आकारका संरचना । धेरै निलो अनि केही रातो, हरियो जस्तापाताको छपनी (छानो) ले सजिएका घर । तस्बिरको यो रंगिन बस्ती, भूकम्पपछि पुनर्निर्मित जलवीरको कात्तिके गाउँ हो ।

लागुऔषधसहित ४ जना पक्राउ

शनिबार, ०५ फागुन २०७४

अवैध लागूऔषधसहित रौतहटमा ४ जना पक्राउ परेका छन्। रौतहटको चन्द्रपुर नगरपालिका १ अवस्थित पूर्व–पश्चिम राजमार्गमा जाँच गर्ने क्रममा पैदलयात्री रामेछाप जिल्लाको रामेछाप नगरपालिकार ७ का २७ वर्षका कुमार योन्जनलाई फेनारगन इन्जेक्सन १९ थान लागू औषधसहित शनिवार प्रहरीले पक्राउ गरेको हो।

बेलकामा प्याराग्लाईडिङ परीक्षण उडान

बेलकामा प्याराग्लाईडिङ परीक्षण उडान

शनिबार, ०५ फागुन २०७४

उदयपुरको पूर्वी भेग बेलका नगरपालिकामा शनिबार प्याराग्लाईडिङको औपचारिक परीक्षण उडान भएको छ। बेलका नगरपालिकाको आग्रहमा राष्ट्रिय खेलकुद परिषदले पठाएको ‘नेपाल प्याराग्लाईडिङ एण्ड ह्याण्ड ग्लाईडिङ संघ’ को टोलीले बेलका नगरपालिका ९ बोप्ताङ मैनामैनीबाट सफल परीक्षण उडान गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।