मौरी घारले सजियो किसानको घर

मौरी घारले सजियो किसानको घर

शुक्रबार, ०४ फागुन २०७४

तीनतले पक्की घर, घरको बरन्डाभरी मौरीको घार नै घार । सडकबाट झलक्क हेर्दा सजावटका लागि राखेजस्तो देखिने धादिङबेसीको यो घर नारायण घिमिरेको हो । घरको बरण्डामा लहरै मिलाएर काठको बक्साभरी मौरीका घार राखिएका छन् ।

शास्वत धाममा वसन्त महोत्सव सुरु

शास्वत धाममा वसन्त महोत्सव सुरु

शुक्रबार, ०४ फागुन २०७४

नवलपरासीको शास्वत धाममा ३५औं वसन्त महोत्सव सुरु भएको छ । धर्मको रक्षा गरे धर्मले हामीलाई रक्षा गर्छ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै शास्वत धाममा वसन्त महोत्सव सुरु भएको हो।

जिएसटीले कोइलाको मूल्य अकसियो

जिएसटीले कोइलाको मूल्य अकसियो

शुक्रबार, ०४ फागुन २०७४

भारतले वस्तु तथासेवा कर(जिएसटी) लागू गरेपछि यो वर्ष बाँकेका इँटा व्यवसायीले कोइला महँगोमा किन्नुपरेको छ । अघिल्लो वर्षभन्दा यो वर्ष कोइलामा २५ प्रतिशत मूल्य बढेको हो ।

नयाँ सरकारप्रति व्यवसायीको आशा

शुक्रबार, ०४ फागुन २०७४

नेपाल उद्योग परिसंघले मुलुकले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नयाँ सरकारले आर्थिक परिवर्तन तथा समृद्धिलाई आफ्नो लक्ष्यबनाउने अपेक्षा लिएको बताएको छ ।

बोराबन्द सामान आयात उच्च

बोराबन्द सामान आयात उच्च

शुक्रबार, ०४ फागुन २०७४

भारत तथाविदेशबाट नेपालका लागि बोरामा भर्ती आउने सामान बोक्ने रेल अर्थात ‘बैग कार्गो’ रेकमार्फत भित्रिने वस्तुको आयात बढ्दो छ । वीरगन्जसिर्सियास्थित सुक्खा बन्दरगाहको ‘रेकर्ड’ अनुसार बोरा बन्दसमान बोकेर आउने रेल चालु आर्थिक वर्ष ०७४-७५मा बढ्दो छ ।

कुमारी बैंकको सी–आस्बा

शुक्रबार, ०४ फागुन २०७४

कुमारी बैंक लिमिटेडले धितोपत्र खरिद गर्न सी–आस्बा सेवा सञ्चालनमा ल्याएको छ । सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा अनिवार्य रुपमा सी–आस्बा सेवामार्फत मात्र आवेदन दिन पाउने व्यवस्थालाई मध्यनजर गरी, ग्राहकलाई समयमै सी–आस्बा रजिस्ट्रेसन नम्बर प्रदान गर्ने उद्देश्यले बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ । उक्त बैंकका ग्राहकले बैंकको सम्पूर्ण शाखाबाट सहज रुपमा सी–आस्बा रजिस्ट्रेसन नम्बर लिई सी–आस्बा प्रणालीमार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्नेछन् ।

जोय पपैया सन्को ब्रान्डदूतमा अदिती

जोय पपैया सन्को ब्रान्डदूतमा अदिती

शुक्रबार, ०४ फागुन २०७४

जोय कम्पनीको उत्पादन जोय पपैया सन डेल्ली नोर्सिङ सनस्व्रिन क्रिमले नेपाल तथा भारतकी चर्चित मोडल तथा अभिनेत्री अदिती बुढाथोकीलाई ब्रान्डदूत घोषणा गरेको छ ।

घोराहीमा आइएमई जनरल इन्स्योरेन्स

घोराहीमा आइएमई जनरल इन्स्योरेन्स

शुक्रबार, ०४ फागुन २०७४

दाङको घोराहीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले शाखा खोलेको छ । बुधबारबाट उक्त शाखा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

बुटबलमा महिन्द्राको मोजो ३००

बुटबलमा महिन्द्राको मोजो ३००

शुक्रबार, ०४ फागुन २०७४

महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टु ह्विलर्सको आधिकारिक वितरक अग्निमोटो इन्कले बुटवलमा मोजो बाइकको बिक्री सुरु गरेको छ । अग्निको अधिकृत बिक्रेता पाल्पा भैरव अटो सेन्टरले बुटवलमा बिक्री सुरु गरेको कम्पनीले जनाएको छ ।

इन्जिनियर नआउँदा सिटामोल उत्पादनमा ढिलाइ

शुक्रबार, ०४ फागुन २०७४

भारतबाट मेसिन जडान गर्ने इन्जिनियर नआउँदा सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडको सिटामोल उत्पादनमा ढिलाइ भएको छ । कम्पनीले माघभित्रै सिटामोल उत्पादन गर्ने लक्ष्य राखेको थियो ।

बोराबन्द सामानको आयात उच्च

बोराबन्द सामानको आयात उच्च

बिहिबार, ०३ फागुन २०७४

भारत तथा बिदेशबाट नेपालको लागि बोरामा भर्ती आउने सामान बोक्ने रेल अर्थात ‘बैग कार्गो’ रेकमार्फत भित्रिने बस्तुको आयात बढ्दो छ। बीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहको ‘रेकर्ड’ अनुसार बोराबन्द समान बोकेर आउने रेल चालु आर्थिक आर्थिक बर्ष २०७४/०७५ मा बढेको हो।

त्रिशुली नदीमा जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति

बिहिबार, ०३ फागुन २०७४

उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा रु २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ।

प्रदेशमा पुग्यो १ अर्ब १९ करोड

बिहिबार, ०३ फागुन २०७४

प्रदेशमा प्रदेशप्रमुख, मुख्यमन्त्री, प्रदेश सभामुखसहित अन्य पदाधिकारी तथा कर्मचारीको तलबभत्ता र अन्य भइपरी आउने खर्चका लागि रकम पठाइएको अर्थ मन्त्रालयले जनाएको छ।

वैदेशिक रोजगारीमा जान सीप अनिवार्य

बिहिबार, ०३ फागुन २०७४

वैदेशिक रोजगारीमा जाने सोचमा हुनुहुन्छ ? यदि त्यस्तो सोच छ भने पहिला जुन काममा जाने हो त्यसबारे सीप सिक्नूस् । विगतमा जस्तो सीप सिक्नु भएको छैन भने अबदेखि तपाईंको वैदेशिक रोजगारीको यात्रा रोकिन पनि सक्छ ।

६ महिनामै घर–जग्गामा ६० अर्ब बढाए बैंक–वित्तले

बिहिबार, ०३ फागुन २०७४

बैंक तथा वित्तीय संस्थाले घर–जग्गामा ६ महिनामै २७ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरेका छन् ।बैंकहरुले गत असारसम्ममा घर–जग्गा (व्यक्तिगत आवासीय कर्जा समेत) मा दुई खर्ब ९३ अर्ब ७० करोड रुपैयाँ लगानी गरेका थिए । चालु आर्थिक वर्ष २०७४÷०७५ को पुससम्ममा बैंकले तीन खर्ब २१ अर्ब ६० करोड रुपैयाँ लगानी गरेका छन् ।

कुलेखानी तेस्रोको म्याद थप्न  सिफारिस

कुलेखानी तेस्रोको म्याद थप्न सिफारिस

बिहिबार, ०३ फागुन २०७४

१४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजना निर्माण सुरु भएको आगामी महिना (चैतमा) १० वर्ष पुग्दैछ । तीन वर्ष आठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना दशकमा पनि पुरा नभए पछि अहिले म्याद थप गर्न सिफरिस गरिएको छ ।

कालंगा हाइड्रोपावरको काम तीव्र

कालंगा हाइड्रोपावरको काम तीव्र

बिहिबार, ०३ फागुन २०७४

निजी लगानीबाट निर्माणाधीन कालंगा हाइड्रो पावरको काम तीव्र रुपमा सञ्चालन भइरहेको छ । ७ नम्बर प्रदशेको विकट पहाडी जिल्ला बझाङको बुगल नगरपालिकामा निजी लगानीमा निर्माण भइरहेको कालंगा हाइड्रो पावरको काम तीव्र रुपममा सञ्चालन भइरहेको हो । काम सम्पन भएपछि कालंगबाबाट ७५ मेगावाट विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ ।

तीन हजार लगानीले ६० लाख पुर्यायो

तीन हजार लगानीले ६० लाख पुर्यायो

बिहिबार, ०३ फागुन २०७४

२०४६ सालको कुरा हो । पनौती–१०, खोपासीका कृष्णदास उलकले तीन हजार रुपैयाँको लगानीमा एक सयवटा बल (कन्ये जातको च्याउ खेती गरिने परालको पोका) मा च्याउ खेती गरे । त्यसबाट ३० हजार रुपैयाँ आम्दानी लिन उनी सफल भए ।

बजेट अभावमा सडक सुस्त

बजेट अभावमा सडक सुस्त

बिहिबार, ०३ फागुन २०७४

बजेट अभावका कारण निर्माणाधीन सडक बीचमै रोकिन थालेका छन् । बजेट अभावले बहुवर्षे सडक अन्तर्गत क्षेत्रीय तथा पर्यटकीय महत्वका कपिलवस्तुका ६ वटा मुख्य सडकको निर्माण कार्य ठप्प छन् । कोइली–कोपवा–तिलौराकोट, सुठौली–बैदौली–पटना, पकडी–जयनगरा, बर्रोहिया–पचेहरा, चाकरचौडा–गौरा–सिसहनिया र पिपरा–पकडी सडक निर्माण बीचमै रोकिएको छ ।

हुलाकी सडकले फेरिँदैछ देहात

हुलाकी सडकले फेरिँदैछ देहात

बिहिबार, ०३ फागुन २०७४

विभिन्न बाधा अवरोधबीच लामो प्रतिक्षापछि साकार हुन लागेको छ ‘हुलाकी सडकको सपना’ । माटो भरेर सम्याउँदै हुलाकी सडकको रुपरेखा मात्र के बनेको छ, साबिकका खाँटी देहात (अविकसित ग्रामीण क्षेत्र) बदलाव हुन थालेको छ ।